जयन्ती फूल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

जयन्ती फूल
वैज्ञानिक वर्गीकरण
जगत:
(श्रेणीविहीन):
(श्रेणीविहीन):
(श्रेणीविहीन):
गण:
कुल:
वंश:
प्रजाति:
I. quamoclit
वैज्ञानिक नाम
Ipomoea quamoclit
L.
जयन्ती फूल

जयन्ती फूल एक प्रकारको लहरे फूल हो । यस फूलको अंग्रेजीमा अनेकौं नाम रहेका छन् । त्यी हुन् - Cypress Vine, Morning Glory, Cardinal Creeper, star glory आदि ।

यो फूल दक्षिण अमेरिकाको उत्तरी क्षेत्रबाट संसारभर फैलिएको पाईन्छ । जयन्ती फूललाई घर, बगैंचाको शोभा बढाउने फूलको रुपमा पनि लिईन्छ ।

यो फूल गर्मी र जाडो दुबै याममा फुल्दछ । जयन्ती फूल उत्तरी गोलार्धको समशितोष्ण क्षेत्रमा अगस्ट देखि डिसेम्बरसम्म लगातार फुलिरहन्छ भने दक्षिणी गोलार्धको समशितोष्ण क्षेत्रमा फेब्रुअरी देखि जुनसम्म लगातार फुलिरहन्छ ।

जयन्ती फूल विना मल र रेखदेख पनि जस्तोसुकै ठाउँमा सजिलै हुर्किन सक्छ । गर्मी हावापानी भएका ठाउँहरुमा यो फूल आक्रमक वनस्पतिको रुपमा फैलिन सक्छ ।

संसारको सबैभन्दा सानो चरा "हमिङ बर्ड" जयन्ती फूलप्रति एकदमै आकर्षित हुने भएकोले यस फूललाई Humming Bird Vine पनि भनिन्छ ।