चन्द्रनिगाहपुर नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

चन्द्रनिगाहपुर नगरपालिका रौतहट जिल्लामा पर्छ। यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो। यसलाई नगरपालिका घोषणा गर्दा चन्द्रनिगाहपुर, सन्तपुर, मटीऔन, जुडिबेला र पौराही गाउँ विकास समितिहरू समावेश गरिएका हुन्। आर्थिक वर्ष २०६८/६९को बजेटमार्फत् मुलुकमा ४१ नयाँ नगरपालिका थपिंदा चन्द्रनिगाहपुर पनि नगरपालिका बनेको हो।

मुलुकमा कूल ९९ महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका भएका छन् भने गाविसको संख्या ३ हजार ९ सय १२बाट घटेर ३ हजार ७ सय ५२ भएका छन्।