अद्वैत वेदान्त

मेरो स्वभाव सदैव मुक्त छ!
म आत्मा हुँ, सर्वोच्च निरुपाधिक ब्रह्म।
म शुद्ध चेतना हुँ, सधैँ अद्वैत।" आदि शङ्कराचार्य, उपदेशसाहस्री ११.७[१]
अद्वैत वेदान्त हिन्दु धर्मको ब्राह्मणवादी पाठकीय व्याख्या र दर्शनको एउटा परम्परा हो। यो एक संन्यासी संस्थागत परम्परा पनि हो जुन नाममात्रको रूपमा दशनामी सम्प्रदायसँग सम्बन्धित छ भने यो स्मार्त परम्पराद्वारा प्रचारित छ। जीवात्मा (अनुभव गर्ने व्यक्तिगत स्व), अन्ततः शुद्ध चेतना हो जसलाई गल्तीवश शरीर, यसका इन्द्रियहरू[२] र विचार-निर्मितिहरूसँग पहिचान गरिन्छ भन्नु यसको प्रमुख सिद्धान्त हो। [३] यो आत्मन्/ब्रह्म वा सत्य (सर्वोच्च स्व वा परम सत्य) भन्दा भिन्न छैन।[४][५][६] 'अद्वैत' शब्दको शाब्दिक अर्थ "दुई नभएको"[७][८] वा "दोस्रो नभएको एक"[८] भन्ने हुन्छ जसलाई थप रूपमा ब्रह्म (त्यो 'एक') मात्र अन्ततः सत्य हो भने प्रपञ्च (त्यो 'दोस्रो', 'संसार' वा विचार-निर्मितिहरूको बहुलता) पूर्ण रूपमा सत्य होइन भनेर व्याख्या गरिन्छ।
[९] यसलाई सामान्यतया "अद्वैतवाद"को रूपमा अनुवाद गरी [१०][११] र लोकप्रिय रूपमा आत्मा ब्रह्मभन्दा भिन्न छैन भन्ने अर्थमा व्याख्या गरिन्छ भने यसलाई प्रायः यसलाई एकात्मवादसँग तुलना गरिन्छ। अद्वैत वेदान्त एक हिन्दु साधना, आध्यात्मिक अनुशासन र अनुभवको मार्ग पनि हो। ब्रह्मको ज्ञान प्राप्त गरेर दृश्य संसारको भ्रमलाई पहिचान गरि शरीर-मन तथा 'कर्तापन' को धारणाबाट अलग भएपछि मोक्ष प्राप्ति हुन्छ भनेर यस सिद्धान्तले भनेको छ।[१२][१३] यस प्रक्रियामा आफ्नो साँचो पहिचान आत्मन्/ब्रह्म, स्वयं-प्रकाशित जागरूकता वा साक्षी-चेतना हो भन्ने ज्ञान प्राप्त गरिन्छ।[१४] यो ज्ञान तत्त्वमसि ("तिमी त्यही हौ") जस्ता उपनिषद्का महावाक्यहरू मार्फत प्राप्त हुन्छ, जसले जीवात्मा र अमर ब्रह्म बीचको अभेदता प्रकट गरी आफ्नो साँचो पहिचान सम्बन्धी अज्ञानता (अविद्या) लाई नष्ट गर्दछ।
अद्वैत वेदान्त परम्पराले अस्तित्वका दुई समान आधारभूत सिद्धान्तका रूपमा रहेका 'पुरुष' (शुद्ध चेतना) र 'प्रकृति' (प्रकृति, जसमा पदार्थका साथै सङ्ज्ञान र भावना पनि समावेश हुन्छन्) बीचको साङ्ख्य-द्वैतवादलाई परिमार्जन गर्दछ।[१५][१६] यसको सट्टा यसले केवल आत्मन्/ब्रह्म (चेतना, पुरुष) मात्र अन्ततः सत्य हो र यो अपरिवर्तनीय भएतापनि[१७] यो नै क्षणभङ्गुर दृश्य जगत्को (प्रकृति) कारण र उत्पत्ति हो भन्ने प्रस्ताव गर्दछ। यस दृष्टिकोणमा जीवात्मा भनेको अनेकौँ आभासी व्यक्तिगत शरीरहरूमा अद्वितीय आत्मन्को एउटा प्रतिबिम्ब वा सीमा मात्र हो।[१८] यसले भौतिक संसारलाई एक भ्रमपूर्ण उपस्थिति (माया) वा "ब्रह्मको एक असत्य अभिव्यक्ति (विवर्त)"को रूपमा मान्दछ।[१९] पछिल्लो धारणा १३औँ शताब्दीका विवरण सम्प्रदायका विद्वान् प्रकाशात्मन्द्वारा प्रस्तावित गरिएको थियो।[२०]
पारम्परिक हिन्दु मूल्य-मान्यता र आध्यात्मिकताको एक आदर्श रक्षकको रूपमा शङ्कराचार्यको प्रमुखता शताब्दीयौँ पछि मात्र देखिन थालेको थियो। यसको सुरुवात १४औँ शताब्दीमा विजयनगर साम्राज्यको समयमा शृङ्गेरी मठ र त्यसका जगद्गुरु विद्यारण्य (माधव, १४ औँ शताब्दी) को उदयसँगै भएको थियो। आदि शङ्कराचार्यले स्वयम् योग लाई अङ्गीकार नगरेतापनि,[२१] त्यस समयसम्म अद्वैत परम्पराले मनलाई शान्त पार्न र ज्ञान प्राप्त गर्नका लागि योगिक समाधिलाई एक माध्यमका रूपमा स्वीकार गरिसकेको थियो। यसले स्पष्ट रूपमा योगिक परम्परा र योग वासिष्ठ तथा भागवत पुराण जस्ता ग्रन्थहरूका तत्वहरूलाई आत्मसात् गरेको थियो।[२२] यसको चरमोत्कर्ष स्वामी विवेकानन्दको समयमा भएको थियो जसले योगिक समाधिलाई अद्वैत ज्ञान र मुक्तिको माध्यमको रूपमा पूर्ण रूपमा अपनाए र यसको प्रचार गरेका थिए।[२३][२४] १९औँ शताब्दीमा विद्यारण्यको सर्वदर्शनसङ्ग्रहको प्रभावका कारण,[२५] पाश्चात्य विद्वानहरूद्वारा अद्वैत वेदान्तको महत्त्वलाई अत्यधिक जोड दिइएको थियो।[२६] सङ्ख्यात्मक रूपमा ईश्वरवादी भक्ति-उन्मुख धार्मिकताको प्रधानता भएतापनि अद्वैत वेदान्तलाई हिन्दु आध्यात्मिकताको प्रमुख उदाहरणका रूपमा हेरिन थालिएको थियो।[२७][२८][२६] आधुनिक समयमा, अद्वैतका विचारहरू विभिन्न नव-वेदान्त आन्दोलनहरूमा देखा पर्दछन्।[२९]
टिप्पणीहरू
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Comans 2000, पृष्ठ 183.
- ↑ Tattvabodha 33, International Vedanta Mission
- ↑ Volker 2023, पृष्ठ 52, 57.
- ↑ Menon 2012.
- ↑ Deutsch 1973, पृष्ठ 3, note 2; p.54.
- ↑ Koller 2013, पृष्ठ. 100–101.
- ↑ Grimes 1996, पृष्ठ 15.
- 1 2 Katz 2007.
- ↑ Volker 2023, पृष्ठ 52.
- ↑ Deutsch 1988, पृष्ठ 3.
- ↑ Milne 1997.
- ↑ Sharma 1995, पृष्ठ. 8–14, 31–34, 44–45, 176–178.
- ↑ Fost 1998, पृष्ठ. 387–405.
- ↑ Lipner 2000, पृष्ठ 60.
- ↑ Deutsch & Dalvi 2004, पृष्ठ 8.
- ↑ King 1995, पृष्ठ 77.
- ↑ King 1995, पृष्ठ 78.
- ↑ Indich 2000, पृष्ठ 50.
- ↑ Nicholson 2010, पृष्ठ 27.
- ↑ Mayeda 2006, पृष्ठ. 25–27.
- ↑ Fiordalis 2021, पृष्ठ 24, note 12.
- ↑ Madaio 2017, पृष्ठ. 4–5.
- ↑ Rambachan 1994.
- ↑ Nicholson 2010.
- ↑ Nicholson 2010, पृष्ठ. 160.
- 1 2 Suthren Hirst 2005, पृष्ठ 3.
- ↑ Sharma 2006, पृष्ठ 38–43, 68–75.
- ↑ King 2013, पृष्ठ 128–132.
- ↑ King 2002, पृष्ठ. 119–133.