अद्वैत संस्था
Jump to navigation
Jump to search
![]() | यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकीकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) यो लेख जुन २०११ मिति देखि यो अवस्थामा रहेको छ। |
हिन्दुत्वका आदर्श र मान्यताहरूको संरक्षण र संवर्द्धनमा प्रयत्नरत संस्थाहरूमध्ये अद्वैत संस्था पनि एक हो। वि.सं. २०२३ साल असार २६ गते गुरुदेव डा. क्षितीशचन्द्र चक्रवर्तीद्वारा यस संस्थाको स्थापना काठमाडौंमा भएको हो। अद्वैत संस्थाको काठमाडौंमा केन्द्रीय कार्यालय छ भने रिडी, देवघाट र जनकपुरमा आचार्यपीठ छन्। समग्रमा अद्वैत संस्थालाई कुशलतापूर्वक सञ्चालन गर्ने जिम्मेवारी वर्तमान कुलपति प्रताप चक्रवर्तीमा छ। उनी क्षितीशचन्द्र चक्रवर्तीका छोरा हुन्।