बस्ताकोटी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

बस्ताकोटी

बस्ताकाेटी (Bastakoti) नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने बाहुन तथा क्षेत्रीको एक थर हो । यो थरको गोत्र- काैशिक हुन्छ ।

हिन्दू धर्मावलम्बी काैशिक गाेत्र अन्तर्गतकाे थर बस्ताकाेटी खसबाट उत्पत्ति भएको मानिन्छ ।

सिंधु- घाटी नदी सभ्यताहरू मध्येको एक प्रमुख सभ्यता थियो । यो हडप्पा सभ्यता र सिंधु-सरस्वती नामले पनि जानिने याे सभ्यता सगै हिन्दुहरुले थर राख्ने चलन चलेकाे बुझाई छ । हिन्दूका विभिन्न थरहरू हुन्छन् । ती थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका छन् । त्यसरी बाडिएका गाेत्र मध्ये काैशिक गाेत्र अन्तर्गतकाे बस्ताकाेटी थरका मानिस प्राय नेपालकाे कास्की, गाेर्खा, तनहु, लमजुङ, भक्तपुर, काभ्रेपलान्चोक नाल्दुम(हलेदे) चितवन, नवलपुर, स्याङ्जा मकवानपुर, बिराटनगर लगायतमा मुख्य स्थानमा बसाेबास रहेकाे छ ।

कौशिक गाेत्रमा वस्ताकोटी (Bastakoti), रेग्मी, खप्तरी खड्का, विष्ट, खपतरी खप्तरी बुढाथोकी, विडारी, फुँयाल, रिमाल, लामीछाने, खड्का, खपती खड्का, ढुङ्गाना, धिताल, तिवारी, माझी, रायमाझी, दशौलिया, पाठक, खप्तरी बस्नेत, लुँइटेल, पुडासैनी, बाँनिया, रघुवंशी भँडारी, गौली कौशिक, अघमर्षण, विश्वामित्र अादि थर पर्दछन् । बस्ताकाेटीहरुकाे वशं अनुसन्धान गर्न र अापसमा परिचय दिलाउन बस्ताकाेटी वंश अनुसन्धान परिषद गठन गरिएकाे छ । - चन्द्रेश्वर बस्ताकाेटी

पूर्वज[सम्पादन गर्नुहोस्]

बस्ताकाेटीका पूर्वज को–को थिए, कता–कताबाट आए, विभिन्न वंशजको वैज्ञानिक उत्पत्ति धार के हो ? यस्तै कौतूहलले मनलाई उत्साहित बनाउँछ ।

बस्ताकाेटी पूर्वजको फैलावट एशियाव्यापी रहेकाे अनुमान गर्न सकिन्छ । सिक्किम देखि नेपालका ठाउठाउमा रहेका बस्ताकाेटी परिवार या खलकको आनुवंशिक अध्ययन अनुसन्धान गर्न जरुरी रहेकाे बस्ताकाेटी बशं अनुसन्धान परिषदकाे युवा परिषद का अध्यत्क्ष सन्ताेष बस्ताकाेटी बताउछन । युवा ब्यक्तित्व केदार बस्ताकाेटी पुर्वजकाे यथार्थता भाबि पुस्तालाई सुम्पन अाफुहरु लागि परेकाे बताउनु हुन्छ ।

संख्या[सम्पादन गर्नुहोस्]

बस्ताकोटीले मान्ने विशेष पर्वहरू[सम्पादन गर्नुहोस्]

नाग पञ्चमी, जनैपूणिर्मा, तिज, दशै तिहार, माघेसक्रान्ति लगायत नेपालमा मनाईने चाडपर्व बस्ताकाेटीका मुख्य पर्वशरु हुन ।