अञ्जना
| अञ्जना | |
|---|---|
बालक हनुमानका साथमा अञ्जना (कांस्य मूर्ति – पल्लव काल) | |
| आबद्ध | अप्सरा, वानर |
| धर्मग्रन्थहरू | रामायण र यसका अन्य संस्करणहरू |
| वंशावली | |
| जीवनसाथी | केसरी |
| सन्तानहरू | हनुमान |
अञ्जना (जसलाई अञ्जनी र अञ्जली पनि भनिन्छ), हिन्दु धर्मग्रन्थ रामायण का प्रमुख पात्रहरूमध्ये एक हनुमानकी आमा हुन्।[१] उक्त ग्रन्थका अनुसार उनी किष्किन्धाकी निवासी हुन्।[२]
अञ्जना वानर राजा केसरीकी पत्नीका साथै हनुमान , मतिमान , श्रुतिमान , गतिमान , धृतिमान र केतुमान की माता हुन्। उनी पूर्वजन्ममा देवराज इन्द्रको एक अप्सरा पुञ्जिकथला थिइन् जसले श्राप पाएर वानर जातिमा जन्म लिएर वानरसँगै विवाह गर्नु परेको थियो। अञ्जनालाई महादेवको भक्त मानिन्छ।
पौराणिक कथा
[सम्पादन गर्नुहोस्]एक पौराणिक कथा अनुसार, अञ्जना पुञ्जिकस्थला नामकी एक अप्सरा हुन् जो वृहस्पतिको श्रापका कारण पृथ्वीमा वानर राजकुमारीको रूपमा जन्मिएकी हुन्छिन्।[३] अञ्जनाको विवाह केसरीसँग हुन्छ जो एक शक्तिशाली वानर, वृहस्पतिका पुत्र र मेरु पर्वतका शासक हुन्।[४]
अञ्जना हनुमानकी आमा हुन्। अञ्जनाको पुत्र भएकाले हनुमानलाई अञ्जनेय वा अञ्जनायर पनि भनिन्छ। हनुमानको जन्मका बारेमा धेरै पौराणिक कथाहरू प्रचलित छन्। एकनाथको 'भावार्थ रामायण'का (१६औँ शताब्दी) अनुसार, अञ्जनाले भगवान शिवको आराधना गर्दै गर्दा अयोध्याका राजा दशरथ सन्तान प्राप्तिका लागि पुत्रकामेष्टि यज्ञ गरिरहेका हन्छन्। फलस्वरूप, उनले आफ्ना तीन रानीहरूलाई बाँड्नका लागि केही पवित्र खीर (पायसम) प्राप्त गर्छन् जसबाट राम, लक्ष्मण, भरत र शत्रुघ्नको जन्म हुन्छ। दैवी विधान अनुसार, एउटा चीलले खीरको एक अंश खोसेर लगी अञ्जना शिवको पूजामा मग्न रहेको जङ्गलमा उड्दै गर्दा त्यसलाई खसालिदिन्छ। हिन्दु देवता वायुले उक्त खसिरहेको खीरलाई अञ्जनाको फैलाइएको हातमा पुर्याइदिन्छन् र अञ्जनाले उक्त त्यसलाई खान्छिन्। यसकै फलस्वरूप हनुमानको जन्म हुन्छ।[५] अञ्जना र केसरीले वायुलाई आफ्नो सन्तानको रूपमा प्राप्त गर्न घोर तपस्या गरेका हुन्छन्। उनीहरूको भक्तिबाट प्रसन्न भई वायुले उनीहरूले मागेको वरदान दिन्छन्।[६][७]
पूजा अर्चना
[सम्पादन गर्नुहोस्]हिमाचल प्रदेशमा देवी अञ्जनालाई कुलदेवीको रूपमा पूजा गरिन्छ। धर्मशाला नजिकै 'मसरर'मा उनको एउटा मन्दिर छ। श्री अञ्जना कुनै समय त्यहाँ आएर केही समय बसेकी थिइन् भन्ने जनविश्वास रहेको छ। उनको इच्छा विपरीत, एक स्थानीय व्यक्तिले उनको वास्तविक पहिचान अन्य गाउँलेहरूलाई बताइदिन्छन्। उनले चाँडै सो ठाउँ छोडिन्, तर जानुअघि उनले ती गाउँलेलाई ढुङ्गामा परिणत गराएको मानिन्छ जुन आज पनि उनको मन्दिर बाहिर अवस्थित छ। उनको वाहन बिच्छी भएकाले बिच्छीले टोकेका भक्तजनहरूले अञ्जनाको पूजा गर्ने गर्दछन्।[८]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ www.wisdomlib.org (२००९-०४-११), "Anjana, Añjana, Anjanā, Añjanā, Āñjana, Amjana: 48 definitions", www.wisdomlib.org (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-११-२३।
- ↑ www.wisdomlib.org (२०१९-०१-२८), "Story of Añjanā", www.wisdomlib.org (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-११-२३।
- ↑ Saran, Renu (२०१४-१०-२९), Veer Hanuman: Gods & Goddesses in India (अङ्ग्रेजीमा), Diamond Pocket Books Pvt Ltd, आइएसबिएन 9798128819628।
- ↑ Bahadur, K. P. (१९७६), Selections from Ramacandrika of Kesavadasa, Delhi: Motilal Banarsidass, पृ: 22।
- ↑ Malagi, Shivakumar G. (२०१८-१२-२०), "At Hampi, fervour peaks at Hanuman's birthplace", Deccan Chronicle (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-०८-०६।
- ↑ Pollet, Gilbert (जनवरी १९९५), Indian Epic Values: Ramayana and Its Impact: Proceedings of the 8th International Ramayana Conference, Leuven, 6–8 July 1991 (Orientalia Lovaniensia Analecta), Peeters, आइएसबिएन 978-90-6831-701-5।
- ↑ Gopal, Madan (१९९०), K.S. Gautam, सम्पादक, India through the ages, Publication Division, Ministry of Information and Broadcasting, Government of India, पृ: ६८।
- ↑ "Anjana Devi | Devi", Hindu Scriptures | Vedic lifestyle, Scriptures, Vedas, Upanishads, Itihaas, Smrutis, Sanskrit. (अङ्ग्रेजीमा), २०२०-०३-१८, अन्तिम पहुँच २०२०-०८-०६।