अण्डाशयको क्यान्सर
| अण्डाशयको क्यान्सर | |
|---|---|
| अण्डाशयको क्यान्सर | |
| विभाग: | क्यान्सरविज्ञान, प्रसूतिविज्ञान, स्त्री रोग |
| लक्षणहरू: | पेट फुल्ने, दुखाइ, भोक न लाग्ने |
| लक्षण सुरुवात: | साधारण रोगको पहिचानको उमेर ६३ वर्ष |
| जोखिम: | निसन्तान महिला, रजोनिवृत्ति पछिको हार्मोन थेरेपी, प्रजनन क्षमता वृद्धि गराउने औषधिको सेवन, मोटोपन, वंशाणुगत |
| पहिचान विधि: | ऊतक बायोप्सी |
| उपचार: | शल्यक्रिया, विकिरण चिकित्सा, किमोथेरेपी |
| निदान प्रकृया: | रोग लागेको पाँच वर्षसम्म जीवित रहने दर लगभग ४९ प्रतिशत (अमेरिका) |
| आवृत्ति: | १२ लाख (सन् २०१५) |
अण्डाशयको क्यान्सर वा डिम्बाशयको क्यान्सर (अङ्ग्रेजीः Ovarian cancer) एक यस्तो क्यान्सर हो जसले डिम्बाशयलाई सङ्क्रमित पार्दछ।[१] यो अण्डाशयको क्यान्सरयुक्त ट्युमर हो जुन अण्डाबाट नै उत्पन्न हुन सक्छ वा प्रायः नजिकैका संरचनाहरू जस्तै डिम्बबाहिनी नलीहरू वा पेटका आन्तरिक अङ्गहरूबाट पनि उत्पन्न हुन्छ।[२][३] यो क्यान्सरले शरीरका अन्य भागमा आक्रमण गर्ने वा फैलन सक्ने क्षमता राख्दछ भने जब यो प्रक्रिया सुरु हुन्छ तब त्यसबाट अस्पष्ट लक्षणहरू वा लक्षणहरू नदेखिने पनि हुन सक्दछ।[४] शरीरको कुनै भाग क्यान्सरले प्रभावित हुँदाको अवस्थामा भने केही लक्षणहरू देखा पर्दछन्।[५] यसका सामान्य लक्षणहरूमा; दुखाइ, पेट फुल्ने र भोक लाग्न कमी हुने जस्ता प्रक्रियाहरू समावेश हुन्छन्। यो क्यान्सर शरीरको अन्य भाग जस्तैः पेटको सतह र कलेजोसम्म पनि फैलन सक्छ।[६]
जुन महिलाहरूले जीवनकालमा बढी अण्डाणु उत्पादन गर्छन् उनीहरूको अण्डाशयको क्यान्सरको जोखिम बढी हुन्छ जान्छ।[७] यसमा सन्तान नभएका, कम उमेरमा बच्चा जन्माउनेहरू र अर्धवैँशे उमेरमा रजोनिवृत्तिमा पुग्ने महिलाहरू समावेश छन्।[८] रजोनिवृत्ति, प्रजनन् उपचारका लागि औषधिहरूको सेवन र मोटोपनको कारण हार्मोन थेरापी लिनु जस्ता कार्यहरूले पनि जोखिमलाई थप बढाएको देखिन्छ। हार्मोनल जन्मनिरोध, स्त्री नसबन्दी शल्यक्रिया र स्तनपान गर्नाले रोगका जोखिमहरू कम हुने गर्दछन्।[९][१०]
जोखिमका कारणहरू
[सम्पादन गर्नुहोस्]अण्डाशयको क्यान्सर विकास हुने जोखिम बढाउन सक्ने धेरै ज्ञात जोखिम कारकहरू छन्। अण्डाशय क्यान्सरको जोखिम महिलाले ओभुलेट (ovulate) वा डिम्बाशयबाट अण्डा निस्काष्ण गर्ने समयको मात्रासँग सम्बन्धित हुन्छ। महिलाले अनुभव गर्ने "ओभुलेटरी चक्र" को संख्या बढाउने कारकहरूले अण्डाशय क्यान्सरको जोखिम बढाउन सक्छन्। ओभुलेशनको समयमा, कोषहरू विभाजन गर्न उत्प्रेरित हुन्छन्। यदि यो विभाजन असामान्य रूपमा नियन्त्रण गरिन्छन् भने, ट्यूमर बन्न सक्छ जसले दुष्ट (malignant) स्वरूप लिन सक्छ। प्रारम्भिक मासिक धर्म (Early menarche) र ढिलो रजोनिवृत्ति (late menopause) महिलाको जीवनकालमा अनुभव गर्ने ओभुलेटरी चक्रको संख्या बढाउँछन् र यसले अण्डाशय क्यान्सरको जोखिम बढाउँछ। किनभने गर्भावस्थामा ओभुलेशन रोकिएको हुन्छ, त्यसैले बच्चा नभएकी महिलाहरूमा अण्डाशय क्यान्सरको जोखिम पनि बढ्छ। यसर्थ, बच्चा नपाएको महिलामा अण्डाशय क्यान्सरको जोखिम बच्चा भएका महिलाको तुलना मा दुई गुणा हुन्छ। मोटोपना र हर्मोन रिप्लेसमेन्ट थेरापी (hormone replacement therapy) पनि जोखिम बढाउँछन्।
अण्डाशय क्यान्सरको जोखिम कम हुने कारकहरूमा कम मासिक धर्म चक्र, मासिक धर्म नभएको, स्तनपान, मौखिक गर्भनिरोधक प्रयोग (oral contraceptives), धेरै गर्भधारण, र प्रारम्भिक उमेरमा गर्भधारण हुनु समावेश छन्। अण्डाशय क्यान्सरको जोखिम कम हुने महिलाहरूमा ट्यूबल लिगेशन (tubal ligation, अर्थात् “ट्यूब बाँध्नु”), दुवै अण्डाशयको हटाउनु, वा गर्भाशय हटाउने शल्यक्रिया (hysterectomy) गरिएका छन्।[27] उमेर पनि जोखिम कारक हो। अनुवांशिक नभएका कारकहरू जस्तै मधुमेह, उच्च शरीर मास सूचकांक (high BMI), र धूम्रपान पनि अण्डाशय क्यान्सरको जोखिम बढाउने कारक हुन्।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ WHO Classification of Tumours Editorial Board, सम्पादक (२०२०), "1. Tumours of the ovary: introduction", Female genital tumours: WHO Classification of Tumours 4 (5th संस्करण), Lyon (France): International Agency for Research on Cancer, पृ: 32–35, आइएसबिएन 978-92-832-4504-9।
- ↑ "Future Screening Prospects for Ovarian Cancer", Cancers 13 (15): 3840, जुलाई २०२१, डिओआई:10.3390/cancers13153840, पिएमआइडी 34359740, पिएमसी 8345180।
- ↑ "Basic Information About Ovarian Cancer", Centers for Disease Control and Prevention, २४ अक्टोबर २०२३, मूलबाट १२ अगस्ट २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ अगस्ट २०२४।
- ↑ "What is Ovarian Cancer | Ovarian Tumors and Cysts", www.cancer.org, अन्तिम पहुँच २ नोभेम्बर २०२२।
- ↑ "Defining Cancer", National Cancer Institute, १७ सेप्टेम्बर २००७, मूलबाट २५ जुन २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच १० जुन २०१४।
- ↑ "A Systematic Review of Symptoms for the Diagnosis of Ovarian Cancer", American Journal of Preventive Medicine 50 (3): 384–394, मार्च २०१६, डिओआई:10.1016/j.amepre.2015.09.023, पिएमआइडी 26541098।
- ↑ "Ovarian Cancer Risk Factors", www.cancer.org, अन्तिम पहुँच २ नोभेम्बर २०२२।
- ↑ "189. Gynaecologic cancers: ovarian cancer", Goldman-Cecil Medicine 1 (26th संस्करण), Philadelphia: Elsevier, २०२०, पृ: 1332–5, आइएसबिएन 978-0-323-55087-1।
- ↑ "Ovarian Cancer Prevention", NCI, ६ डिसेम्बर २०१३, मूलबाट ६ जुलाई २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच १ जुलाई २०१४।
- ↑ "Ovarian Cancer Prevention", NCI, २० जुन २०१४, मूलबाट ६ जुलाई २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच १ जुलाई २०१४।