अंजलि पाटिल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
अंजलि पाटिल
अंजलि पाटिल
जन्म (१९८७-०९-२६) २६ सेप्टेम्बर १९८७ (उमेर ३०)
नाशिक, महाराष्ट्र, भारत
राष्ट्रियता भारतीय
पेशा अभिनेत्री
कार्यकाल २०११ - वर्तमान

अंजलि पाटिल (जन्म: २६ सेप्टेम्बर १९८७) एक भारतीय चलचित्र अभिनेत्री हुन् । उनी हिन्दी चलचित्रहरूको साथसाथै मराठी, तेलुगु, मलयालम, कन्नड, सिंहली तथा अङ्ग्रेजी चलचित्रहरू पनि गरिसकेकी छिन् । उनले आफ्नो अभिनय यात्राको शुरुआत २०११ मा एक हिन्दी चलचित्र दिल्ली इन ए डे बाट गरेकी थिइन् । जसमा उनी रोहिणी नामक महिलाको भूमिका पुरा गरेकी थिइन् । उनलाई पहिलो पुरस्कार सन् २०१४ मा एक तेलुलु चलचित्र ना बंगारु तल्लीको लागि राष्ट्रिय चलचित्र पुरस्कार प्राप्त भएको थियो ।

निजी जीवन[सम्पादन गर्ने]

अंजलि पाटिलको जन्म एक मराठी परिवारमा भएको थियो र उनी नाशिकमा हुर्केकी हुन् । उनले चौध वर्षको उमेरमा अभिनय गर्ने निश्चय गरेकी थिइन् । यस कारण उनको माता-पिताले उनलाई अभिनयको शिक्षाको लागि सावित्रीबाई फुले पुणे विद्यापीठ पढाएका थिए ।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. Hungama, Bollywood (३० अक्टोबर २०१२), "Introducing Anjali Patil: Prakash Jha's Naxal firebrand - Bollywood Hungama", अभिगमन मिति १३ अक्टोबर २०१६ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]