विकिपिडिया:हिज्जे परियोजना

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

हिज्जे परियोजना

सामान्य प्रचलित अशुद्ध शब्दहरू

योगदानकर्ताहरू

छलफल

तथ्याङ्क

नेपाली लेखनमा हुने सामान्य त्रुटिहरूलाई सुधार गर्न तथा यस पृष्ठमा सूचीवद्ध गरी उल्लेख गरिएका शुद्ध शब्दहरूलाई प्रयोग गर्ने उद्देश्यका साथ यो परियोजना सुरु गरिएको छ। नेपाली लेखनमा कतिपय त्रुटिहरू यति प्रचलित भएका छन् कि प्रयोगकर्ताहरू झुक्किएर त्यसैलाई सही मानेर लेख्दै आएका छन्। यस परियोजना पृष्ठमा यस्तै प्रकारका शब्दहरूको सूची तयार पारिएको छ जसको उपयोग विकिपिडियामा गलत हिज्जेहरूको सुधार, हिज्जे जाँचक आदि बनाउनमा प्रयोग गर्न सकिन्छ।

नेपाली व्याकरणको सामान्य त्रुटिहरूका लागि विकिपिडिया:नेपालीमा सामान्य त्रुटिहरू हेर्नुहोस्।

टाइपिङका अशुद्धिहरू (टाइपो)[सम्पादन गर्नुहोस्]

सामान्य रूपमा कम्प्युटर अथवा अन्य कम्प्युटिङ उपकरणहरूको प्रयोग गर्दा हुने टाइपिङका अशुद्धिहरूलाई टाइपो भनिन्छ। यस्ता गल्तीहरूमा टाइपकर्ताको ध्यान जाँदैन। कतिपय समय टाइपकर्ताद्वारा प्रयोग गरिएको टाइपिङ औजारद्वारा त्यो वर्ण वा चिह्न टाइप गर्ने तरिका थाहा नभएर समेत त्रुटि हुने गर्दछ।

अशुद्ध शुद्ध
तरीका तरिका
शिर्षक शीर्षक
पनी पनि
सुरक्षीत सुरक्षित
लागी लागि
तपाई, तपाँई तपाईं, तपाईँ
स्वास्थ स्वास्थ्य
प्राप्ती प्राप्ति
शक्ती शक्ति
अतिथी अतिथि
पुर्व पूर्व
हरु हरू
विध्या विद्या
द्धारा द्वारा
अघी अघि
पछी पछि
भोली भोलि
सुचना सूचना
पनी पनि
बर्ष वर्ष
पृष्ट पृष्ठ
प्रयाप्त पर्याप्त

पञ्चमाक्षर शब्दहरू[सम्पादन गर्नुहोस्]

अशुद्ध शब्द शुद्ध शब्द
गंगा गङ्गा
अण्डर अन्डर
संग्रहालय सङ्ग्रहालय
संगठन सङ्गठन
संघ सङ्घ
अंक अङ्क
मंगल मङ्गल
संजय सञ्जय
संचार सञ्चार
चंचल चञ्चल
अंचल अञ्चल
कुंजी कुञ्जी
विण्डोज विन्डोज
अंग्रेजी अङ्ग्रेजी
मंदिर मन्दिर
परंपरा परम्परा
यंत्र यन्त्र
संग्रह सङ्ग्रह
संकलन सङ्कलन
संकेत सङ्केत
संगित, संगीत सङ्गीत
संचालन सञ्चालन
मनोरंजन, मनोरन्जन मनोरञ्जन

आधुनिक शब्दहरू[सम्पादन गर्नुहोस्]

पारम्परिक शब्द आधुनिक शब्द
दूरदर्शन टेलिभिजन
आकाशवाणी यन्त्र रेडियो
श्रव्यदृश्य भिडिओ, भिडियो (प्रचलित)
अण्डा अन्डा
शहर सहर
शहीद, शहिद सहिद
नक्शा नक्सा
ऊर्जा प्रजनक जेनरेटर
टङ्कण टाइप
ब्रिटिश ब्रिटिस

प्रचलनमा रहेका विदेशी शब्दहरू[सम्पादन गर्नुहोस्]

अशुद्ध शब्द शुद्ध शब्द
पेटेण्ट पेटेन्ट

अन्य शब्दहरू[सम्पादन गर्नुहोस्]

अशुद्ध शब्द शुद्ध शब्द
काठमान्डू, काठमान्डु, काठमाडौ, काठमाडौं, काठमाण्डौ काठमाडौँ
बंगलादेश बङ्गलादेश
अफ्रीका अफ्रिका
इंडोनेसिया, इण्डोनेसिया इन्डोनेसिया
अष्ट्रेलिया अस्ट्रेलिया
बंगाली बङ्गाली
इंगल्यान्ड, इंगल्याण्ड इङ्ल्यान्ड
ल्याण्ड ल्यान्ड
इटालियाली इटालेली
वागमती, बाग्मती, वाग्मती बागमती
फ्रेंच, फ्रेञ्च फ्रान्सेली
अमेरिकन अमेरिकी
नागालैंड‎, नागाल्याण्ड नागाल्यान्ड
अष्ट्रिया अस्ट्रिया

नेपालीकरण भइसकेका केही आगन्तुक शब्दहरू[सम्पादन गर्नुहोस्]

मूल शब्द भाषा नेपाली शब्द
लिङ्क अङ्ग्रेजी कडी
टिम अङ्ग्रेजी टोली
क्लेड अङ्ग्रेजी प्राकृतिक समूह

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

यी पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]