अञ्जनीकुमार शर्मा
![]() | यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकीकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) यो लेख जुन २०११ मिति देखि यो अवस्थामा रहेको छ। |
डा. अञ्जनीकुमार शर्मा ढकाल नेपालका पहिलो र्सजन (शल्यक्रियाका चिकित्सक) र पहिलो क्यान्सररोग विशेषज्ञ हुनुहुन्छ। उहाँको जन्म सन् १९३२ जून ७ तारिखमा सिराहा जिल्लाको भलुवाहीमा भएको हो। डा. शर्माका पिताको नाम भवबिनोद र माताको नाम चुनुदेवी हो। उहाँ माहिलो छोरा हो।
विज्ञानमा आइएबराबर पढेपछि उहाँले कोलकाता मेडिकल कलेजबाट एमबी र बीएस गर्नुभयो। दरभंगा मेडिकल कलेजबाट एमए सक्नुभयो। बेलायतको रोयल कलेज अफ र्सजन्सबाट 'एफआरसिएस्' गर्नुभयो। त्यसपछि अमेरिकाबाट एफआइसिएस र एफएसियस गर्नुभयो। सबै पर्ढाई डाक्टरीसम्बन्धी हुन्।
उहाँले राजा महेन्द्रका पालामा राजपरिवारका सदस्यको स्वास्थ्य हेर्ने मौका पाउनुभयो। काठमाडौंको वीर अस्पताल, विरानगरको कोशी अञ्चल अस्पताल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, नेपाल मेडिकल कलेज आदिमा रहेर असंख्य बिरामीको उपचार गर्नुभयो। अहिले भक्तपुर क्यान्सर अस्पतालमा सेवारत हुनुहुन्छ। गोर्खा दक्षिणबाहुजस्ता पुरस्कार पाएका शर्माले डाक्टरहरूकै विभिन्न संस्थामा रहेर काम गर्नुभएको छ।
उहाँका विभिन्न पत्रिका तथा जर्नलमा विभिन्न लेख प्रकाशित छन्। उहाँले तयार पारेको 'प्रिन्सिपल अफ र्सजरी फर नर्सेज' पुस्तकको चौथो संस्करण आएको छ। उहाँले आफ्नो गाउँमा स्वास्थ्य र शिक्षाका लागि केही काम पनि गर्नुभएको छ। देशका विभिन्न भाग र थुप्रै विदेश यात्राको अनुभव पनि छ।