अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)
सङ्क्षिप्त नामअखिल (क्रान्तिकरी) वा अनेरास्वोबियू (क्रान्तिकारी)
स्थान2022
लक्ष्यराज्यले प्रदान गर्ने शिक्षा निःशुल्क, समान, माटो सुहाँदो र समाजवादी शिक्षा हुनु
प्रधान कार्यालयबागबजार, काठमाडौँ
नेतारञ्जित तामाङ

"अखिल नेपाल राष्ट्रिय विद्यार्थी यूनियन (क्रान्तिकारी) नेपालको एक परिवर्तनकारी बिद्यार्थी सङ्गठन हो । यसको स्थापना २०२२ जेठ महिनामा भएको थियो जस्को पहिलो केन्द्रीय अध्यक्ष सुदन खरेल रहनु भएको थियो । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन र छोटकरी रुप अ.ने.रा.स्व.वि.यू. को नाममा स्थापना भएको सङ्गठनको मुलधार नै अहिलेको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) वा अनेरास्ववियू (क्रान्तिकारी) वा अखिल (क्रान्तिकारी) हो । हाल यो सङ्गठन नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको भातृ सङ्गठनको रूपमा रहेको छ । सुजन खरेल, विश्वकान्त मैनालि, गोबिन्दमान श्रेष्ट, मुकुन्द बहादुर श्रेष्ट, निरञ्जन चापागाईं, लिलामणि पोखरेल, गिरीराज मणि पोखरेल, टोप बहादुर रायमाझी, देव गुरुङ्ग, रमन श्रेष्ट, भानु शर्मा, हितमान शाक्य, कृष्ण ध्वज खडका, देवेन्द्र पराजुली, लेखनाथ न्यौपाने, हिमाल शर्मा, रमेश मल्ल र नरेन्द्र न्यौपाने सङ्गठनका अध्यक्ष रही सकेका छन l हाल २१ अौँ राष्ट्रिय सम्मेलनबाट यो संगठनको अध्यक्ष रन्जित तामाङ रहनु भएको छ ।


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]