साल्पा पोखरी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

साल्पा पोखरी खोटाङ, सोलुखुम्बु, भोजपुर र संखुवासभा जिल्लाको सँगमस्थलका रूपमा परिचित प्राकृतिक सौन्दर्यले भरपिूर्ण स्थल हो । साल्पापोखरी समुद्र सतहदेखि ३ हजार ६ सय ७२ मिटर उचाइमा छ। यो चार जिल्लाको संगम स्थल भएपनि भोजपुर जिल्लाको दोभाने गाबिसमा पर्दछ। संखुवासभाको तुम्लिङटार विमानस्थलमा ओर्लिएर भोजपुरको कात्तिके, नेपालेडाँडा, मझुवा, केदाकाउले, ताँबुटार, चौकीडाँडा, दोभाने पार गरेपछि साल्पा पोखरी पुग्न सकिन्छ। र भोजपुर सदरमुकामबाट सुन्तले, मैयुङ हँदै पनि त्यहाँ पुग्न सकिन्छ। तेसै गरी खोटाङको खानीडाँडा विमानस्थलबाट दिक्तेल, तालखर्क, मैयुङ हँदै र लामीडाँडा विमानस्थलबाट नुनथला, मुढे, रूपाकोट, सुङदेल हुँदै पनि तीन दिनको पैदलयात्रा गर्दै त्याहाँ पुग्न सकिन्छ। पहिलोपटक सगरमाथा चढ्न जाँदा सर एडमन्ड हिलारीतेन्जिङ नोर्गे शेर्पाले साल्पा पोखरी कै मार्ग प्रयोग गरेका थिए । सूर्योदय र सूर्यास्तको मनोरम दृश्यावलोकन गर्न पर्यटकहरूले साल्पा पोखरीनजिकशिलिचुङ डाँडाको चुचुरो चढ्ने गरेका छन्। शिलिचुङबाट सगरमाथा, मकालु, कञ्चनजंघा, कुम्भकर्ण, मेरापिक लगायत हिमशृंखला र तराईको फाँटमा लमतन्न परेका नदी, वनजंगल र बस्ती मज्जाले देख्न सकिन्छ।