दुवाडी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

दुवाडी नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बी विशेषतया नेपालीहरूको थर हो। दुवाडी आत्रेय गोत्रीय बाहुन जातीको एक थर हो। दुवाडी थरको उत्पत्तिको बारेमा उनीहरू दैलेखको दुवाडाबाट क्षेत्रबाट उत्पत्ति भएको विश्वास गरिएको छ। वि.सं. १२४६ मा राजपाठ आफ्नी रानी (क्षेत्रीकी छोरी विदुला पट्टिबाट जन्मेका) छोरा कालू थापालाई दिई काशीबास गर्न जाने संयुक्त डोटी राज्यका राजा श्रीवत्सराज भट्टकी ब्राह्मणी पत्नी कान्तिमती पट्टिका नाति (श्रीदेव भट्टकी माहिली पत्नी नीलाम्बराका साहिँला छोरा) श्रीनाथ भट्ट वझाङ् पौडीको झोता दरबारमा जन्मी हाल दैलेख साविक जुम्ला राज्य भित्र पर्ने दुवाडाबाट मा बसाईं सरेकाले उनका सन्तानहरू दुवाडी थरले चिनिन पुगे |दुवाडीहरू हाल गोरखा , धादिङ् , चितवन आदि ठाउँमा फैलिएर रहेकाछन् |

पूर्वज[सम्पादन गर्नुहोस्]

दुवाडी आत्रेय ऋषिका सन्तान हुन् । उनीहरूको गोत्र आत्रय हो । दुवाडीहरु डोटीबाट गोरखा आई त्यहाबाट नेपालका विभिन्न भेगमा बसाई गरिरहेएका छन् ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]