विजय मल्ल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
विजय मल्ल
जन्मवि.स. १९८२ असार १०
ओमबहाल, काठमाडौँ
मृत्यु२०५६ साउन ८
काठमाडौँ
पेशालेखक
भाषानेपाली
राष्ट्रियतानेपाली
विधाकविता, नाटक, उपन्यास
उल्लेखनीय कार्यहरूअनुराधा
उल्लेखनीय पुरस्कारहरूसाझा पुरस्कार
आफन्तहरूदाजु गोविन्द बहादुर मल्ल

विजय मल्ल (वि.सं.१९८२ - वि.सं.२०५६) नेपाली साहित्यकार हुन् ।[१] उनले वि.सं. २०२७ सालमा एक बाटो अनेक मोड कृतिका लागि साझा पुरस्कार प्राप्त गरेका हुन् ।

जीवनी[सम्पादन गर्नुहोस्]

विजय मल्लको जन्म वि. सं. १९८२ असार १० गते ओमबहाल, काठमाडौमा भएको थियो। उनका बाबु सुब्बा ऋद्धिबहादुर मल्ल र आमा आनन्दमाया हुन्। विजय मल्ल प्रख्यात लेखक गोविन्द बहादुर मल्लका भाइ हुन् । पिता सुब्बा ऋद्धिबहादुर मल्ल राजधानी काठमाडौँका राणाहरूका दरबारसँग सम्बन्धित भएकाले उनले दरबार हाई स्कुलबाट शिक्षा हासिल गर्ने मौका पाएका थिए ।

कृतिहरू[सम्पादन गर्नुहोस्]

उनको पहिलो रचना मर्नुपर्छ है दाइ नामक कविता वि.सं. १९९७ सालमा "शारदा" प्रत्रिका मा प्रकाशित भएको थियो। उनका मौलिक कृतिहरू :-

class="wikitable "

पुरस्कार तथा सम्मान[सम्पादन गर्नुहोस्]

साउन ७ गते २०५६ साल अर्थात् मृत्युको एकदिन अघि मात्र वेदनिधि पुरस्कार पाउने विजय मल्लले एक बाटो अनेक मोड का लागि २०२७ को साझा पुरस्कार, २०४० मा गोर्खा दक्षिण बाहु दोस्रो, २०४९ मा गंकी बसुन्धरा पुरस्कार, २०५३ को भूपालमान सिंह प्रज्ञा पुरस्कार पाउनुभयो ।

निधन[सम्पादन गर्नुहोस्]

उनको वि.सं. २०५६ साउन ८ का दिन ७४ वर्षको उमेरमा निधन भयो।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. विजय मल्ल लेखकका बारे