सामग्रीमा जानुहोस्

अखिल भारतीय मुस्लिम लिग

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अखिल भारतीय मुस्लिम लिग
अध्यक्षहेर्नुहोस्अखिल भारतीय मुस्लिम लिगका अध्यक्षहरूको सूची
ऐतिहासिक अध्यक्षता गर्ने नेता(हरू)मोहम्मद अली जिनाह
आगा खाँ तृतीय
विकार उल मुल्क
हुसेन सहिद सुहरावर्दी
फिरोज खान नुन
ख्वजा नजिमुद्दीन
चौधरी खलिकुज्जमान
मोहम्मद अली बगुडा
सब्बिर अहमद उस्मानी
अबुल मन्सुर अहमद
इब्राहिम रहिमतोला
अब्दुर राब नस्तर
संस्थापकख्वाजा सलिमुल्लाह
स्थापना३० डिसेम्बर १९०६ (1906-12-30)
ढाका, बङ्गाली रियासत, बेलायती भारत
विघटन१५ डिसेम्बर १९४७[]
अग्रकालीनमुस्लिम लिग (पाकिस्तान)
इन्डियन युनियन मुस्लिग लिग
प्रमुख कार्यालयलखनऊ, संयुक्त प्रान्त, बेलायती भारत
समाचारपत्रडन
विद्यार्थी सङ्गठनअखिल भारतीय मुस्लिम विद्यार्थी महासङ्घ
अर्धसैनिक शाखामुस्लिम राष्ट्रिय सुरक्षा फौज[]
विचारधारापृथकतावाद[]
मुस्लिम राष्ट्रवाद
इस्लामिक आधुनिकतावाद[]
द्विराष्ट्र सिद्धान्त
गुटहरू:
रूढिवाद
इस्लामी समाजवाद
क्षेत्रीयतावाद
धर्मइस्लाम
अन्तर्राष्ट्रिय सम्बद्धताअखिल भारतीय मुस्लिम लिग (लन्डन अध्याय)
निर्वाचन चिह्न
तारा र अर्धचन्द्र
राजनीतिक दलको झन्डा

अखिल भारतीय मुस्लिम लिग (बङ्गाली: নিখিল ভারত মুসলিম লীগ) सन् १९०६ मा बेलायत शासित भारत (अहिले बङ्गलादेशमा)को बङ्गाल प्रेसिडेन्सीको ढाकामा स्थापना भएको एक राजनीतिक दल थियो जसको लक्ष्य भारतमा मुस्लिम हितको सुरक्षित गर्नु थियो। सुरुमा अन्तरधार्मिक एकताका साथ संयुक्त भारतको समर्थन गरे पनि, पछि मुस्लिम लिगले पाकिस्तान आन्दोलनको नेतृत्व गरेको थियो जहाँ यसले बेलायतीहरू भारतबाट बाहिरिएपछि छुट्टै मुस्लिम देशको आह्वान गरेको थियो।

यो पार्टी बेलायती भारतमा मुस्लिमहरूको राजनीतिक प्रतिनिधित्वको आवश्यकताबाट उत्पन्न भएको थियो, विशेष गरी सन् १९०५ मा बङ्गालको विभाजनको विरोधमा भारतीय राष्ट्रिय काङ्ग्रेसले प्रायोजित ठूलो हिन्दु विरोधको समयमा भएको थियो। सन् १९०६ मा ढाकाको अहसान मञ्जिल दरबारमा आयोजित अखिल भारतीय मुस्लिम शिक्षा सम्मेलनको वार्षिक बैठकमा, ढाकाका नवाब, ख्वाजा सलिमुल्लाहले बेलायती भारतमा मुस्लिमहरूको हितको रक्षा गर्ने खालको राजनीतिक दल सिर्जना गर्ने प्रस्ताव अगाडि सारेका थिए। उनले राजनीतिक दललाई 'अखिल भारतीय मुस्लिम लिग' नामकरण गर्न सुझाव दिएका थिए। सम्मेलनले यो प्रस्ताव सर्वसम्मतिले पारित गरेको थियो, जसले गर्दा ढाकामा अखिल भारतीय मुस्लिम लिगको आधिकारिक गठन भएको थियो। यो सन् १९३७ सम्म एक अभिजात वर्गको सङ्गठनको रूपमा रहेको थियो।[] मोहम्मद अली जिनाहको नेतृत्वले मुस्लिम जनतालाई परिचालन गर्न थालेको थियो, जसले लिगलाई एक लोकप्रिय सङ्गठनमा परिणत गरेको थियो।[][]

सन् १९४० को दशकमा मुस्लिम लिगले निर्णायक भूमिका खेलेको थियो, धार्मिक आधारमा भारतको विभाजन र सन् १९४७ मा मुस्लिम राज्यको रूपमा पाकिस्तानको निर्माणको पछाडि एक प्रेरक शक्ति बनेको थियो।[] भारतको विभाजनपाकिस्तानको स्थापना पछि, अखिल भारतीय मुस्लिम लिग औपचारिक रूपमा भारतमा विघटन भएको थियो। लिगलाई आधिकारिक रूपमा पाकिस्तान मुस्लिम लिगले उत्तराधिकारी बनाएको थियो, जुन अन्ततः धेरै राजनीतिक दलहरूमा विभाजित भएको थियो। अन्य समूहहरू एक सानो पार्टीमा गएका थिए जसको उपस्थिति मात्र भारतीय राज्य केरलमा थियो। बङ्गलादेशमा, मुस्लिम लिग सान् १९७६ मा पुनर्जीवित भएको थियो, तर यसको आकार ईटेको थियो, जसले गर्दा यसलाई राजनीतिक क्षेत्रमा महत्वहीन बएको थियो। भारतमा, इन्डियन युनियन मुस्लिम लिग भनिने एक छुट्टै स्वतन्त्र संस्था गठन गरिएको थियो, जसको आजसम्म पनि भारतीय संसदमा उपस्थिति रहेको छ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. The Muslim League: a progress report. himalmag.com. 1 February 1998.
  2. Sajjad, Mohammad (२०१४), Muslim Politics in Bihar: Changing Contours (अङ्ग्रेजीमा), Routledge, आइएसबिएन 9781317559818 
  3. Keen, Shirin (१९९८), "Partition of India" (अङ्ग्रेजीमा), Emory University, अन्तिम पहुँच ९ फेब्रुअरी २०१९ 
  4. "Atheist Fundamentalists", The Times of India 
  5. इस्लाम, सिराजुल; मियाँ, सजाहन; खानम, माहफुजा et al., सम्पादकहरू (२०१२), "Muslim League", बाङ्लापिडिया: बङ्गलादेशको राष्ट्रिय विश्वकोश (अनलाइन संस्करण), ढाका, बङ्गलादेश: बाङ्लापिडिया ट्रस्ट, बङ्गलादेश एसियाटिक सोसाइटी, आइएसबिएन 984-32-0576-6, ओएल OL30677644M, ओसिएलसी 52727562, अन्तिम पहुँच ५ डिसेम्बर २०२५ 
  6. Keay, John (२०००), India: A History, Atlantic Monthly Press, पृ: ४६८, आइएसबिएन 978-0-8021-3797-5 
  7. "Establishment of All India Muslim League", Story of Pakistan, जुन २००३, पृ: १, अन्तिम पहुँच १४ फेब्रुअरी २०१४ 
  8. Jalal, Ayesha (१९९४), The Sole Spokesman: Jinnah, the Muslim League, and the Demand for Pakistan, Cambridge University Press, पृ: ४, आइएसबिएन 978-0-521-45850-4 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]