सामग्रीमा जानुहोस्

अग्नि (देवता)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अग्नि
अग्निका देवता[][]
पञ्चभूतको सदस्य
आफ्नो वाहन भेडामा सवार अग्नि देव, उनको मुकुटबाट अग्निको ज्वाला निस्किएको देखिन्छ
अन्य नामहरूमातरिश्वन
आबद्धदेव, दिक्पाल
वासस्थानअग्निलोक
मन्त्रॐ अग्नि देवाय विद्महे जातवेदया धीमहि तन्नो अग्नि प्रचोदयात्
अस्त्रआग्नेयास्त्र
वाहनभेडा[]
वंशावली
अभिभावकहरू
रानीस्वाहा, स्वधा
सन्तानहरूपावक, पवमान, शुचि, निल, आग्नेया

अग्नि जसलाई अग्नि देव (संस्कृत: अग्नि देव, 'अग्नि देवता') पनि भनिन्छ, हिन्दु अग्निका देवता हुन्।[][][] दक्षिण-पूर्वी दिशाका संरक्षक देवताका रूपमा, उनी सामान्यतया हिन्दु मन्दिरहरूको दक्षिण-पूर्वी कुनामा अवस्थित हुन्छन्।[] हिन्दु धर्मको शास्त्रीय ब्रह्माण्ड विज्ञानमा, अग्नि पाँचवटा जड तत्त्वहरू (पञ्चमहाभूत) मध्ये एक हो। आकाश, जल, वायु र पृथ्वीसँग मिलेर यसले भौतिक जगत (प्रकृति) को निर्माण गर्दछ।[][][]

वेदहरूमा, अग्नि इन्द्रचन्द्रसँगै सबैभन्दा बढी पुजिने प्रमुख देवता हुन्।[][१०] अग्निलाई देवता र देवीहरूको मुख र हवन (यज्ञ) मा अर्पण गरिएको तत्वहरूलाई उनीहरूसम्म पुर्‍याउने माध्यम मानिन्छ।[][११][१२] प्राचीन हिन्दु ग्रन्थहरूमा उनलाई पृथ्वीमा आगोको रूपमा, वायुमण्डलमा बिजुलीको रूपमा र आकाशमा सूर्यको रूपमा गरी तीन तहमा अस्तित्व भएको परिकल्पना गरिएको छ। यो त्रिपक्षीय उपस्थितिले उनलाई वैदिक शास्त्रहरूमा देवता र मानिसहरूबीचको सन्देशवाहकको रूपमा स्थापित गरेको छ।[] उत्तर-वैदिक युगमा अग्निको सापेक्षिक महत्त्व केही कम भए तापनि,[१३] उपनिषद् र पछिल्ला हिन्दु साहित्यहरूमा उनलाई रूपकात्मक रूपमा सबै रूपान्तरणकारी ऊर्जा र ज्ञानको प्रतिनिधित्व गर्ने ऊर्जाको रूपमा लिइयो। अग्नि आज पनि हिन्दु परम्पराको अभिन्न अङ्ग हुन्। परम्परागत हिन्दु विवाहमा 'सप्तपदी' (सात पाइला र आपसी प्रतिज्ञा) को मुख्य साक्षीको रूपमा, व्रतबन्ध संस्कारमा, र दीपावली जस्ता चाडपर्वहरूमा दियो वा पूजामा गरिने आरतीको रूपमा उनलाई लिने गरिन्छ।[]

अग्नि बौद्ध ग्रन्थहरूमा पनि व्यापक रूपमा प्रयोग हुने शब्द हो।[१४] प्राचीन जैन धर्ममा, अग्नि (आगो) मा आत्मा हुने र आगो-काय भएका जीवहरूको अस्तित्व रहने विश्वास गरिन्छ।[१५] पुनर्जन्मको सिद्धान्तमा उनीहरूलाई 'अग्निकुमार' को रूपमा पनि चर्चा गरिएको छ।[१६] जैन ग्रन्थहरूमा यसका लागि समकक्ष शब्द 'तेजसको पनि प्रयोग गरिएको छ।[१७]

अग्निपाणि (१०० ईसापूर्व)
अगाडिको भाग
टाउकोको पछाडिको भाग (आगोको ज्वालासहित)
"अग्निपाणि" ("अग्नि धारण गर्ने"), १०० ईसापूर्व। यस मूर्तिको फेटाको पछाडि ज्वालाको आकारको प्रभामण्डल छ जसमा आगोका जिब्राहरू कुँदिएका छन्। मथुराको कला, मथुरा सङ्ग्रहालय[१८]

अग्नि देवको उत्पत्तिको बारेमा धेरै सिद्धान्तहरू छन्, जसमध्ये केहीले यसलाई भारोपेली पौराणिक कथासँग र केहीले हिन्दु पौराणिक कथासँग जोड्छन्।[१९][२०]

धेरै भारोपेली संस्कृतिहरूमा पाइने उत्पत्ति सम्बन्धी एउटा कथा अनुसार एउटा बाजले देवताहरूबाट मानिसहरूसम्म आगो ल्याउँछ। यो सन्देशवाहकले स्वर्गबाट पृथ्वीमा अमरत्वको अमृत पनि ल्याउँछ। दुवै अवस्थामा, बाज हरेक दिन देवताहरूका लागि बलि अर्पण लिएर फर्कन्छ, तर कहिलेकाहीँ बाज लुक्छ र स्वर्गमा हराउँछ। अग्नि पनि यस्तै पौराणिक विषयवस्तुहरूमा ढालिएका छन्, केही सूक्तहरूमा उनलाई "उडिरहेको स्वर्गीय बाज" वाक्यांशले सम्बोधन गरिएको छ।[२०][२१]

हिन्दु धर्मका वैदिक ग्रन्थहरूको सबैभन्दा पुरानो तह, जस्तै काठक संहिता (खण्ड ६.१) र मैत्रायणी संहिता (खण्ड १.८.१) मा ब्रह्माण्डको सुरुमा केही पनि थिएन, न रात थियो न दिन, केवल भगवान प्रजापति मात्र थिए भनी उल्लेख गरिएको छ।[१९] यी ग्रन्थहरूका अनुसार अग्निको उत्पत्ति प्रजापतिको निधारबाट भएको हो। अग्निको सिर्जनासँगै प्रकाश आयो, र त्यसबाट दिन र रातको सृष्टि भयो। यी संहिताहरूका अनुसार, अग्नि नै ब्रह्म, सत्य र प्रकट ब्रह्माण्डका आँखा हुन्।[१९] अग्निको उत्पत्तिका बारेमा यी पौराणिक कथाहरू पछि विकसित हुँदै 'तैत्तिरीय ब्राह्मण' (खण्ड २.१.२) र 'शतपथ ब्राह्मण' (खण्ड २.२.३–४) जस्ता पछिल्ला वैदिक ग्रन्थहरूमा थप जटिल कथाहरू बनेका छन्।[१९]

अग्निलाई सुरुमा "सृष्टिकर्ता-पालक-विनाशक" त्रयीको अन्तिम स्रोतको रूपमा परिकल्पना गरिएको थियो, र पछि पृथ्वीमा शासन गर्ने त्रिमूर्ति मध्ये एकको रूपमा लिइएको थियो। उनका जुम्ल्याहा भाइ इन्द्रले आँधीबेहरी, वर्षा र युद्धका देवताका रूपमा वायुमण्डलमा शासन गर्थे भने अर्का भाइ सूर्यले आकाशमा शासन गर्दथे।[१३][] हिन्दु विचारधारामा अग्निको स्थान र महत्त्व समयसँगै विकसित हुँदै गएको छ।[२३][]

शतपथ ब्राह्मणमा उल्लेख भए अनुसार यसअघि तीनवटा अग्निहरूको मृत्यु भइसकेको छ र वर्तमान अग्नि चौथो हुन्।[२६]

  1. सूर्य, बिजुली र आगो एउटै तत्त्व र सिद्धान्तका विभिन्न अभिव्यक्ति हुन् भन्ने वैदिक धारणालाई प्राचीन बृहद्देवता जस्ता धेरै हिन्दु ग्रन्थहरूमा संक्षेपमा प्रस्तुत गरिएको छ।[२२]
  2. जन गोन्डाका अनुसार हिन्दु धर्मको त्रिमूर्तिको अवधारणा "कुनै एक विशेष देवताको त्रिपक्षीय चरित्रको बारेमा गरिएका प्राचीन ब्रह्माण्ड सम्बन्धी र अनुष्ठानिक अड्कलबाजीबाट विकसित भएको देखिन्छ, जसमा पहिलो स्थानमा अग्नि पर्छन्, जसको जन्म तीन प्रकारको हुन्छ, जो तीन प्रकारको प्रकाश हुन् र जसका तीनवटा शरीर र तीनवटा स्थानहरू छन्"।[२४] प्रचलित "ब्रह्मा, विष्णु, शिव" बाहेक प्राचीन र मध्यकालीन हिन्दु ग्रन्थहरूमा उल्लेख गरिएका अन्य त्रिमूर्तिहरूमा "इन्द्र, विष्णु, ब्रह्मणस्पति"; "अग्नि, इन्द्र, सूर्य"; "अग्नि, वायु, आदित्य"; र "महालक्ष्मी, महासरस्वती र महाकाली" आदि पर्दछन्।[२४][२५]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Williams, George M. (२००८), Handbook of Hindu Mythology, Oxford University Press, पृ: ४८, आइएसबिएन 978-0-19-533261-2
  2. O'Flaherty, Wendy Doniger (१९९४), Hindu Myths, Penguin Books, पृ: ९७, आइएसबिएन 978-0-14-400011-1
  3. van der Geer, Alexandra Anna Enrica (२००८), Animals in Stone: Indian Mammals Sculptured Through Time, BRILL Academic, पृ: ३२४, आइएसबिएन 978-90-04-16819-0
  4. 1 2 Olivelle, Patrick (१९९८), The Early Upanishads: Annotated Text and Translation, Oxford University Press, पृ: १८, आइएसबिएन 978-0-19-535242-9
  5. 1 2 3 4 5 Lochtefeld, James G. (२००२), The Illustrated Encyclopedia of sanatan dharm (Hinduism) A–M, The Rosen Publishing Group, पृ: 14–15, आइएसबिएन 978-0-8239-3179-8
  6. Jamison, Stephanie W.; Brereton, Joel P. (२०१४), The Rigveda: 3-Volume Set, Oxford University Press, पृ: 40–41, आइएसबिएन 978-0-19-972078-1
  7. Kramrisch, Stella; Burnier, Raymond (१९७६), The Hindu Temple, Motilal Banarsidass, पृ: ९२, आइएसबिएन 978-81-208-0223-0
  8. Wynne, Alexander (२००७), The Origin of Buddhist Meditation, Routledge, पृ: 31–32, आइएसबिएन 978-1-134-09741-8
  9. Vatsyayan, Kapila (१९९५), Prakr̥ti: Vedic, Buddhist, and Jain traditions, Indira Gandhi National Centre for the Arts, पृ: 7, 94–95, आइएसबिएन 978-81-246-0038-2
  10. Cavendish, Richard (1998). Mythology, An Illustrated Encyclopedia of the Principal Myths and Religions of the World. आइएसबिएन १-८४०५६-०७०-३
  11. Payne, Richard (२०१५), Witzel, Michael, सम्पादक, Homa Variations: The study of ritual change across the longue durée, Oxford University Press, पृ: 1–3, आइएसबिएन 978-0-19-935158-9
  12. Michaels, Axel (२०१६), Homo Ritualis: Hindu hitual and its significance for ritual theory, Oxford University Press, पृ: 237–248, आइएसबिएन 978-0-19-026263-1
  13. 1 2 Williams, George M. (२००८), Handbook of Hindu Mythology, Oxford University Press, पृ: 48–51, आइएसबिएन 978-0-19-533261-2
  14. Davids, T.W. Rhys; Stede, William (१९०५), The Pali-English Dictionary, Asian Educational Services, पृ: 4–5, आइएसबिएन 978-81-206-1273-0
  15. Chapple, Christopher Key (२००६), Jainism and Ecology: Nonviolence in the Web of Life, Motilal Banarsidass, पृ: 31, 43–44, 56, 173–175, आइएसबिएन 978-81-208-2045-6
  16. von Glasenapp, Helmuth (१९९९), Jainism: An Indian Religion of Salvation, Motilal Banarsidass, पृ: 263–264, आइएसबिएन 978-81-208-1376-2
  17. Bäumer, Bettina; Vatsyayan, Kapila (१९८८), Kalatattvakosa: A Lexicon of Fundamental Concepts of the Indian Arts, Motilal Banarsidass, पृ: 226–227, आइएसबिएन 978-81-208-1402-8
  18. सन् २००७ को पुस्तकको पृष्ठ ३६६-३६७ मा चित्र ८६-८७ मा १०० ईसापूर्व भनी उल्लेख गरिएको छ: Quintanilla, Sonya Rhie (२००७), History of Early Stone Sculpture at Mathura: Ca. 150 BCE - 100 CE (अङ्ग्रेजीमा), BRILL, पृ: Fig.८६, p.३६६, आइएसबिएन 9789004155374
  19. 1 2 3 4 Bodewitz, H. W. (१९७६), The Daily Evening and Morning Offering (Agnihotra) According to the Brāhmanas, Motilal Banarsidass, पृ: 14–19, आइएसबिएन 978-81-208-1951-1
  20. 1 2 O'Flaherty, Wendy Doniger (१९९४), Hindu Myths, Penguin Books, पृ: 97–98, आइएसबिएन 978-0-14-400011-1
  21. Doniger, Wendy (१९८१), The Rig Veda: An Anthology: One Hundred and Eight Hymns, Selected, Translated and Annotated, Penguin Books, पृ: 80, 97, आइएसबिएन 978-0-14-044402-5
  22. Bäumer, Bettina; Vatsyayan, Kapila (१९८८), Kalatattvakosa: A Lexicon of Fundamental Concepts of the Indian Arts, Motilal Banarsidass, पृ: 225–226, आइएसबिएन 978-81-208-1402-8
  23. Daniélou, Alain (१९९१), The Myths and Gods of India: The Classic Work on Hindu Polytheism from the Princeton Bollingen Series, Inner Traditions, पृ: 106–107, आइएसबिएन 978-0-89281-354-4
  24. 1 2 Gonda, Jan (१९६९), "The Hindu Trinity", Anthropos, Bd 63/64 (H 1/2): 212–226, जेएसटिओआर 40457085
  25. White, David (२००६), Kiss of the Yogini, University of Chicago Press, पृ: 4, 29, आइएसबिएन 978-0-226-89484-3
  26. "Satapatha Brahmana Part 1 (SBE12)", sacred-texts.com, "First Kânda: I, 2, 3. Third Brâhmana"