अग्निस्थापना

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

हवन (होम) कहाँ र कसरी गर्ने ? भन्ने प्रश्नमा यहाँ र यसरी गर्ने भनी मार्गनिर्देशन गर्ने विधि विशेष सहित सबै किसिमका स्मार्त कर्महरूमा साधारण रूपबाट गरिने होम विधिलाई सामान्य होमविधि भनिन्छ । यसै अन्तर्गतको कुण्ड वा होमवेदी बनाएर त्यसमा अग्निको स्थापना गरी सामान्य रूपले होम गर्ने पद्धतिलाई अग्निस्थापना भनिन्छ । वैदिक धर्म अनुसारका विभिन्न पौष्टिक कर्महरू गर्दा अग्निस्थापनाको विधि अनुसार होम गर्ने प्रचलन छ । भूमिसंस्कार, समिधा संस्कार, अग्नि संस्कार आदि विभन्न संस्कारहरू गरे पश्चात् होम गर्ने गरिन्छ ।[१]


सन्दर्भ स्रोत[सम्पादन गर्ने]

  1. डा.पोखरेल, ऋषिराम र अन्य (२०६१) कर्मकाण्ड, भक्तपुर : शिक्षा तथा खेलकुद मन्त्रालय, पाठ्यक्रम विकास केन्द्र