मधुगंगा महादेवस्थान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मधुगंगा महादेवस्थान धनकुटा जिल्लाको भिरगाउँ गाविस वडा नं. ४ मा छ। यो मन्दिर मधुखोलाको किनारामा गुफा भित्र अवस्थित छ। करीब ६० फीट लामो प्राकृतिक गुफाको अन्तमा रहेको शिवलिङ्गलाई महादेवको प्रतीक मानी पूजा गरिन्छ। गुफाभित्र अध्यारो भएको कारणले प्रवेश गर्दा वत्ती लिएर मात्र जान सकिन्छ। यसैको छेउमा लिङ्गेश्वरी देवीको स्थापना गरी ढोका लगाइ राखिएको छ। मंसीरे पूर्णिमा मा यस ठाउँमा मेला लाग्ने गर्छ। मेलामा भक्तजनहरू महादेव स्थानमा धुप अक्षता नैवैद्यले धुमधाम सँग पूजा गरी लिंगेश्वरीलाई वोका, कुखुरा आदि वलिदिने गर्दछन्। [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]