पाथीभरा, इलाम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पाथीभरा नेपालको पूर्वाञ्चल विकास क्षेत्रको मेची अञ्चल, इलाम जिल्लामा रहेको धार्मिक पर्यटकीय स्थल हो। समुद्री सतहबाट १८०० मिटरको उचाईमा अवस्थित पाथिभरा धार्मिक महत्त्व बोकेको स्थल हो। कुटीडाँडा र हाँसपोखरीको चुचुरोमा पर्ने यस ठाउँमा मन्दिर बनाइएको छ। मेची राजमार्गको कुटीडाँडाबाट करिब २० मिनेट सिंढी खुट्कीला उक्लेपछि पाथीभरा देवीको मन्दिरमा पुग्न सकिन्छ। यी देवीलाई ताप्लेजुङकी प्रसिद्ध पाथिभरा देवीकी बहिनीको रूपमा पुजिन्छ। कसै-कसैले यिनलाई सानी पाथीभरा देवी पनि भन्दछन। विभिन्न अध्ययन प्रतिवेदनहरूले यहाँ उच्च प्याराग्लाईडिङको सम्भावना रहेको देखाएका छन।


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]