कुलेखानी-१ जलविद्युत

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कुलेखानी-१ जलविद्युत मकवानपुर जिल्लाको परियोजना हो। यसको क्षमता ६० मेगावाट छ।नेपालको बिध्युत ईतिहासलाई नियालेर हेर्ने हो भने विसं १९६७ सालमा पहिलो बिध्युत परीयोजनाको रूपमा चन्द्रज्योती ( फर्पिङ )  बिध्युतको निर्माण पछि , अन्य सो जस्तै योजनाहरु अघी सारीए । कुलेखानी जलबिध्युतले समग्र नेपाली बिध्युत क्षेत्रमा महत्त्व राख्ने गर्दछ । इन्द्रसरोवरको लम्बाइ ८ किमी र गहिराइ करीब ९७ मिटर छ ।यो ताल २०३८ सालमा बनेको हो । यसै परियोजना अन्तर्गत सञ्चालित कुलेखानी–२ र कुलेखानी–३ ले पनि क्रमशः थप ३० मेवा र १४ मेवा विद्युत्बाट राष्ट्रिय प्रसारण लाइनमा योगदान पु्र्याउने भएका छन् । त्यसयता यसले अनवरत ६० मेवा विद्युत् उत्पादन गरिरहेको छ ।यस सरोवरमा सञ्चित पानीबाट सुख्खायाममा विद्युत् उत्पादन गर्न सकिन्छ । कुलेखानी बाँधबाट छ किमी सुरुङमार्फत लगिएको पानीले धुर्सिङमा ६० मेवा विद्युत् निकालिन्छ । आयोजनाको विद्युत्गृह सोही स्थानको ढोकाफेदीमा भूमिगत रहेको छ । तालमा पानीको सतह समुद्री सतहबाट एक हजार ५३० मिटरसम्म पनि पुग्नेगर्छ। सो अवस्थामा पानीको गहिराइ १०७ मिटर हुन्छ । मनोरम तालले गर्दा राजधानीबाट फर्पिङ हुँदै कुलेखानीको यात्रा अनि दामनको यात्रामा यसको सुन्दरताले मोहित नहुने कमै होलान । [१]

अन्य निकायहरू[सम्पादन गर्नुहोस्]

सन्दर्भ[सम्पादन गर्नुहोस्]