बस्नेत

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

बस्नेत/बस्न्यात
जम्मा जनसङ्ख्या
२,३६,२४१ विश्वभर[१]
उल्लेखीय जनसङ्ख्या भएका क्षेत्रहरू
 नेपाल
भाषाहरू
नेपाली भाषा
धर्महरू
हिन्दु धर्ममष्टो धर्म
सम्बन्धित जातीय समूह
थापा, कुँवर, बिष्ट

बस्नेत वा बस्न्यात नेपालको विभिन्न स्थानहरूमा बसोबास गर्ने मस्टो तथा प्रकृती पूजक हिन्दू धर्मावलम्बी विशेषतया नेपाली क्षेत्रीहरूको थर हो । [२] आधुनिक समयमा बस्नेतहरूको मुख्य थलो गोर्खा हालको जिल्लालाई मान्ने गरेको पाइन्छ ।

ऐतिहासिक रूपमा बस्नेत चार पुस्त्यौनी काजी परिवारहरू मध्ये एक हो । अन्य तीन परिवारहरू पाँडे वंश, कुँवर परिवारथापा वंश हुन् । पाण्डे परिवारसँग बस्नेत परिवारको ऐतिहासिक निकटता छ ।[३]

बस्नेतहरू पूर्णतय क्षेत्रीवर्गका राजन्यहरु हुन् । उनीहरू खस समुदायका हुन् । प्राय सतारुढ क्षेत्रीय वर्गका रूपमा जमिनदार, मुखिया, काजी, जिम्मल र पञ्च जस्ता उच्च पदहरूमा आधुनिक इतिहासदेखि आसिन छन् ।[३] ऐतिहासिक समयमा विशेष गरी खप्तडि बस्नेतहरूको खप्तड क्षेत्रबाट बङ्स बिस्तार भएको पाइन्छ। बस्नेतहरूमा गोत्रका आधारमा विभाजन छ । श्रीपाली बस्नेत, खप्तडि बस्नेत, खुलाल बस्नेत, लामिछाने, आदि बस्नेतका प्रकारहरू हुन् ।[४]

श्रीपाली/सिरुपाली बस्नेत[सम्पादन गर्नुहोस्]

जनरल केहरसिंह बस्न्यात, एक श्रीपाली बस्नेत

श्रीपाली बस्नेतहरूको गोत्र भारद्वाज गोत्र हो ।[५] गोरखाका एक श्रीपालीहरू शिशाकोटी महादेव, वीरभद्र, महाकाली लाई कुल देवता र अराध्यादेवी (दक्षिणकाली) लाई इष्ट देवता मान्ने गरेका छन् भने बाँकी अन्य सबैैैले मष्टो मान्दछन्।

गोरखा जिल्लाका श्रीपाली बस्नेतहरू नेपाल एकिकरणका मुख्य सहयोगी हुन् । सेनापति बडावीर शिवराम सिंह बस्न्यातको परिवारले राजा पृथ्वीनारायण शाहलाई महत्त्वपूर्ण योगदान दिएका छन् । उनका चार छोराहरू (काजी नाहरसिंह बस्न्यात, सेनापति केहरसिंह बस्न्यात, मूलकाजी अभिमान सिंह बस्नेत र बडाहाकिम धोकलसिंह बस्न्यात)ले उक्त अभियानमा भाग लिएका थिए । पृथ्वीनारायण शाहको चर्चित भनाइसङ्ग्रह दिव्योपदेशमा उक्त भनाइ उल्लेखित छः पाण्डेको ढाल र बस्नेतको तरवारले मैले नेपाल उपत्यका आक्रमण गर्दैछु । केहरसिंह बस्न्यातका २ छोराहरू कीर्तिमान् सिँह बस्न्यातबख्तावर सिंह बस्न्यात पनि मूलकाजी भएका थिए । उनीहरू काजी कालु पाण्डेका नाति हुन् ।[६]

खपतरी/खबतरी/खप्तडी बस्नेत[सम्पादन गर्नुहोस्]

खबतरी बस्नेतहरू अन्य खपतरीझैँ कौशिक गोत्रका हुन् ।[७] खब्तरीहरू खाप्पड मस्ट(खापर मस्ट) मष्टो देवताको पुजा गर्छन् । उनीहरूका बङ्सपुरुष कौशिक(बिश्वमित्र)ऋषिबाट छुटिएका १०० मध्यका ५० भाइ छोराहरूमा १० भाइ ककेसियस(कसाइट) पर्वत उपत्यकामा बसोबास गरेका र तिनै १० भाईको सन्तान कस्मिर आएको र कस्मिर आउदा उक्त बङ्सको मुख्य ब्यक्ती(प्रध्युम्न) थानेश्वर थिए भन्ने भनाई छ। थानेश्वरका छोराहरु मध्य गोस्ठुका १८ भाइ छोराहरु (यिनै कौशिक गोत्रीयहरु हुन) भए । गोस्ठुका ती १८ भाइ छोराहरु मध्य कान्छा भाइ खाप्पडुका सन्तान हरिहर क्षेत्र, केदार नाथ, बद्री नाथ, मानसरोवर, कुमाउ गढ्वाल हुँदै हालको खप्तड क्षेत्र प्रवेश गरेको र यसरी कास्मिर देखि हालको खप्तड क्षेत्र आईपुग्दा यस खाप्पडु बङ्सिमा प्रध्युम्न (मुख्य ब्यक्ती) सङ्राम सिंह थिए र ती नै सङ्ग्राम सिंहका छोरा अइमानसिंका चार भाइ छोरामध्य कान्छा महाराज अम्बरिसो भोटुबिर हुन । भोटुबिर पहिलो खप्तडी बस्नेत तथा मुलधामी हुन यिनी रुद्र अवतार थिए। पूरा खप्तड क्षेत्रमाथि राज शासन गर्ने भएकाले उनलाई र उनीपछिका सन्तति राजाहरुलाई खप्तडि भन्न थालियो। बासु शब्दबाट जसरी राजा जनिन्छ त्यस्तै नेत प्रत्ययबाट नेतृत्व वा नेता जनिन्छ र यी दुई शब्दबाट नै बस्नेत बन्दछ जसको पूर्ण अर्थ हुन्छ राजाहरू मध्ये नेतृत्व गर्ने राजा अथवा महाराज। तसर्थ खप्तडि बस्नेत हरुको गौरवमय इतिहास यिनै महाराज अजय सिंह वा वीर भोटुसिंबाट शुरु भएको मानिन्छ। यिनी परम न्याय प्रिय रहेको मानिन्छ। यिनका बङ्स खप्तडबाट बिस्तार भएको र खाप्पडुको सन्तान भएकाले खप्तडी भएका हुन। श्रोत= श्री महामस्टो देवता बैधाङ (खापर मस्टो देवता (खापरनाथ पनि भनिन्छ)धार्मिक ग्रन्थ)/देवली महाकैरण ज्ञान् ।

कमाण्डिङ कर्णेल पहलमान सिंह बस्नेत खब्तरी बस्नेत हुन् । उनलाई खप्तडी राजाश्री १को उपाधि दिइएको थियो । त्यस्तै पूर्व गृहमन्त्री यज्ञबहादुर बस्न्यात, सेनापति सिँह बहादुर बस्न्यात, पूर्व राजदूत डा. सिँँह बहादुर बस्न्यात, जनरल चिनीया बहादुर बस्न्यात खब्तडि बस्नेत हुन् । [८]

खुलाल बस्नेत[सम्पादन गर्नुहोस्]

खुलाल बस्नेतहरू अरू खुलाल जस्तै धनञ्जय गोत्रका हुन् ।[४]

लामिछाने बस्नेत[सम्पादन गर्नुहोस्]

लामिछाने बस्नेतहरू अरू लामिछाने जस्तै गर्ग गोत्रका बस्नेत हुन् ।[४]

यो पनि हेर्नुहोला[सम्पादन गर्नुहोस्]

स्रोतहरू[सम्पादन गर्नुहोस्]

  1. "बस्नेत:वैश्विक प्रोफाइल", अन्तिम पहुँच २०१७-०३-१० 
  2. "बस्नेत परिवार", अन्तिम पहुँच २०१७-०३-११ 
  3. ३.० ३.१ "पाँच काजी परिवार", अन्तिम पहुँच २०१७-०३-११ 
  4. ४.० ४.१ ४.२ "बस्नेतको समुह तथा गोत्र", अन्तिम पहुँच २०१७-०३-१० 
  5. "श्रीपाली बस्नेतको गोत्र", अन्तिम पहुँच २०१७-०३-१०  वेब्याक मेसिन अभिलेखिकरण २०१६-१०-०७ मिति
  6. https://knownepalshistory.blogspot.com/2016/09/prime-ministers-of-nepal-before-bhimsen.html?showComment=1489935927353&m=1#c8178148443274477370
  7. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named SURAJ
  8. http://www.khaptadibasnet.org/research-articles/ वेब्याक मेसिन अभिलेखिकरण २०१६-१०-०६ मिति