गुप्तेश्वरी गुफा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

धादिङ जिल्लाको कल्लेरी गाउँ विकास समितिको वडा नम्बर अन्तर्गत पर्ने मुलाबारी गाउँको माथी नाङ्गो डाडामा अवस्थित गुप्तेश्वरी गुफालाई एक रमणीय स्थलको रूपमा लिन सकिन्छ । यहाँबाट धादिङका विभिन्न स्थानहरूको मनोरम दृश्यहरूको अवलोकन गर्न सकिन्छ । यस गुफाभित्र थुप्रै जीवहरूको आकृतिसँग मिल्ने दृश्यहरु देख्न सकिन्छ । गाई वस्तु, मानव लगायत खेतबारीको स्वरुपहरु देख्न सकिन्छ । यसैगरी महादेवको मुर्ती आकारको साथै गाईको थुनबाट दुध बगिरहे जस्तो पनि देख्न सकिन्छ ।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]