दुवाकोट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Duwakot
दुवाकोट
Country Nepal
ZoneBagmati Zone
DistrictBhaktapur District
जनसङ्ख्या
 (1991)
 • जम्मा५,१५७
 • Religions
Hindu
समय क्षेत्रयुटिसी+5:45 (Nepal Time)
Postal code
44802
क्षेत्रीय सङ्केत01

दुवाकोट बागमती अञ्चलको भक्तपुर जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। २०४८ को जनगणना अनुसार यस गाविसमा ९०५ घरहरू र ५,१५७जनसङ्ख्या थियो ।। [१]

यस गाविस चाँगुनारायण मन्दिर नजिकै र पवित्र नदी मनोहराको किनारमा अवस्थित छ । दुवाकोट काठमाडौँ उपत्यकामा विकसित गाउँमध्ये एक हो । यो उत्तरमा चाँगुनारायण गाविस, दक्षिणमा भक्तपुर नगरपालिका, पूर्वमा झौखेल गाविस र पश्चिममा मध्यपुर ठिमी नगरपालिकाले घेरिएको छ। यो काठमाडौँको केन्द्रबाट २० किमि टाढा रहेको छ । यो उपत्यकाको उत्तरमा स्थित छ । यहाँका मानिसमध्ये लगभग ९०% शिक्षित छन् । अधिकांश मान्छे सरकारी सङ्गठनमा कर्मचारी छन् । दुवाकोटमा ९ वडा छन् र प्रत्येक वडामा कालोपत्रे सडक छ । यस गाविसको कार्यालय वडा नं ३ मा स्थित छ । जागरण आमा समूह दुवाकोटमा स्थापित सबैभन्दा पुरानो क्लब हो । यस जागरण आमा समूह ४ र ६ वडाको सीमामा स्थित छ। नेपाल इन्जिनियरिङ कलेज ([२]) र काठमाडौँ मेडिकल कलेज ([३]) दुवाकोटमा स्थित प्रमुख शिक्षण संस्थाहरू हुन् । २००६ सालमा स्थापित श्री चाँगुनारायाण माध्यमिक विद्यालय यहाँको सबैभन्दा पुरानो माध्यमिक विद्यालय हो ।


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Nepal Census 2001", Nepal's Village Development Committees, Digital Himalaya, अन्तिम पहुँच २००८-०८-२६ 
  2. http://www.nec.edu.np
  3. http://www.kmc.edu.np वेब्याक मेसिन अभिलेखिकरण २०१४-०२-२३ मिति

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]