अच्युतरमण अधिकारी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


अच्युतरमण अधिकारी (वि. सं. २००८ - ) साहित्यकार हुन्।

जीवनी[सम्पादन गर्ने]

अच्युतमरणको जन्म वि. सं. २००८, वैशाख ५ गते खोटाङको डुम्रेमा भएको हो। उनका पिताको नाम मित्रनाथ उपाध्याय र माताको नाम दुर्गादेवी अधिकारी हो।

अधिकारीले नेपालीमा एम्. ए. गरेका छन्। उनी कलेजस्तरको नेपाली प्राध्यापनमा छन्।

अधिकारी साहित्यिक पत्रकार संघका सभापति र नेपाल साहित्यकार संसद्का सदस्य रहे।

कृति[सम्पादन गर्ने]

लेख, समालोचना आदिमा कलम चलाउने अच्युतका प्रकाशित कृतिहरूः

  • नेपाली रचनात्मक मूल्याङ्कन (वि.सं. २०४६, नेपाली त्रैमासिक पूर्णाङ्क १-१०० अङ्कसम्मको समीक्षा)
  • विवेचनै-विवेचना (समालोचनासँग्रह, वि. सं. २०४५)

सम्पादित, अनूदित र फुटकर कृति[सम्पादन गर्ने]

  • उन्नयन (त्रैमासिक, सम्पादन)
  • पीपल (वार्षिक, सम्पादन)
  • नेपाल (वार्षिक, सम्पादन)
  • सिर्जना (त्रैमासिक, सम्पादन
  • कस्तुरी (सम्पादन)
  • विभिन्न पत्रपत्रिकाहरूमा कविता, निबन्ध, लेख, समालोचना आदि प्रकाशित

पुरस्कार[सम्पादन गर्ने]

बाहिरी लिङ्कहरू[सम्पादन गर्ने]