चरण

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

चरणको अरु नाम: पद वा पाद वा पाउ हो।

छन्दको प्रत्येक पंक्तिलाई चरण या पाउ या पद भनिन्छ। प्रत्येक छन्दको नियमानुसार २, ४ अथवा ६ पंक्तिहरूको हुन्छन्।

छन्दको प्रायः ४ भाग हुन्छ। प्रत्येक भागलाई 'चरण' भनिन्छ। कुनै छन्दको चरण चार भए पनि दुई पंक्तिमा लेखिन्छ। जस्तै- दोहा छन्द, सोरठ छन्द आदि। यस्तो छन्दको प्रत्येक पंक्तिलाई 'दल' भनिन्छ।

हिन्दीमा केही छन्द ६ पंक्तिमा (दलों)मा लेखिन्छ। यस्तो छन्द २ छन्दको योगबाट बन्दछ। जस्तै: कुण्डलिया (दोहा + रोला), छप्पय (रोला + उल्लाला) आदि।

चरण २ प्रकारको हुन्छ: सम चरण र विषम चरण।

  1. पहिलो वा तृतीय चरणलाई विषम चरण भनिन्छ।
  2. दोस्रो वा चौथौं चरणलाई सम चरण भनिन्छ।
"https://ne.wikipedia.org/w/index.php?title=चरण&oldid=891547" बाट अनुप्रेषित