हरिहरपुरगढी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
हरिहरपुरगढी
देश नेपाल
विकास क्षेत्रमध्यमाञ्चल
अञ्चलजनकपुर अञ्चल
जिल्लासिन्धुली जिल्ला
जनसङ्ख्या
 (बि.स.२०४८)[१]
 • जम्मा३११३
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-४६

हरिहरपुरगढी नेपालको मध्यमाञ्चल विकास क्षेत्र, जनकपुर अञ्चलको सिन्धुली जिल्लामा अवस्थित गाँउ विकास समिति हो।

ऐतिहासिक पृष्ठभूमी[सम्पादन गर्नुहोस्]

ठाकुरवंसीय इतिहास[सम्पादन गर्नुहोस्]

१० औँ सताब्दीदेखिनै सिमरौनगढ राज्य ( हालको वारा जिल्ला केन्द्र ) कला, संस्कृति तथा अन्य भौतिक सम्पन्नताले निकै वैभवशाली भएको पाइन्छ। वि.सं. १३८१ मा सिम्रौनगढका राजा हरिसिंहदेव (कतै हरसिंहदेव पनि भनिएको छ ) थिए। यी राजा ठाकुर वंशका थिए। यीनको समयमा ठकुरी सम्बत्को प्रचलन पनि ल्याएको पाइन्छ।

ठाकुर वंशको उत्पती दैवीय शक्तिबाट र इतिहँसका कालखण्डहरूमा यो वंश ध्वस्त समेत भएकाले ठाकुरलाई अत्यन्त पवित्र र धार्मिक आस्थाका रूपमा लिने चलन तत्कालिन कर्णाट शाशक हरूमा पाइन्छ। वि.सं. १३८१ मा दिल्लीका मुसलमान गयाशुद्धीन तुगलकले यस सिम्रौनगढ राज्यमा भिषण आक्रमण गरेर राज्य ध्वस्त वनाइदिए। वि.सं. १३६७ मा यी डोयहरूले काठमाडौँमा भिषण आक्रमण गरेर ध्वस्त प्राय वनाएका हुनाले यस पटक राजा हरिहरसिंहदेव भागेर काठमाडौँ शरणमा जान पनि सकेनन्। फलतः आफ्नो परिवार र विद्वान मन्त्री चण्डेश्वर सहित भागेर नजीकैको पाहाडमा लुकेर वसे।

विद्यालंकार एसकेले आफ्नो पुस्तक मोडर्न हिस्ट्री अफ एसियामा सिम्रौन गढको लडाँईको सन्दर्भमा यसरी उल्लेख गरेका छन। १३२४ ई. (वि.सं.१३८१) मे दिल्लीके सूल्तान गयाशुद्धीन तुगलक तुगलक ने बङ्गाल पर चढाई की। वह गङ्गासे उत्तरसे होते हुए बङ्गालकी ओर बढा। इस रास्ते पर तिरहुतका स्वत्रन्त्र राज्य पडताथा। यहाका राजा हरिसिंह देव था। इस राजपुत राजाने वडी विरताके साथ तुगलकका मुकाविला किया, यद्यपी अन्तमे उसका पराजय हुआ। उसने अपने राज्योको छोडकर नेपालकी ओर प्रस्थान कर दिया।

राजा हरिसिंह देवले मन्त्री चण्डेश्वरको सल्लाह वमोजिम त्यहीँ स्थानमा सानो किल्ला वनाई रहन थाले। पछि पछि सिम्रौनगढका विद्वानहरू, साधुहरू, कलाकारहरू, कालिगढहरू पनि हरिसिँह देव भएकै ठाउँमा रहन थाल्नाले हरिसिँहदेवले स्थापना गरेको त्यो सानो किल्ला एउटा राज्यको रूप लिने अवस्थामा पनि पुगेको थियो। पछि त्यो किल्लालाई राजा हरिसिंह देवकै नामबाट हरिहरपुर गढी भनेर चिनिन थाल्यो। समयको अन्तराल धेरै हुन पाएको थिएन करिव १ वर्ष पनि नपुग्दै पश्चिम नेपाल तिरबाट मुकुन्द सेन नाम गरेको योद्घाले ठूलो फौजको नेतृत्व गरेर हरिहरपुर गढीमा धावा वोले र हरिहरपुर गढी कब्जा गरे। पछि यी मुकुन्द सेनले आफ्नै नामबाट राजधानी मुकुन्दपुर वनाई शासन सञ्चालन गर्न थाले। मुकुन्दपुरको नामबाट हालको मकवानपुर राज्य रहन गएको हो।

हरिसिंह देव आफ्नो पराजय पछि मन्न्री चण्डेश्वर र रानी देवल देवी तथा राजकुमार सहित त्यस स्थानबाट पनि पूर्व तर्फ भागे। सिन्धुली जिल्लाको तिनपाटन भन्ने स्थानमा हरिसिंह देवको मृत्यू भएको कुरा इतिहासकारहरू वताउँदछन। इतिहासकार लुजियानो पेटेकले हरिसिंह देवको मृत्यू टिपाट भन्ने स्थानमा पुगेर भएको भनेका छन्। यो टिपाट भन्ने स्थान नै हालको तिनपाटन हो। (नेपालको इतिहास डा. पेशल दाहाल ) मन्त्री चण्डेश्वर देवीका उपासक थिए। यीनले नै हालको डाढी गुँरासे गा.वि.स.मा भएको चण्डादेवीको मन्दिर स्थापना गरेका थिए। यीनैका पालमा सिन्धुलीको मरिणखोला किनारमा भएको पन्चकन्या पोखरी वनेको अनुमान गर्न सकिन्छ। हरिसिंह देवको मृत्यू पश्चात मन्त्री चण्डेश्वर र रानी देवलदेवी तथा राजकुमार र साथमा भएका केही भारदार र सेनाहरू मिलेर दोलखा विजय गरेर र बनेपा सम्म पुन दोलखालाई विस्तार गरी बनेपामा पनि चण्डादेवीको मन्दिर स्थापना गरेको कुरा इतिहास तथा काब्यहरूमा पाइन्छ। (मकवानीवाला माहाकाब्य शास्त्रि उमानाथ )

सेनवंशीय इतिहास[सम्पादन गर्नुहोस्]

मुकुन्द सेन तत्कालिन पाल्पा राज्यका सिपाहि रत्न सेनका छोरा थिए। आफ्ना पिताको लडाकु जिवनको प्रभाव उनमा परेको र तत्कालिन राजाको सम्पूर्ण सुराक पिता रत्न सेनलेमुकुन्द सेन लाई दिएपछि मुकुन्द सेनले पाल्पाली राजामाथि चढाई गरी सत्ता आफ्नो हातमा लिएका थिए। यिनले नै विशाल मकवानपुर राज्यको शुरुवात गरेका थिए। मुकुन्द सेनले आँफैले फौजको नेतृत्व गरेर हाल सिन्धुली जिल्ला अन्तर्गतको हरिहरपुर गढीमा धावा वोले र वि.सं. १३८२ मा हरिहरपुर गढी कब्जा गरे। पछि मुकुन्द सेनले आफ्नै नामबाट राजधानी मुकुन्दपुर वनाई शासन सञ्चालन गर्न थाले। मुकुन्दपुरको नामबाट हालको मकवानपुर राज्य रहन गएको हो।

हेमकर्ण सेन ( वि.सं. १७५० – वि.सं. १८१६ )[सम्पादन गर्नुहोस्]

हेमकर्ण सेन माणिक सेनका छोरा थिए। माणिक सेनको मृत्यू पछि उनका एक मात्र छोरा हेमकर्ण सेन मकवानपुर राज्यको राजा भए। यीनले आफ्ना अत्यन्त बृद्घ कुलगुरु गुणपति मैथुल जो विदेह राज्यका प्रशिद्घ साहित्यकार थिएबाट शिक्षा पाएका थिए। हेमकर्ण सेनले हरिहरपुर गढीको घण्टे भन्ने स्थानमा वि.सं. १८०१ मा माहादेव मन्दिरको स्थापना गरेका थिए। त्यहाँ उनले एउटा विशाल घण्ट पनि चढाएका थिए। त्यही घण्टको नामबाट त्यो स्थानको नाम घण्टे रहन गएको हो। २०१८ सालमा घण्टे भन्ने स्थानमा भएको घरका अवशेषहरूमा खनिखोस्री गर्दा त्यहाँ माहादेवको मन्दिर भेटिएको थियो। माहादेव मन्दिर सँगै एउटा सिलालेख पनि थियो। सिलालेख लेख्ने ब्यक्ति भनेर राजगुरु साहित्यकार गुणपति मैथुल लेखिएको थियो। त्यस सिलालेखमा श्री साके १६६६ संम्बत १८०१ उल्लेख गर्दै हेमकर्णेश्वर पनि भनिएको छ।

हेमकर्ण सेनले आफ्नो सिलालेखहरूको सिरानमा चन्द्र र सूर्य राख्ने प्रचलनलाई पछि पृथ्वीनारायण शाहले पनि अनुसरण गरे। पृथ्वीनारायण शाह पछिका जतिपनि शिलालेखहरू हुन्छ त्यहाँ प्राय चन्द्र र सूर्य नै सिरानमा राखिन्छ। यसै गरी हाम्रो राष्ट्रिय झण्डामा पनि मकवानी राज्यको चन्द्र र सूर्य नै अङ्कित हुन्छ। मकवानपुरका राजाहरूले आँफुलाई हिन्दुपतिराज चक्र चुणामणिको प्रसस्ती लेखिएको देखि पृथ्वीनारायण शाहले पनि गिरिराज चक्र चुणामणिको प्रसस्ति राखेका हुन।

यसरी विशाल नेपाललाई मकवानपुर राज्यले धेरै कुराहरू दिएर आँफुपनि नेपालमै समाहित भएको छ। हेमकर्ण सेनको मृत्यू वि.सं. १८१६मा भएको थियो। यिनको मृत्यू पछि यिनका छोरा दिग्वन्धन सेन मकवानपुरका राजा भए।

दिगबन्धन सेन : ( वि.सं. १८१६ – वि.सं. १८१९ )[सम्पादन गर्नुहोस्]

दिगवन्धन सेन राजा हेमकर्ण सेनका छोरा थिए। आफ्ना बाबु हेमकर्ण सेनको मृत्यू पछि यीनी मकवानपुर राज्यको राजा भए। मकवानपुर एउटा विसाल राज्य थियो। तराईका धेरै स्थानसँग जोडिएको हुनाले बन्द व्यापार पनि राम्रो हुन्थ्यो। यहाँबाट काठमाडौँ उपत्यकामा मात्र नभई गोर्खासम्म पनि ब्यापार हुन्थ्यो। सम्पन्नता र असल शिक्षाबाट भरपूर भएका भए पनि दिग्वन्धन सेनमा यूद्घ कौशल पटक्कै थिएन। दिगवन्धन सेन राजा पृथ्वीनारायण शाहलाई मनपराउँदैन थिए। आफ्नो बहिनीको विहेबाट नै यीनको ज्वाइँ पृथ्वीनारायण शाहसँग खटपट शुरु भएको थियो। उता पृथ्वीनारायण शाह पनि ससुरा हेमकर्ण सेनको मृत्यू पश्चात मकवानपुर राज्यमाथि आक्रमण गरेर यहाँको वैभवता आफ्नो वनाउने चेष्टामा थिए। जेठानसँगको पारिवारिक खटपटको आधारमा मकवानपुरमा धावा बोली पृथ्वीनारायण शाहले वि.सं. १८१९ भाद्रमा विशाल मकवानपुर राज्य गोर्खालीहरूको हातमा पारे। दिग्वन्धन सेन आफ्ना मन्त्री कनकसिं वानीया साथ भागेर वंगालको नवावको शरणमा पुगे। पछि वंगालका नबाव मिरकासिमले गुरगिन खाँ ( आर्मेनियाली ग्रेगरी खान )को नेतृत्वमा विसाल मुसलमानी फौज मकवानपुर स्वत्रन्त्र पार्ने निहुमा पठाए। १८१९ पौष २७ गते मकवानपुरमाथि गुरगिन खाँको सेनाले आक्रमण ग¥यो तर यहाँ पनि गुरगिन खाँको फौज नराम्रो सँग पराजित भयो। दिग्वन्धन सेन भगेर हरिहरपुर गढीमा लुक्न पुगे तर त्यहाँ पनि गौर्खाली सेना पुग्यो। अव दिगवन्धन सेनले अन्यत्र भाग्ने प्रयास गरेनन किनभने उनका रानी र छोराहरू गोर्खालीको कैदमा परिसकेका थिए। अन्ततः मकवानी राजा दिग्वन्धन सेन नुवाकोटमा कोटमा कैद परे र त्यहीँ उनको प्राणपखेरु गयो।

हरिहरपुर गढीसँग सम्बन्धित ऐतिहासिक घटनाहरू[सम्पादन गर्नुहोस्]

  • १३८७ सिम्रौनगढमा वंगाल मुसलमानबाट भिषण आक्रमण र सिम्रौनगढ राज्यको पतन।
  • १३८७ सिम्रौनगढका तत्कालिन शासक हरिहरसिंह देव आफ्नी पत्नी देवलदेवी राजकुमार जगत सिं कुँवर, मन्त्री चण्डेश्वर लगायत विद्वानहरू सहित सिन्धुली जिल्लाको हरिहरपुर गढीमा लुकेका।
  • १३८८ हरिहरपुर गढी किल्लाको निर्माण १३८८ पाल्पाली राजा मुकुन्द सेनले हरिहरपुर गढीमा आक्रमण र राजा हरिहरसिह देव त्यहाँबाट ससुराली काठमाडौँ तर्फ पलायन।
  • १८०१ पृथ्वीनारायण शाह ससुराली आउँदा हरिहरपुर गढीमा भेटघाट। प्रख्यात साहित्यकार गुणपति मैथुलबाट पारिवारिक समस्याको वारेमा मध्यस्थता।
  • १८०१ वर्तमान समयको घण्टे भन्ने समयमा राजा हेमकर्ण सेन, राजगुरु साहित्यकार गुणपति मैथुल र गोर्खाराजा पृथ्वीनारायण शाहद्वारा घण्ट स्थापना र हेमकर्णेश्वर महादेव प्रतिस्थापना। यहाँबाट नै गोर्खाका राजा पृथ्वीनारायण शाहले सेन वंशीय प्रस्तर लेखहरूमा हुने चन्द्र र सूर्य अनुशरण गरी वर्तमान नेपालको राष्ट्रिय ध्वजामा स्थापना गर्न शुरु।
  • १८१९ गोर्खाली सेनाद्वारा मकवानपुर आधिपत्य। दिगवन्धन सेनका परिवार पक्राउ। दिगवन्धन सेन र मन्त्री कनकसिंह वानीया हरिहरपुर गढीमा लुकेका। गोर्खाली सेना हरिहरपुर गढीमा पनि पुगेका र दिगवन्धन सेन तथा मन्त्री कनकसिंह वानीयाद्वारा आत्म समर्पण।
  • १८२४ पृथ्वीनारायण शाहद्वारा इस्ट इन्डिया कम्पनीका फौजको प्रतिकार गर्ने उद्देश्यले ३०० फौज हरिहरपुर गढीमा तैनाथ गरेका। तत्कालिन शाही नेपाली सेनाको सानो टुकुडी विसं २०५३ सालसम्म तैनाथ।

[३]

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]