नाम्चे बजार
नाम्चे बजार | |
---|---|
उपनाम: शेर्पा राजधानी | |
निर्देशाङ्क: २७°४९′उ॰ ८६°४३′पू॰ / २७.८१७°N ८६.७१७°Eनिर्देशाङ्कहरू: २७°४९′उ॰ ८६°४३′पू॰ / २७.८१७°N ८६.७१७°E | |
देश | नेपाल |
प्रदेश | कोशी प्रदेश |
जिल्ला | सोलुखुम्बु जिल्ला |
गाउँपालिका | खुम्बु पासाङल्हामु गाउँपालिका |
उन्नतांश | ३४४० मिटर (११२९० फिट) |
जनसङ्ख्या (सन् २००१) | |
• जम्मा | १६४७ |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको मानक समय) |
नाम्चे बजार नेपालको कोशी प्रदेशको सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिकामा अवस्थित एक गाउँ हो। यो खुम्बु क्षेत्रभित्र ३,४४० मिटर (११,२८६ फिट) को उचाइमा अवस्थित छ र पहाडको छेउछाउमा बसोबास गर्दछ। पर्यटन व्यवसायमा संलग्न अधिकांश शेर्पा नाम्चे क्षेत्रका हुन्। नाम्चे खुम्बु क्षेत्रको मुख्य व्यापारिक केन्द्र हो।
नेपालको दसौँ राष्ट्रिय जनगणना, २०५८ अनुसार यहाँको कुल जनसङ्ख्या १,६४७ रहेको छ भने ३९७ घरधुरीमा बसोबास गर्दै आएको छ।[१]
भूगोल[सम्पादन गर्नुहोस्]
नाम्चेको ठीक पश्चिममा ६,१८७ मिटर (२०,२९९ फिट) उचाइमा कोङ्दे रि र पूर्वमा ६,६२३ मिटर (२१,७२९ फिट) मा थम्सेर्कु छ।
यातायात[सम्पादन गर्नुहोस्]
नाम्चे बजारलाई नियाल्ने डाँडामा स्याङबोचे विमानस्थल (३,७५० मिटर/१२,३०३ फिट) छ। यो अब यात्री उडानहरूको लागि प्रयोग गरिँदैन, यद्यपि रुसी हेलिकप्टरहरूले कहिलेकाँही कार्गो उडानहरू गर्छन्। निकटतम खुला विमानस्थल तेन्जिङ-हिलारी विमानस्थल हो, जुन गाउँबाट १३ किलोमिटर दक्षिणमा अवस्थित छ।
पर्यटन[सम्पादन गर्नुहोस्]
शनिबार बिहान गाउँको बीचमा साप्ताहिक बजार हुन्छ। तिब्बतको दैनिक बजार पनि हुन सक्छ जहाँ लुगाफाटा र सस्तो चिनियाँ उपभोग्य वस्तुहरू बिक्रीका लागि मुख्य वस्तुहरू हुन्छन्।
नाम्चेमा सन् १९९५ अक्टोबरमा थामे नजिकै खोलिएको नजिकैको थामे–नाम्चे जलविद्युत् आयोजना (६०० किलोवाट) बाट विद्युत् उत्पादन भइरहेको छ।
चित्र दीर्घा[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "Nepal Census 2001", Nepal's Village Development Committees, Digital Himalaya, मूलबाट अक्टोबर १२, २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर १४, २००८।