मार्गाथान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

धनकुटा नगरपालिका वडा नं. ५ विहिबारे हाटमा रहेको मार्गादेवीको मन्दिरलाई मार्गाथान भनिन्छ। मार्गाथानलाई इँटाको चौघेराले घेरी भित्र पस्नका लागि ढोका बनाइएको छ। चौघेराको बीचमा फलामका त्रिशूलहरू राखिएका छन्। त्यस मन्दिरमा आठपहरिया राई जातिले धुलेपूजा, न्वागीपूजा, मंसीरे पूर्णिमा आदिमा विशेष पूजा गरी सुँगुरको पाठा तथा कुखुराको चल्ला वलि दिने चलन रहेको छ। [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]