पुङ सिङ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पुङ अथवा पुङ सिङ अर्नाको सिङलाई टुप्पोमा प्वाल पारेर सो सानो प्वालमा मालिङ्गोको पाइप राखी मालिङ्गोबाट मुखले फुकेर बजाईने बाजा हो । यो बाजा तोष वा तोषी (साकेवा) थानमा पूजा गर्न जाँदा नोक्छो (धर्म गुरु) को साथमा ढोल-झ्याम्टासंगसंगै बजाईन्छ। यो बाजा राई समुदायमा प्रचलित परम्परागत वाजा हो । यस बाजालाइ किरात समुदायको कुलुङ र खालिङ राईहरुले विशेष महत्त्वका साथ प्रयोग गर्दछन् । यसको आवाज श‌ङ्ख बाजासँग मेल खाने किसिमको हुन्छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]