विश्व हुलाक दिवस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

विश्व हुलाक दिवस प्रत्येक वर्ष अक्टोबर महिनाको ९ तारिखका दिनमा मनाइन्छ । संसारभरको हुलाक सेवालाई स्तरीय र सुदृढ बनाउने उद्देश्यले विश्व हुलाक सङ्घको स्थापना भएको दिन प्रत्येक वर्ष अक्टोबर ९ मा यो दिवस मनाइन्छ । उक्त संघको सन् १८७४ अक्टोबर ९ मा स्थापना भएको हो । यो पछि संयुक्त राष्ट्र सङ्घको विशेषीकृत निकायका रूपमा दर्ता भयो । नेपालले सन् १९५६ जुलाई ११ का दिन विश्व हुलाक संघको सदस्यता पाएको हो ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]