आम सञ्चार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(आमसञ्चारबाट अनुप्रेषित)

सञ्चार भन्नाले निश्चित स्रोतबाट सृजित सूचना वा सन्देश कुनै माध्यमबाट प्रापकसम्म पुर्‍याउने प्रक्रिया हो। निश्चित अर्थपूर्ण सूचना तथा सञ्चार निश्चित समाचार माध्यमबाट आम जनसमुदायमा पुर्‍याउने प्रक्रियालाई आमसञ्चार भनिन्छ।[१] अर्थात् आमसञ्चार, सञ्चारको व्यापक रूप हो। पत्रपत्रिका, रेडियो, टेलिभिजन, चलचित्र, पुस्तक, इन्टरनेट, अनलाइन आदि आम सञ्चारका लोकप्रिय माध्यम हुन्।[२][३]

शब्दोपति[सम्पादन गर्नुहोस्]

नेपाली शब्द “सञ्चार” अङ्ग्रेजी शब्द अङ्ग्रेजी: Communicationको अनुवादको रूपमा प्रयोग हुँदै आएको छ। हुनत नेपाली शब्द सञ्चार संस्कृत भाषाबाट आएको हो जसको अर्थ ‘सूचना दिने काम वा सूचनाको आदान प्रदान’ भन्ने हुन्छ। सञ्चार विज्ञहरूलाई मान्दा अङ्ग्रेजी शब्द कम्युनिकेसन ल्याटिन भाषाको शब्द 'कम्युनिस' र 'कम्युनिकेर'बाट जसको अर्थ कुनै कुराको साझेदारी, आदान प्रदान गर्नु, साझा वा समान गर्नु हुन्छ। यसबाट सञ्चार भन्नाले एक अर्काबीच सूचना, विचार, धारणाहरू, जानकारीहरू साटासाट गर्ने प्रक्रिया वा साझेदारी कायम गर्ने प्रक्रियालाई बुझ्न सकिन्छ। कतिपय विद्धानहरूले अग्रेजी भाषा कै 'कम्युनिटी' (समाज) शब्दबाट 'कम्युनिकेसन' बनेको दाबी गरेका छन्। समाजका सदस्यहरूले आफ्ना भावना वा आफूलाई प्राप्त सूचना कुनै अर्को सदस्यलाई दिने भएकोले पनि त्यस्तो अर्थ लगाउन सम्भव भएको हो। किनकी व्यक्तिको सामाजीकरण नै सञ्चारले सम्भव तुल्याएको हो।

प्रक्रिया[सम्पादन गर्नुहोस्]

सञ्चार लिखित, मौखिक, श्रव्यदृश्य वा साङ्केतिक आदि हुन्छ। सञ्चार प्रक्रियामा दुई पक्ष सहभागी हुन्छन्। एउटा सूचना दिने पक्ष र अर्को सूचना पाउने पक्ष, यी दुई पक्षबीच जति नै मात्रामा अन्तरक्रिया हुन्छ अर्थात सञ्चारको साधनबाट पठाइएका सन्देश प्रापकले बुझ्न सक्छ तब सञ्चार प्रक्रिया सफल भएको मानिन्छ। सञ्चार प्रक्रियामा मानिसका ५ वटा ज्ञानेन्द्रिय सहभागी हुन्छ जस्तै कानले सुनेर, आँखाले देखेर, जिब्रोले चाखेर, नाकले सुँघेर र छालाले महसुस गरेर सहभागिता जनाएका हुन्छन्।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. Curtis, Anthony, "What is Advertising?", अन्तिम पहुँच नोभेम्बर २३, २०१४  वेब्याक मेसिन अभिलेखिकरण अप्रिल ३, २०१५ मिति
  2. Franklin, Bob; Hogan, Mike; Langley, Quentin; Mosdell, Nick; Pill, Elliot (२००९), Key Concepts in Public Relations, 1 Oliver's Yard,  55 City Road,  London    EC1Y 1SP  United Kingdom: SAGE Publications Ltd, आइएसबिएन 9781412923194, डिओआई:10.4135/9781446269084 
  3. Curtis, Anthony, "What is Advertising?", अन्तिम पहुँच २३ नोभेम्बर २०१४  वेब्याक मेसिन अभिलेखिकरण ३ अप्रिल २०१५ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]