बनौ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बनौ
आदर्श वाक्य: 
आफ्नो गाँउ आफै बनाआै
देश नेपाल
अञ्चलधौलागिरी अञ्चल
जिल्लापर्वत जिल्ला
जनसङ्ख्या
 (२०५८)
 • जम्मा१४३२
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)

बनौ नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको धवलागिरी अञ्चल, पर्वत जिल्लामा अवस्थित गाउँ विकास समिति हो ।

परिचय[सम्पादन गर्नुहोस्]

बनौ जलजला गाउपालिका अन्तर्गत वडा नं ९ मा पर्छ । यहाँ १ वटा हाइस्कुल(१०+२ निर्माणाधिन), २ वटा प्रा.वि र १ वटा बोर्डिङ स्कुल(५ कक्षा सम्म) गरी जम्मा ४ वटा स्कुल रहेको छ। यहाँ बिजुली, मोटर बाटो, खानेपानी, शिक्षा, स्वास्थ्यचौकि, होटेल, मोबाइल सिग्नल, केबल टिभी तथा पर्यटनको राम्रै सुविधा रहेको छ । यहाँ का बासिन्दाहरु प्राय कृषि मा निर्भर छन भने कतिपय विदेशमा नोकरी, शिक्षक छन् तथा अन्य पेशा तथा व्यवसायको कारण गाँउ भन्दा बाहिर कार्यरत छन् । यो गाउलाई खुल्ला दिसामुक्त तथा धुवारहित गा.वि.स. घोषणा गरिएको छ साथै जिल्ला कै पहिलो साक्षर गा.वि.स. को रूपमा प्रसिद्ध मानिन्छ । यहाँ पर्यटन को राम्रो सम्भावना भएता पनि उपयुक्त प्रचार-प्रसारको कमिमा ,त्यो भैराखेको छैन । यो गाउमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरु पनि दिनानुदिन बढ्दै छन । हिन्दु,बुद्ध तथा इसाइ धर्मावलम्बीहरु बसोबास गर्दछन। यो पुर्ण मगर गाउँ हो। आलु,मकै,कोदो तथा भुइस्याउ, किवी यहाको मुख्य बालिमा पर्दछ ।

यो गाँउको हावा पानी मध्यम खालको छ- न त धेरै जाडो न त धेरै गर्मी । यो वरिपरिबाट पहाड तथा अन्य गाँउहरूले ढाकेको ठाँउ हो । कुश्मा बजार, बाग्लुगङ बजार र बेनी बजार एकैचोटि देख्न सकिने यो गाँउको रमाइलो विशेषता हो । अगाडि पट्टी गमक्क परेर धौलागिरी हिमाल मुस्कुराइरहेको मजैले देख्न सकिन्छ । केही झरना हरुपनि यस गाँउको भित्री भागतिर भेटिन्छन् जुन १२ महिनानै खस्ने गर्दछन् । फैलिएर रहेको हुनाले गाँउ अलिक ठूलो छ । गाँउ घुम्ने हो भने १ दिन पुरै लाग्दछ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

"https://ne.wikipedia.org/w/index.php?title=बनौ&oldid=974058" बाट अनुप्रेषित