सुडाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सुडाल
Village Development Committee
सुडाल, जितपुर
सुडाल, जितपुर
देश नेपाल
अञ्चलबागमती
जिल्लाभक्तपुर
जनसङ्ख्या
 (1991)
 • जम्मा६,०७४
 • Religions
हिन्दू
समय क्षेत्रयुटिसी+5:45 (नेपालको प्रमाणिक समय)

सुडाल बागमती अञ्चलको भक्तपुर जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। २०४८ को जनगणना अनुसार यस गाविसमा १०८१ घरहरू र ६०७४ जनसङ्ख्या थियो । [१]

हाल यो गाउँ विकास समिति र अन्य गाउँ विकास समितिहरु समेत मिलेर चाँगुनारायण नगरपालिका बनेको छ भने सुडाल चाँगुनारायण नगरपालिकाको ८ नंबर वडामा पर्दछ ।

आधारभूत आवश्यकता[सम्पादन गर्नुहोस्]

भक्तपुर जिल्लाबाट नजिकै रहेको भएता पनि विकासमा एकदमै पछाडि परेको अवस्थामा सुडाल रहेको छ । विकासको मुलको रूपमा रहेको बाटो हालसम्म जिर्ण अवस्थामा रहेकोले वर्षातको समयमा हिलाम्मे सडकमा ओहोरदोहोर गर्नु पर्ने यस ठाउँमा हिउदको समयमा ईटा भट्टाबाट निस्किएको धुवाँ धुलोले घरमा बस्न समेत मानिसहरूलाई समस्या हुने गरेको छ । साथै यस क्षेत्रमा अन्य भौतिक सुविधाहरु ढल, खानेपानी आदीको विकास हुन सकेको छैन भने कतिपय ठाउँहरूमा नेपाल टेलिकमको टेलिफोन लाईन पुग्न सकेको छैन । बिरामी भएमा उपचारका लागि एम्बुलेन्स वा अन्य सार्वजनिक सवारी साधन पाउन कठिन रहेकोले नजिकै रहेको सदरमुकाम भक्तपुर पुग्न पनि कठिन रहेको अवस्था रहेको छ ।

पेशा[सम्पादन गर्नुहोस्]

कृषि पेशामा अगाल्दै आएका यहाँका वासिन्दाहरु, पशुपालन तथा दुग्घ व्यवसाय पनि गर्दै आईरहेका छन् । रोजगारीको लागि दैनिक काठमाण्डौ र भक्तपुरसम्म यात्रा गर्ने यहाँका वासिन्दाहरु विदेशी भूमीमा पनि श्रम वेच्दै आई रहेका छन् भने सरकारी सेवामा विशेष गरी नेपाली सेनानेपाल प्रहरीमा सेवारत रहेका छन् ।

शिक्षा तथा शैक्षिक संस्थानहरु[सम्पादन गर्नुहोस्]

देशको अन्य ठाउँहरूको तुलनामा यहाँ शैक्षिकस्तर राम्रो रहेको पाईन्छ । स्कुल शिक्षाको लागि यस क्षेत्रमा सरकारी विध्यालयको साथ साथै निजी विध्यालय पनि रहेका छन् भने उच्च शिक्षाको लागि जिल्ला सदरमुकाम भक्तपुर नै पुग्नु पर्ने वाध्यता रहेको छ ।

शैक्षिकस्तर[सम्पादन गर्नुहोस्]

यस क्षेत्रका वासिन्दाहरूको शैक्षिकस्तर बढदै गएको देखिन्छ । पछिल्लो समयमा उच्चशिक्षा अध्ययन देखि विदेश अध्ययनमा जाने युवापुस्ताहरूको संख्या बढ्दै गैरकेको छ ।

स्वास्थ्य तथा स्वास्थ्य संस्थान[सम्पादन गर्नुहोस्]

यहाँका जनताहरूको स्वास्थ्य स्थिति विगतमा भन्दा हाल आएर सन्तोषजनक छैन । विशेष गरी धुवाँ धुलोका कारण बृद्धबृद्धाहरूमा दमको रोग तथा रक्तचाप सम्बन्धि रोगहरु र पछिल्लो समयमा चिनीरोगले सताएको अवस्था देख्न सकिन्छ । बालबालिकाहरूमा पनि श्वासप्रश्वास सम्बन्धि रोगहरु रहेको छ भने स्वास्थ्य स‌ंस्थानको रूपमा १ वटा हेल्थपोष्टमात्र रहेको अवस्था छ । आकस्मिक उपचार सेवाका लागि यहाँका वासिन्दाहरु सदरमुकाम भक्तपुर मै पुग्ने गरेका छन् ।

उद्योग[सम्पादन गर्नुहोस्]

यस क्षेत्रमा अत्याधिक मात्रामा ईटाभट्टाहरु संचालनमा रहेका छन् भने उक्त ईटा भट्टामा मजदुरी गर्नेको लागि भारत तथा नेपालका दुर्गम गाउँहरूबाट मानिसहरु आउने गरेको पाईन्छ । प्रत्यक्ष रूपमा यहाँ रहेका ईटा उद्योगहरूबाट यस क्षेत्रका मानिसहरूलाई कुनै किसिमको लाभ देखिन्न भने अन्य कुनै पनि ठूला उद्योगहरु यस क्षेत्रमा रहेका छैनन् । यसरी यहाँ सञ्चालित ईटा भट्टाबाट केहि व्यक्तिहरूले लाभ उठाईरहेको भएतापनि स्थानिय वासिन्दाहरु प्रत्यक्ष रूपमा वातावरणिय प्रदुषणको प्रभावमा परेका छन् ।

सुरक्षा[सम्पादन गर्नुहोस्]

सुरक्षाको लागि यस क्षेत्रमा महानगरिय प्रहरी परिसर सुडाल रहेको छ । साथै यस क्षेत्रका धेरै युवाहरु सुरक्षा फौजसँग सम्बन्धित क्षेत्रमा नै रोजगार रहेका छन् ।


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Nepal Census 2001", Nepal's Village Development Committees, Digital Himalaya, अन्तिम पहुँच २००८-०८-२६