खस राज्य

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
खस मल्ल राज्य
खस राज्य
ई. १२औं शताब्दी–ई.सं. १४औं शताब्दी
राजधानीसिञ्जा
आम भाषाहरूखस भाषा
प्राकृत भाषा
संस्कृत भाषा
धर्म
हिन्दू
बौद्ध
सरकारराजतन्त्र
राजा 
• c. ११औं शताब्दी
नागराज
• १२२३–१२८७
अशोक चल्ल
• 
पृथ्वी मल्ल
इतिहास 
• स्थापित
ई. १२औं शताब्दी
• विस्थापित
ई.सं. १४औं शताब्दी
पूर्ववर्ती
उत्तरवर्ती
खस मण्डल
बाइसे राज्य
चौबिसे राज्य
अचेल नेपाल
 भारत
 भूटान
 तिब्बत

खस मल्ल राज्य , खस राज्य वा खस साम्राज्य को नामले प्रसिद्ध छ, नेपालको पश्चिमी भाग, तिब्बतको पश्चिमी भाग तथा भारतीय उत्तराखण्डको पूर्वी भागमा मध्यकालीन राज्य थियो। भारतको खजुराहोमा रहेको ई. सं. ९५४ को एक अभिलेखले खस राज्यको अस्तित्व बङ्गालको गौड राज्य र उत्तर भारतको गुर्जर प्रतिहार वंश समान भएको बताउँछ।[१]

सिञ्जा उपत्यका, खस मल्लहरूको राजधानी जहाँ ई.सा. को १३ औँ शताब्दीको पुरातन देवनागरी लिपि फेला परेको थियो[२]

सिञ्जा उपत्यकामा ई.सा. को १३ औँ शताब्दीको पुरातन देवनागरी लिपि फेला परेको थियो। सिञ्जा उपत्यका खस मल्लहरूको राजधानी थियो।[३]:७६ ई.सा. को १२ औँ शताब्दी देखि ई.सा. को १४ औँ शताब्दीसम्ममा नेपाली भाषाको उत्पत्ति सिञ्जामा भएको थियो।[२]

केन्द्रीय राज्य कमजोर भएपछि विशाल नेपालका विषयपतिहरूले सामन्तको रूपमा शक्ति संचय गदै यो अधिकारलाई आफ्नो पैत्रिक अधिकार सम्झी आ-आफ्नो नाममा राज्य खडा गदै गएपछि नेपाल टुक्रिन थालेको हो। वि. सं. १२०७ (ई. ११५०) तिर तिब्बतको खारी प्रदेशबाट आएका नागराजले कर्णाली प्रदेशको सिंजालाई राजधानी बनाएर खस राज्य खडा गरेको तथ्य पाईन्छ। यो राज्य पूर्वमा नुवाकोट पश्चिममा कुमाउ गढवाल उत्तरमा तिब्बत र दक्षिणमा कपिलवस्तु सहित तराईका धेरै भू-भागसम्म फैलिएको थियो। यस राज्यमा नागराजापछि चाप चापिल्ल क्राशिचल्ल क्राधिचल्ल क्राचल्ल अशोक चल्ल जितारी मल्ल रिपुमल्ल आदित्य मल्ल कल्याण मल्ल प्रताप मल्ल पुण्यमल्ल पृथ्वीमल्ल र अभय मल्ल राजा भएका थिए। नागराजका सन्तान अशोक चल्लपछि जितारी मल्लले चल्लको सट्टा मल्ल लेख्न थालेका हुन्।

खस राज्यको अस्तित्व करिब २२६ वर्षसम्म रहेको थियो। अभय मल्लपछि राज्यको शासन अधिकार सामन्तहरूले लिएपछि खस राज्यको अन्त भएको पाईन्छ। पछि यही राज्यमा बाईसी राज्य खडा भएको पाईन्छ। राजा नागराजका वंशजहरूले -इल्ल र -चल्ल जस्ता उपाधि लिएका थिए: राजा चापिल्ल तथा क्राचल्लका [३]:३५ चल्लमल्ल राजा र राजकुमारहरूको उपाधि थियो। मलायवर्मा, मेदिनीवर्मा, संसारीवर्मा, बलिराज[४], आदि व्यक्तित्वहरूको राउला/रावल उपाधि थियो।[३]:८९ मण्डलेश्वर खस राज्य का शक्तिशाली व्यक्तिहरूको पद थियो। राजकुमार, वरिष्ठ अधिकारी तथा पराजित राजाहरूलाई मण्डलेश्वर पदमा नियुक्त गरिन्थ्यो।[३]:८४ राजा पुण्य मल्ल तथा पृथ्वी मल्लका पालामा हिन्दू परम्पराको दृढ अनुसरण हुन्थ्यो।[३]:८१

शासक[सम्पादन गर्नुहोस्]

जिउसिप्पे टुच्चीका अनुसार खस मल्ल वंशमा निम्न राजाहरू थिए:[५]:

अन्य स्रोतका अनुसार:

तिब्बती सूची[सम्पादन गर्नुहोस्]

The list of rulers of Khasa (Tibetan:Ya rtse) Kingdom established by the Tibetologists Luciano Petech, Roberto Vitali[१३] and Giuseppe Tucci are:[५]

  • Naga lde (Nepali: Nāgarāja) (early 12th century)
  • bTsan phyug lde (Nepali: Cāpilla) (mid-12th century)
  • bKra shis lde (Nepali: Krāśicalla) (12th century)
  • Grags btsan lde (Nepali: Krādhicalla) (12th century) brother of bTsan phyug lde)
  • Grags pa lde (Nepali: Krācalla) (fl. 1225)
  • A sog lde (Nepali: Aśokcalla) (fl. 1255–78) son
  • 'Ji dar sMal (Nepali: Jitārimalla) (fl. 1287–93) son
  • A nan sMal (Nepali: Ānandamalla) (late 13th century) brother
  • Ri'u sMal (Nepali: Ripumalla) (fl. 1312–14) son
  • San gha sMal (Nepali: Saṃgrāmamalla) (early 14th century) son
  • A jid smal (Nepali: Ādityamalla) (1321–28) son of Jitari Malla
  • Ka lan smal (Nepali: Kalyāṇamalla) (14th century)
  • Par t'ab smal (Nepali: Pratāpamalla) (14th century)
  • Pu ni sMal/Puṇya rMal/bSod nams (Nepali: Puṇyamalla) (fl. 1336–39) of Purang royalty (another Khas family)
  • sPri ti sMal/Pra ti rmal (Nepali: Pṛthvīmalla) (fl. 1354–58) son

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Laxman S. Thakur (१९९०), "The Khasas An Early Indian Tribe", in K. K. Kusuman, A Panorama of Indian Culture: Professor A. Sreedhara Menon Felicitation Volume (Mittal Publications), पृ: 285–293, आइएसबिएन 978-81-7099-214-1 
  2. २.० २.१ Sinja valley - UNESCO World Heritage Centre
  3. ३.० ३.१ ३.२ ३.३ ३.४ ३.५ Surya Mani Adhikary (१९९७), The Khaśa kingdom: a trans-Himalayan empire of the middle age, Nirala, आइएसबिएन 978-81-85693-50-7 
  4. बलिराज रावल जुम्लाका स्वाधीन राजा र कल्याल वंशका संस्थापक बन्न पुगे।[३]:72
  5. ५.० ५.१ ५.२ Tucci 1956, पृष्ठ 66.
  6. http://therisingnepal.org.np/news/1783 वेब्याक मेसिन अभिलेखिकरण २०१९-०५-२७ मिति
  7. ७.० ७.१ ७.२ ७.३ ७.४ ७.५ ७.६ D.R. Regmi 1965, पृष्ठ 714.
  8. D.R. Regmi 1965, पृष्ठ 717.
  9. Tucci 1956, पृष्ठ. 54-59.
  10. १०.० १०.१ १०.२ १०.३ १०.४ १०.५ १०.६ १०.७ Tucci 1956, पृष्ठ 50.
  11. Adhikary 1997, पृष्ठ 81.
  12. Pradhan 2012, पृष्ठ 21.
  13. L. Petech (1980), 'Ya-ts'e, Gu-ge, Pu-rang: A new study', The Central Asiatic Journal 24, pp. 85–111; R. Vitali (1996), The kingdoms of Gu.ge Pu.hrang. Dharamsala: Tho.ling gtsug.lag.khang.

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]