अमरनारायण मन्दिर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अमरनारायण मन्दिर
अमरनारायण मन्दिर
प्राथमिक विवरण
स्थान:तानसेन
सम्बन्धनहिन्दुत्व
जिल्लापाल्पा
देशनेपाल
वास्तुकला विवरण
वास्तुकला प्रकारप्यागोडा
निर्माताअमरसिंह थापा

अमरनारायण मन्दिर नेपालको लुम्बिनी अञ्चलको पाल्पा जिल्लामा अवस्थित विष्णु मन्दिर हो । विसं १९६३ मा विष्णुका भक्त अमरसिंह थापाले सुन्दर बगैंचा र अटुट पानीको मुहान नजिकै निर्माण गरेका कलात्मक मन्दिर अमरनारायण मन्दिर हो । भाद्र कृष्ण अष्टमीका दिन जाग्राम बस्ने र नवमीका दिनमा रथ निकाली जात्रा गर्ने परम्परा अद्यापि छदैछ । मन्दिर सञ्चालन गर्नका लागि गुठीका व्यवस्था समेत गरिएको छ ।[स्रोत नखुलेको]

नेपाल एकीकरणको सिलसिलामा सबैभन्दा पछि मात्र विलय भएको पाल्पा राज्यको प्रशासन चलाउन प्रथम बडाहाकिमको रूपमा जनरल अमरसिंह थापा आएका थिए ।[स्रोत नखुलेको] यिनैले वि.सं. १८६३ मा वार्षिक खर्च चलाउन माडी फाँटमा हजार मुरी माटो गुठीको व्यवस्था गरी यो अमर नारायणको मन्दिर निर्माण गराएका थिए । यो मन्दिर बनाउन काठमाण्डौका नेवार कालीगढहरु झिकाएका कारण पनि तानसेनमा काठमाण्डौमा जस्तै असन, टुँडिखेल, मखन आदि नामका ठाउँहरु छन् । यहाँ पनि किर्तीपुरको उमामहेश्वरको मन्दिरमा जस्तै पेगोडा शैलीको टुँडालको पुछारमा विभिन्न आसनमा कामक्रिडाका चित्रहरु कुँदिएका छन् । यसो गरे चिर्को वा बज्र पर्दैन भन्ने मान्यता छ ।[स्रोत नखुलेको]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]