नागदह

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नागदह
नागदह
रहेको स्थानललितपुर जिल्ला, धापाखेल गाविस
भौगोलिक निर्देशांक२७°३८′५५″N ८५°१६′५५″E / २७.६४८७°N ८५.२८२०°E / 27.6487; 85.2820निर्देशाङ्कहरू: २७°३८′५५″N ८५°१६′५५″E / २७.६४८७°N ८५.२८२०°E / 27.6487; 85.2820
तालको प्रकारताजापानी
सिंचित क्षेत्र नेपाल
जम्नेनजम्ने
बसोबासधापाखेल
नागदह

नागदह नेपालको मध्यमाञ्चल विकास क्षेत्र बागमती अञ्चल, ललितपुर जिल्लाको धापाखेलस्थित सांस्कृतिक महत्त्वको पोखरी हो । विसं २०२१को नापीमा ५२ रोपनी क्षेत्रफल रहेको नागदह अहिले ४२ रोपनी क्षेत्रफलमा खुम्चिएको छ । समिति गठन भएपछि नागदह वरिपरि वृक्षरोपण, वर्षायामको भलपानी पोखरीमा नपसोस् भनेर निकासको व्यवस्था र पोखरी वरिपरि बाटो निर्माण गर्न सुरू गरिएको छ । पोखरीमा माछापालन पनि गरिएको छ । नागदह अवलोकन गर्न आउने आगन्तुक गर्न आउने आगन्तुकका लागि डुङ्गामा सयर गर्न सकिने व्यवस्था पनि मिलाईएको छ । मञ्जुश्रीले तलाउको रूपमा रहेको काठमाडौँ उपत्यकाको पानी चोभारमा गल्छी काटी बाहिर पठाएपछि उपत्यकामा नागदह र टौदह बाँकी रहेको जनविश्वास रहिआएको छ । काठमाडौँ उपत्यकाको सबै पानी सुकेपछि नागहरू यो दहमा आई बसेकाले यसको नाम नागदह रहेको बताइन्छ । सो दहमा नागपञ्चमी र ऋषिपञ्चमीमा ठूलो मेला लागने गरेको छ । [१]

सन्दर्भसामग्रीहरू[सम्पादन गर्नुहोस्]

चित्र दीर्घा[सम्पादन गर्नुहोस्]