अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)
सङ्क्षिप्त नामअखिल (क्रान्तिकरी) वा अनेरास्वोबियू (क्रान्तिकारी)
स्थापना स्थान2022
उद्देश्यराज्यले प्रदान गर्ने शिक्षा निःशुल्क, समान, माटो सुहाँदो र समाजवादी शिक्षा हुनु
मुख्यालयबागबजार, काठमाडौं
नेतारञ्जित तामाङ

अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन (क्रान्तिकारी) नेपालको एक बिद्यार्थी सङ्गठन हो । यसको स्थापना २०२२ जेठ महिनामा भएको थियो । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन र छोटकरी रुप अ.ने.रा.स्व.वि.यू. को नाममा स्थापना भएको सङ्गठनको मुलधार नै अहिलेको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) वा अनेरास्ववियु (क्रान्तिकारी) वा अखिल (क्रान्तिकारी) हो । हाल यो सङ्गठन ने.क.पा.माओवादी केन्द्र पार्टीको भातृ सङ्गठनको रूपमा रहेको छ । निनु चापागाईं, लिलामणि पोखरेल, गिरिराजमणि पोखरेल, टोप बहादुर रायमाझि, देव गुरुङ्ग, हितमान शाक्य, कृष्ण ध्वज खडका, देवेन्द्र पराजुली, लेखनाथ न्यौपाने, हिमाल शर्मा, सरद रसाइली र सुरेश गौतम यस सङ्गठनका अध्यक्ष रही सकेका छन l



सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]