अग्नी प्रसाद सापकोटा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
अग्नि प्रसाद सापकोटा
Agni Prasad Sapkota
Agni Spkta.jpg
अग्नि प्रसाद सापकोटा
सूचना तथा सञ्चार मन्त्रालय
कार्यकाल
मे २०११ – जुलाई २०११
राष्ट्रपतिरामवरण यादव
अग्रजकृष्णबहादुर महरा
उतराधिकारीपोष्टबहादुर बोगटी
व्यक्तिगत विवरण
जन्म (१९५८-०३-०७) ७ मार्च १९५८ (उमेर ६१)
कुबिन्दे, सिन्धुपाल्चोक जिल्ला, नेपाल
राजनीतिक पार्टीनेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
जीवन साथी(हरू)तारा देवी सापकोटा
अल्मा माटरत्रिभुवन विश्वविद्यालय

सिन्धुपाल्चोक २ बाट निर्वाचित एकीकृत नेकपा माओवादीका संविधान सभा सदस्य अग्निप्रसाद सापकोटा उक्त पार्टीका केन्द्रीय सदस्य पनि हुन्। संविधान सभा निर्वाचनमा आफ्ना प्रतिश्प्रधीलाई धेरै मतान्तरले जित्ने १० जनामा मध्ये सापकोटा एक हुन्। उनी सिन्धुपाल्चोक जिल्लाको कुभिन्डेमा २०१६ फागुन २४ गते धनपति र तीलमाया सापकोटाको कोखबाट जन्मेका थिए। पूर्व शिक्षक सापकोटाले समाजशास्त्रमा स्नातकोत्तर तहसम्म अध्ययन गरेकाछन्।

२०३० सालमा विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा थालेका सापकोटा २०५१ सालमा पार्टीको केन्द्रीय सदस्य बनेका थिए। माओवादी सरकारबीच भएको दोस्रो वार्तामा वार्ता टोलीका सदस्य सापकोटाले १५ वर्ष सम्म शिक्षण पेशा अपनाएका थिए।

सिन्धुपाल्चोक जिल्लाको जनजागृति माविका पूर्व प्रधानाध्यापक सापकोटाले शिक्षण पेशा छोडेर पूर्णकालीन राजनीतिक कार्यकर्ता बनेका थिए। २०४८ सालमा संयुक्त जनमोर्चा नेपालको तर्फबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिए पनि त्यतिबेला उनी पराजित भए। सापकोटाकी श्रीमती तारादेवी पनि माओवादीको क्षेत्रीय सदस्य हुन्।[१]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

ढाँचा:Commons Category