सामग्रीमा जानुहोस्

अंकित बाबु अधिकारी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अंकित बाबु अधिकारी
व्यक्तिगत विवरण
जन्म (1991-01-22) २२ जनवरी १९९१ (उमेर ३५)
तुल्सिपुर, दाङ, देउखुरी
विधासुफी, अर्ध-शास्त्रीय संगीत, फ्युजन
पेशागायक, संगीतकार, गीतकार, लेखक
वाद्ययन्त्रगितार
सक्रिय वर्ष२०७० - हालसम्म
वेबसाइटankitbabuadhikari.com

अंकित बाबु अधिकारी (जन्म: २०४७ माघ ८) नेपाली लेखक तथा सङ्गीतकर्मी हुन्।[] उनको बहुचर्चित गैरआख्यान पुस्तक 'शेर्पा' अंग्रेजी, इटलियन र चेक भाषामा प्रकाशित छ।[][] उनको संगीत यात्रालाई लिएर द डिप्लोम्याट म्यागेजिनले उनलाई 'नेपालका कथावाचक गायक' भनेर उल्लेख गरेको छ।[]  

उनी अन्तर्राष्ट्रिय रूपमा चर्चित गैरआख्यान पुस्तक ‘शेर्पा: स्टोरीज अफ लाइफ एण्ड डेथ फ्रम द फर्गटन गार्डियन्स अफ एभरेस्ट’का सह-लेखक हुन्।[] ह्याचेट, यूकेले प्रकाशन गरेको यस पुस्तक बेलायतको प्रतिष्ठित ‘बोर्डमन टास्कर अवार्ड फर माउन्टेन लिटरेचर’ मा सर्टलिस्ट भएको थियो। नेपाल सरकारले उनलाई २०८२ सालमा तेन्जिङ-हिलारी पुरस्कारबाट सम्मानित गरेको थियो।[] विसं २०८१ मा अनलाइन खबरले अधिकारीलाई उक्त वर्षको नेपालका ४० वर्ष मुनिका ४० प्रभावशाली युवाहरूको सूचीमा समेटेको थियो। ‘नेपाली तारा’ साङ्गतिक कार्यक्रममा देखा परेसँगै व्यापक प्रशंसक बटुलेका अधिकारी गायक, सङ्गीतकार तथा गीतकार हुन।[] पत्रकारितातर्फ उनले विगतमा नेपालका अङ्ग्रेजी दैनिक पत्रिकाहरू द काठमान्डू पोस्ट र द हिमालयन टाइम्समा काम गर्नुका साथै अमेरिकी अखबर द वासिङ्टन पोस्टका लागि समेत रिपोर्टिङ गरेका छन्।

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]
  1. "About Me – Ankit" (en-USमा), अन्तिम पहुँच २०२६-०१-१९ 
  2. "नेपाली लेखकको ‘शेर्पा’ पुस्तक इटालियन भाषामा", ekantipur.com (नेपालीमा), अन्तिम पहुँच २०२६-०१-२३ 
  3. "शेर्पा पुस्तकका लेखकद्वय बस्याल र अधिकारीले पाए तेन्जिङ-हिलारी पुरस्कार", nepalkhabar (Nepaliमा), २०१९-०६-०३, अन्तिम पहुँच २०२६-०१-२३ 
  4. Arora, Vishal, "Nepal’s Singing Storyteller", thediplomat.com (en-USमा), अन्तिम पहुँच २०२६-०१-२३ 
  5. "शेर्पाका कथावाचक", Online Khabar (en-USमा), अन्तिम पहुँच २०२६-०१-१९ 
  6. "मिङ्मालाई सगरमाथा सम्मान, ‘शेर्पा’का लेखकसहित कीर्तिमानीहरूलाई तेञ्जिन हिलारी पुरस्कार", Online Khabar (en-USमा), अन्तिम पहुँच २०२६-०१-१९ 
  7. "Mountain Khabar‘के माया लाग्छ र ?’ र ‘तीनपाते’ को सफलतापछि गायक अंकित बाबु अधिकारीले ल्याए ‘याक्थुङ्मा कान्छी’", Mountain Khabar (en-USमा), २०२०-१०-२२, अन्तिम पहुँच २०२६-०१-१९ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]