ढकाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ढकाल
भाषानेपाली
भाषाको उत्पत्तिखस भाषा
अन्य नाम
अर्थजैसी ढकाल
यो पनि हेर्नुहोस्घिमिरे, पौडेल, पोखरेल, खनाल, अर्याल, सुवेदी

महाभारतकालीन समयमा आफ्ना दाजु धौम्य सहित उपमन्यु ऋषि शिव भगवानको दर्शनार्थ मानसरोवरमा आएका समयमा कुनै एक नामाज्ञात सन्तान वा शिष्य मोक्षदायी मानसक्षेत्रमा साधनाको लागि वा अन्य कुनै कारणले बसेका थिए । उनै नामाज्ञात मनिषी वा उनैका सन्तान घुम्दै फिर्दै जुम्लामा पुगेर बसोबास थालेका थिए । शिवको पूजा गर्ने क्रममा उनीहरुले साथै ल्याएको शिव वाद्ययन्त्र डमरु बजाउने गर्दथे । ढक्का वालहरुलाई नै ढकाल भनिएको कतिपय विशिष्ट विद्वान्हरुको  मत रहेको छ भने कसैको डमरुको पूजा गर्ने स्थानलाई ढक्का +आलय= ढक्कालय र  बस्नेहरुलाई ढकाल भन्न थालिएको हो भन्ने पनि रहेको छ ।

नेपालका कतिपय विद्वानहरुको मतमा फेरी अछामको ढाकुमा बस्नेहरुलाई ढकाल भनिएको भन्ने पनि मान्यता रहेको छ । भारतको पञ्जावको हरियाणा क्षेत्रमा ढकाल नामक प्राचीन स्थान प्रसिद्ध छ । पश्चिम गढवाल देहरादुन क्षेत्रमा पनि  ढकवाल थरहरु रहेका छन् । नेपालमा रहेका ढकालहरु र ढकवालहरुको सम्बन्ध के हो बुझ्न जरुरी छ । नेपालका ढकालहरुको गोत्र उपमन्यु र ढकवालहरुको गोत्र वशिष्ठ रहेको छ । नेपालको अछामको ढाकु , अछामकै ढकारी , उत्ररप्रदेशको ढकवा शहर, हरियाणाको ढकाल  एवं गढवाल क्षेत्रका ढकवालहरुको विषयमा  केही न केही सम्बन्ध रहेको हुनसक्छ । यसको  विषयमा अध्ययन अनुसन्धान हुन सकेको छैन । उचित अनुसन्धान हुनु जरुरी छ ।

ढकाल थर भएका केही प्रख्यात व्यक्तिहरूको सूची निम्नानुसार छन् ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

ब्याघ्रपाद इति ख्यातो वेदवेदाङ्गपारगः ।तस्याहमभवं पुत्रो धौम्यश्चापि ममानुजः ।। ११२।१४। अनुशासनपर्व, महाभारत[सम्पादन गर्नुहोस्]