अध्यात्मिक ज्ञान

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

आध्यात्मिकअध्यात्मिक ज्ञान[सम्पादन गर्ने]


आध्यात्मिकता कुनै धर्म होइन अर्थात् जुन कुनै धर्म मानेर वा त्यसमा लागेर मानिस आध्यात्मिक बन्ने होइन । यसरी त उ कुनै पनि प्रकारको धर्म मान्ने धार्मिक बन्न सक्छ आध्यात्मिक होइन । आध्यात्मिकता त छुट्टै प्राकृतिक नियम हो । यो कुनै रुढीवादी चिन्तन वा धर्म होइन । "म को हु ? मैले के गर्नुपर्छ? " भन्ने जानकारी प्राप्त गर्नु, अर्थात् म आत्मा हु , आत्मा न त जन्मिन्छ न त मर्छ , शरिर परिवर्तनशील र मरणशील छ, आत्माले बिभिन्न शरिरहरू परिवर्तन गरिरहन्छ , शरिर नष्ट भएपछि पनि आत्माको अस्तित्व रहिनै रहन्छ, म एक आत्मा ईश्वर (परमात्मा)को अंश हु, मेरो यात्रा ईश्वर (परमात्मा) सम्म हो, गन्तव्य ईश्वर हो, त्यही नै मोक्ष हो भन्ने ग्यान नै आध्यात्मिक ग्यान हो । वेद,गीता आदिले यिनै कुराहरूको ग्यान सिकाउँछन् । यसर्थ जीवात्माको शाश्वत स्वरुपको ग्यान नै आध्यात्मिक ग्यान हो । कुनै देश, समुदाय, वर्ग वा जाती बिशेषले मान्ने धर्म भन्दा फरक ग्यान हो आध्यात्मिकता । आत्मानुभूति भए पश्चात मानिस नकारात्मक हुनै सक्दैन । खराब गुणहरू आत्मग्यानीको नजिक पर्नै सक्दैनन् । चरित्र स्वत निर्माण हुदै जान्छ, मानिस सुखी आनन्दित हुदै जान्छ । यही आनन्द प्राप्ति गर्नु नै मानव जीवनको उद्देश्य हो र आनन्द नै भगवान ( ईश्वर ) हो ।

आनन्द आध्यात्मिक ग्यानसंग समानुपातिक हुन्छ । अर्थात् जुन अनुपातमा आध्यात्मिक ग्यान बढ्दै जान्छ त्यही अनुपातमा बढीआनन्द को महसुस हुदै जान्छ । आध्यात्मिकता सकारात्मकतासंग समानुपातिक हुन्छ । अर्थात् आध्यात्मिक ग्यान प्राप्त गर्न सकारात्मक बन्नै पर्ने हुन्छ । दुख नकारात्मकतासंग समानुपातिक हुन्छ । जतिजति नकारात्मकता बढ्दै जान्छ उतिउति नै दुःख थपिदै जान्छ । चित्त परमार्थसंग व्युतक्रमानुपाती हुन्छ । चित्तको पिछा गर्दै गए संसारिक रंगमञ्चमा रूमलिन्छ भने परामार्थको मार्गमा चल्यो भने परमात्मा ( ईश्वर )को प्राप्ति हुन्छ । त्यस्तै अनासक्त बनि कर्म गर्नु भनेको स्वतन्त्र बन्नु हो । कर्मको बन्धनबाट मुक्त हुनु हो । कर्मलाई ईश्वरमा अर्पण गरेपछि सम्पूर्ण कुराहरू स्वयम् ईश्वरमय बनिहाल्छन् ।

रिस मानिसको ठूलो शत्रु हो । रिस किन उठ्छ ? कसरी जन्मन्छ? यसको बिउ के हो ? रिसको बिउ ईच्छा हो । ईच्छाबाट नै रिसको जन्म हुन्छ । ईच्छाएको पुगेन भने रिस उठ्छ । मनका ईच्छा पुरा भएपछि खुशी हुने र पुरा नभए दुःखी हुने तथा रिस उठ्ने हुन्छ । मनमा ईच्छा नै छैन अर्थात् मन खाली छ भने नत खुसी नत रिस दुवै हुदैन । यो नै आध्यात्मिक आनन्द हो । भौतिक अर्थात् संसारिक ईच्छा त कहिल्यै पनि पुरा हुदैनन् । एक पछि अर्को ईच्छाको जन्म भैरहन्छ । गुणोत्तर श्रेणीमा ईच्छाहरू बढ्दै जान्छन् । मानिस ईच्छाहरू पुरा नभईकन मृत्युको शिकार बन्न पुग्छ । आनन्द ईच्छासंग व्युतक्रमानुपाती हुन्छ । अर्थात् ईच्छाहरू घट्दै जाँदा आनन्द बढ्दै जान्छ । जब ईच्छाहरू घट्दै गएर सून्य हुन्छ तब पूर्णानन्द अर्थात् परमानन्द भैहाल्छ ।

रिसको बिउ ईच्छा हो । ईच्छाबाट नै रिसको जन्म हुन्छ । ईच्छाएको पुगेन भने रिस उठ्छ । मनका ईच्छा पुरा भएपछि खुशी हुने र पुरा नभए दुःखी हुने तथा रिस उठ्ने हुन्छ । मनमा ईच्छा नै छैन अर्थात् मन खाली छ भने नत खुसी नत रिस दुवै हुदैन । यो नै आध्यात्मिक आनन्द हो । भौतिक अर्थात् संसारिक ईच्छा त कहिल्यै पनि पुरा हुदैनन् । एक पछि अर्को ईच्छाको जन्म भैरहन्छ । गुणोत्तर श्रेणीमा ईच्छाहरू बढ्दै जान्छन् । मानिस ईच्छाहरू पुरा नभईकन मृत्युको शिकार बन्न पुग्छ । आनन्द ईच्छासंग व्युतक्रमानुपाती हुन्छ । अर्थात् ईच्छाहरू घट्दै जाँदा आनन्द बढ्दै जान्छ । जब ईच्छाहरू घट्दै गएर सून्य हुन्छ तब पूर्णानन्द अर्थात् परमानन्द भैहाल्छ ।

मानिसका मनमा अरूलाई भन्न नसकिने तथा पुरा गर्न नसकिने ईच्छाहरू खचाखच बसेका हुन्छन् । ती ईच्छाहरू पुरा हुन नसक्दा रिस उठ्छ । यसकै कारण मानिसको मन अशान्त एवम् दुखी हुन थाल्छ । तसर्थ कुनै पनि कुराको ईच्छा (चाहना) राख्नु भन्दा पहिले सकारात्मक भै धेरै पटक सोच्नु पर्ने हुन्छ । ब्यक्त गर्न नसकिने तथा कार्यन्वयन गर्न नसकिने ईच्छाहरू नगर्दा मन शान्त एवम् सुखी हुन्छ । जसरी कम्प्युटरमा जम्मा भएका तथा राखिएका अनावश्यक फाइलहरु हटाउँदा कम्प्युटर अरू राम्रोसँग चल्ने हुन्छ । ठीक त्यस्तै ब्यक्त गर्न नसकिने तथा कार्यन्वयन गर्न नसकिने ईच्छाहरू जम्मा नगर्दा मन हलुका र शान्त हुन्छ । गुण्टा हलुङ्गो भयो भने यात्रा आरामदायी भए जस्तै मनले धेरै ईच्छाहरूको भारी बोकेको छैन अर्थात् मन हलुङ्गो छ भने जीवन यात्रा आनन्दमय हुन्छ ।

रिस जन्माउने ईच्छा भए जस्तै ईच्छा जन्माउने हाम्रै पाच ग्यानेन्द्रिहरू हुन् ।

क) आखा :- आखाले देख्न हेर्न चाहेको कुरा पुरा हुन सकेन , देखेको कुरा प्राप्त गर्ने ईच्छा पुरा भएन रिस उठ्छ ।

ख) नाक :- नाकले सुगन्ध मात्र ईच्छा गर्छ , नपाएको खण्डमा रिस उठ्छ ।

ग) कान :- कानले आफूलाई मनपर्ने कुरा, गाना, संगीत तथा प्रिय ध्वनि मात्र सुन्न चाहन्छ , नपाउदा रिस उठ्छ ।

घ) मुख :- मुखले सधै स्वादिष्ट भोजनको ईच्छा गर्छ , नपाउँदा रिस उठ्छ ।

ङ) छाला :- छालाले हमेसा स्पर्शबाट आनन्द मात्रको ईच्छा राख्छ , पुरा नहुँदा रिस उठ्छ ।

हामीलाई आफ्नो गन्तव्य सम्म पुर्याउन सहयोग गर्ने, जन्मसंगै आएका , ईश्वर प्रदत्त सम्पत्ति यी पाँच ग्यानेन्द्रिहरूलाई सकारात्मक सोचको बृद्धि गर्ने कार्यमा लगाई सदुपयोग गर्नु पर्दछ ।

मननशील भएकै कारणले मानिसलाई मानव भनिएको हो । यसबाट यो बिस्वास गर्न सकिन्छ कि बुद्धिलाई पवित्र बनाउने मुख्य साधन मनन हो । जतिजति हामी सत्कर्म र सद्विचारको मनन गर्दछौ उतिउति नै हामीमा मानसिक स्थिरताको साथसाथै सत्कर्म तथा सद्विचारमा अनुराग बढ्दै जान्छ ।

हामीले धारण गरिरहेको यो शरिर भौतिक हो । यो पञ्च तत्वबाट बनेको छ । यसलाई स्वस्थ तथा तन्दुरुस्त राख्न खाना चाहिन्छ । शरिर हामीलाई आफ्नो गन्तव्य सम्म पुर्याउने माध्यम हो । तसर्थ यसको उपयुक्त पोषण गर्नको निमित्त सात्विक भोजन आबश्यक हुन्छ । खाना बाँच्नका लागि खानुपर्छ । तर खानको लागि बाच्नेले जे पनि खान्छन् र त्यस प्रकारका मानिस आफूमा सकारात्मक सोंचको विकास गर्न नसक्ने हुन्छन् । यो दुनियाका अधिकास मानिसहरु खान नपाएर भन्दा शरिरलाई चाहिने भन्दा बढी भोजन गरेर अल्प आयु मै मृत्यु वरण गर्न पुग्छन् ।

यो संसारका सम्पूर्ण प्राणीहरू मरणशील छन् । त्यसैले त यस संसारलाई मर्त्यलोक पनि भनिन्छ । धन सम्पति, युवा अवस्था, पत्नी र सन्तान सबै अनिश्चित छन् । समयको गतिमा यी सबै छ्यणभरमै नष्ट हुन सक्छन् । यस संसारमा जोसुकैले जतिसुकै धन आर्जन गरे पनि मृत्यु पस्चात आफ्नो साथमा न केही लिएर जान सक्छ नत जिउँदै छदा सुनको रोटी र नोटको सब्जी नै खान सक्छ । उक्त सम्पती उसले कसरी कमाएको हो सोही अनुसारको फल भोग्नु पर्ने भएकाले पाप या पूण्य मात्रै उसको साथमा जान्छ र त्यो नै अर्को जन्मको उसकै प्रारब्ध बन्दछ

(वासना + बन्धन + कर्म फलको प्रभाव ) विहिन, निरासक्त , निराश्रित , नि:सङ्ग भै ईश्वर (परमेश्वर , परमात्मा, परब्रह्म ) मा लिन हुनु मोक्ष हो । मोक्ष प्राप्त भए पश्चात आवागमन अर्थात् जन्म मृत्युको चक्रबाट मुक्ति मिल्छ ।

आत्मा र परमात्माको एकीकृत आध्यात्मिक साम्राज्यमा रमाउनको लागि पवित्रता र चित्तको एकाग्रता नभई नहुने पूर्वाधार हुन् । हाम्रो शरीर उपासना एवम् आराधनाका विधिहरुद्वारा ईश्वरीय शक्ति आर्जन गर्ने सर्वोत्कृष्ट साधन हो । हाम्रो जीवनले प्राप्त गर्ने सम्पूर्ण सकारात्मक परिणामहरू, हाम्रो मनभित्र पैदा हुने राम्रा बिचारहरु तथा सबै राम्रा नतिजाका फलहरू यीनै त हुन हामीले महसुस गर्न सकिने ईश्वरीय प्रभावहरू ।

ईश्वर पाउनको लागि हामीलाई प्रसस्तै खर्चको आबश्यकता पर्दैन । धन खर्च गरेर पनि पाउन नसकिने पवित्र मन नै ईश्वरलाई चढाउने अनमोल चिज हो । पवित्र हृदयवालाले ईश्वरलाई पात, फूल, फल,जल जे उपलब्ध हुन्छ त्यही मात्र चढाउँदा पनि ईश्वर प्रशन्न हुन्छन् । आस्थावान मानिसहरुले छोटो समयमै ईश्वरको अनुभूति गर्न सक्छन् । ईश्वर विनाको न कुनै स्थान हुन्छ न त कुनै हृदय नै । हरेक प्राणीको हृदयमा ईश्वरको बास हुन्छ । ईश्वर हामीसँगै छन् । आस्थावान एवम् श्रद्धावानहरूले सजिलै ईश्वरको अनुभूति गर्न सक्छन् । काम, क्रोध, लोभ, मोह, मद र मात्सर्यले ईश्वर प्राप्तिको मार्ग नै अबरुद्ध गरिदिन्छन् । आत्मतत्व, आत्मा, चैतन्य, जीव, ब्रह्म वा ईश्वर भन्नुको तात्पर्य एउटै हो । आफूमा हरेकलाई र हरेकमा आफूलाई देख्न यदि सक्छौ भने ईश्वरलाई भेटियो भन्ने ठाने हुन्छ । हामीले आफूलाई चिन्न सक्यौ भने ईश्वरलाई भेटिन्छ । हामीमा अन्तर्निहित आत्मतत्व नै ईश्वर हो । पवित्र हृदयवालाले मात्र आत्मतत्व चिन्न वा जान्न सक्छन् । ईश्वरलाई प्राप्त गर्न धनवान, बिद्वान, बलवान तथा चलाख हुनु जरूरी छैन। सिधासाधा, भोलाभाला, पवित्र एवम् सरल स्वभावका मानिसहरू ईश्वरका झनै प्रिय हुन्छन् । मानवसंग दानवीय ब्यवहार गर्ने तर ईश्वरको खोजी गर्न अन्यत्र भौतारिदै हिड्नु कस्तुरी मृगले आफ्नै नाभीमा भएको कस्तुरीलाई जान्न नसके जस्तै हो । ईश्वर हामीसँगै छन् ,उनलाई खोज्न कहीँकतै धाउनु पर्दैन । प्राणीहरूसंग कठोर ब्यवहार गर्ने अनि ईश्वर खोज्न अन्यत्र भौतारिदै हिडेर कहिल्यै पनि ईश्वर पाउन सकिदैन । दिनदुखीलाई सहयोग गर्नु तथा सबै प्राणी प्रति दया एवम् सद्भाव राख्नु र आफ्नो मन ईश्वरमा अर्पण गर्नु नै ईश्वर प्राप्तिमा लाग्नु हो । यस्तो पवित्र मनमा ईश्वर स्वयम् विराजमान हुन्छन् ।

योगको वास्तविक अर्थ नै भगवानसँग आफूलाई जोड्नु हो । अर्थात् जीव र जिवात्माको मिलन हो । यसलाई यसरी पनि भन्न सकिन्छ, आत्मा र परमात्माको मिलन नै योग हो । कुनै पनि ब्यक्ति यदि भगवानसँग जोडिएको छ भने उसले कुनै पनि प्रकारको वरदानको चाहना राख्दैन । वरदानको अर्थ संसारीक सुख सयल , धन सम्पत्ति र भोग विलास जस्ता ईन्द्रियहरूको तृप्तिसंग सम्बन्धित वस्तुहरुको प्राप्ति हुने भएकाले ध्रुवले भगवानबाट कुनै पनि कुरा वरदान स्वरूप लिन चाहेनन् ।

स्वप्नमा देखिने वस्तुहरुसंग हाम्रो कुनै सम्बन्ध नभए जस्तै आत्माको पनि इहलौकिक वस्तुहरुसंग कुनै प्रकारको सम्बन्ध हुदैन । सारहीन र नासवान वस्तुलाई आफ्नो ठान्नु माया अर्थात् भ्रम मात्रै हो भन्ने जानि जब आत्मा माया वा भ्रमको पर्दा च्यातेर यो त्रिगुणमयी संसारीक मोहबाट पर हुन्छ, तब त्यो आफैंमा रमाएर आत्माराम बन्दछ । तत्पश्चात आत्मा (जीव) ममत्वको भाव त्यागेर लौकिक पदार्थहरू देखि उदासीन बन्दछ ।

ग्यानको सहि प्रयोजनबाट नै उपलब्धिका अनेकौ खुट्किला उक्लन सकिन्छ । नकारात्मक अतिरञ्जित कल्पना तथा अनुभूतिलाई मिल्काएर आफूलाई सकारात्मक बनाइ चुनौतीहरुसंग आइलाग्ने एवम् अप्ठ्याराहरुसंग हार नमान्ने संस्कार बसाल्न सकेमा कुनै पनि समस्याहरु आफू भन्दा अग्ला लाग्दैनन् र हुदैनन् पनि । यस्तै संस्कार भएकाले हिम्मतका साथ आफ्नो काम आफै गर्छन् , उसका लागि तमाम प्रगतिका ढोकाहरु आफै खुल्छन् र राम्रा एवम् उन्नत अवधारणाहरू उसका मनमस्तिष्कमा स्वत: मौलाएर आउँछन् । अधर्मले ग्यान, शक्ति र मति नष्ट भ्रष्ट हुन्छ । नकारात्मक स्वभावले सकारात्मक सोच तथा बिचारलाई हुर्कन दिदैन । नकारात्मकताले हाम्रो अगाडि बिभिन्न खाले ब्यबधानहरू तेर्स्याउने काम गर्छ । हरेक वस्तु तथा अवस्थालाई सकारात्मक कोणबाट हेर्न तथा सोच्न थाल्नासाथ त्यस्ता बाधाब्यबधानहरू भाग्दै गएको महसुस हुन थाल्छ । सधै सकारात्मक रहनु तथा बनिरहनु , आफूमा भएको बिचार, बुद्धि र विवेकलाई उन्नत गराउदै सकारात्मक सोंचकासाथ आफ्नो कार्यमा अघि बढ्नु नै उत्तरोत्तर प्रगतीको बाटोमा लम्कनु हो । आफूलाई सकारात्मक एवम् बौद्धिक सोच मार्फत परिष्कृत गर्दै जानु, ईश्वरीय शक्तिप्रति अगाध आस्था, विश्वास र श्रद्धा भावले अविचलित बनिराख्नु र संसारीक जीवनका मूल्य मान्यता तथा ब्यबहारलाई ईश्वरीय प्रसादका रुपमा ग्रहण गर्दै ईश्वरप्रति समर्पित बन्ने प्रयासमा लाग्नु नै यो मानवीय जीवनलाई उपलब्धिमूलक बनाउनु हो ।

ईश्वरबाट असिमित छ्यमताहरको बरदान पाएर यस संसारिक यात्रामा उत्रिएको मानिसले आफ्नो कोसिस जारी राखेमा ऊ कहि पनि पुग्न र सफल बन्न अबस्य सक्छ । सिक्न चाहनेहरुका लागि उसको उमेर बाधक हुदैन र सिक्नका लागि ढिलो पनि कहिल्यै हुँदैन । "छिन् गरे ग्यान, कण गरे धन " भन्ने कहावत छ । समय र सम्पत्तिको उचित सम्मान र सदुपयोग गर्दै कोसिस जारी राखेमा हरेक काममा सफल हुन सकिन्छ ।

सबैले आफ्नो कर्मको भोग गर्नु पर्ने हुन्छ । अर्काले सुखी वा दुखी गराउला भन्ने भ्रम मात्रै हो । इच्छा होस वा नहोस् कर्मको फल भोग्नु नै पर्छ कसैले कुनै पनि हालतमा टार्न सक्दैन । परोपकारबाट नै मानिसको कर्म सुध्रिन्छ र यसैलाई सत्कर्म भनिन्छ । पूर्वकर्मको फल नै हालको भोगाई हो । अरूलाई दुःख दिई आर्जन गरेको धन स्वप्न जस्तै हो जसलाई वास्तवमा उसले भोग गर्न पाउँदैन । बोली सधै साचो, प्रिय र हितकारी होस्, कर्म सधै असल होस्, खानू खुवाउनु जस्ले स्वास्थ्यको लागि हानिकारक नहोस, जे जति उपलब्ध हुन्छ बाडेर खानु खवाउनु यसै गरी यस लोकको यात्रा गर्दा पून्य आर्जन आफसेआफ हुन्छ । यस लोकको यात्रा सम्पन्न भए पश्चात आफू संग जाने त केवल पून्य वा पाप मात्रै हो । संसारीक बिषय वस्तुहरुमा वैराग्य अर्थात् अनाशक्त भै ईश्वरीय चिन्तन गर्नु नै इहलौकिक दुखबाट छुट्कारा लिनु हो ।

"हरेक दिन जीवनको अन्तिम दिन हो " भन्ने ब्रह्मग्यानलाई हृदयङ्गम गरी हरेक दिन यथासक्य राम्रो काम गर्नु र गर्दै जानु पर्छ । जीवन यात्रामा अघि बढ्ने क्रममा बिभिन्न प्रकारका बिघ्नबाधाहरू हाम्रो अगाडि आइनैरहन्छन् । तिबाट पार हुन अर्थात् तिनलाई छिचोल्नको निमित्त नया तरिका अपनाउन जरुरी हुन्छ । मानिस मात्र हैन संसारका सबै प्राणीले जीवन जिउने क्रममा बारम्बार बिभिन्न समस्याहरुसंग जुध्नुपर्ने अर्थात् अनेकौ कठिनाईहरूको सामाना गर्नुपर्ने हुन्छ । प्रत्येक प्राणीलाई आत्मरक्षाको निम्ति कुनै न कुनै हतियार उपलब्ध छन् । ईश्वरको असिम कृपा प्राप्त मानिसलाई दिइएको सर्बोत्कृष्ट हतियार "सोच" हो । मानिसको शारीरिक शक्ति सिमित हुदाहुदै पनि उसका सोचको उचित उपयोगले ब्यापक कार्यछेत्रमा अघि बढ्नका लागि असंख्य सम्भावनाहरु खुल्छन् । यो सोचरूपी बलबान हतियार केवल मानिससँग मात्र छ । यही सोच्ने शक्तिले बिबिध कार्यछेत्रको सिर्जना गर्दछ । यहि सोच मार्फत अघि बढ्नाले विशाल सम्भावनाका ढोका खुल्छन् र यही सोचले नै एकदिन सफलताको शिखर चुम्न सफल बनाउछ ।

अधिकांश मानिसहरुलाई आफैले आफ्नै मनमस्तिष्कले जन्माएका बिघ्नबाधाहरूसंग लड्दै जीवन ब्यतित भएको थाहै हुन्न । सानो नै किन नहोस्, आफूमा भएको सीप तथा ग्यानको लगानी गरेर आफ्नो देश र समाजलाई सेवा पुर्‍याउनु, प्रेरणाको श्रोत बन्नु, आम मानिसको मार्ग दर्शक बन्नु अर्थात् समान समस्या भोगिरहेका मानिस बिच पुगी समाधानका उपाय सिकाउनु र समाधान गराउन प्रयत्नशील हुनु मै आफ्नो जीवनको सार्थकता रहेको ठान्दछु । खुशी यो एउटा यस्तो चिज हो जसलाई यसको चाहना राख्ने प्रत्येक ब्यक्तिले आफ्नै हातबाट पक्रन जरूरी छ अर्थात् अन्य ब्यक्तिमा निर्भर नभई आफूभित्र अन्तर्निहित गुणलाई मानवोचित स्तरमा उकास्न अत्यावश्यक हुन्छ । जागरुक एवम् चेतनशील बनि कमसल र खराबीबाट पनि असल वस्तु खोज्ने ग्यान राख्न सकेको खण्डमा हामीले समृद्धिको मार्ग खोल्न सक्छौ । यथासक्य परिश्रम, अनुशासन, उदेश्य प्राप्तिका लागि अथक प्रयास र साथसाथै ग्यान तथा जिज्ञासाको निरन्तर बढोत्तरी जस्ता वस्तु प्रत्येक आत्मनिर्भर ब्यक्तिका निम्ति आबश्यक कुरा हुन् । असल ब्यक्तिको परिचय गलत सन्देशहरु प्रवाह नगर्नु, त्यस्ता सन्देश प्रवाहलाई रोक्नु र गलत तत्वबाट जोगाउन सधै प्रयत्नशील बन्नु यही त होला असल ब्यक्तिको परिचय । आफ्नो उद्देश्य पूरा गर्ने तथा सफलता हासिल गर्ने क्रममा निरन्तर प्रयास गरिरहदा हरेक ब्यक्तिले अरुको खुशी तथा सुख शान्तीको पनि उत्तिकै हेक्का राखेको हुनुपर्छ । आफूले चाहेका सम्पूर्ण वस्तुहरू प्राप्त होस् भनी अति महत्त्वाकांक्षी इच्छा राख्नुको सट्टा ब्यक्तिले यो दुर्लभ मानव चोला पाएर जीवन जिउने क्रममा ससाना कार्यहरु गरेरै भए पनि अरूसँग खुशी बाडेर बाच्ने इच्छा राख्नु पर्छ ।

सत्य सत्य नै हो भने तथ्य तथ्य नै हो । सत्य सधै सत्य नै रहन्छ । झुटो टिक्दैन सत्य डग्दैन । असत्य अर्थात् बिभिन्न खाले आलोचना, आक्रमण र अपराध जस्ता झुटोपन तथा गल्तीको परिणाम अन्तत पतनतिरै सोझिएर जान्छ । यसले छ्यय गराउदै बिनाससम्म नै पुर्याउछ । जबकि सत्य सधै कुनै पनि आलोचना र तिखो टिका टिप्पणीलाई झेल्दै त्यसकै सामुन्नेबाट डटेरै अघि बढिरहन्छ । सत्यको अबलम्बन तथा सदाचारले जीवनमा अघि बढ्न मार्ग प्रशस्त गरिदिन्छ र उच्चतम प्रगति हासिल गर्न त्यो सशक्त एवम् प्रेरक शक्ति बन्न पुग्छ । काम, क्रोध, लोभ, मोह, मद र मात्सर्य यि छ वटा मानिसका शत्रु हुन् । यिनको फन्दामा परेको ब्यक्ति कहिल्यै पनि उकालो लाग्न सक्दैन । जो अरूलाई सताउछ, त्यो आफ्नो क्रुर कर्मका फलले स्वयं सताइन्छ । अपवित्र अवस्थामा चित्त शुद्ध हुदैन, चित्त शुद्ध नभै ध्यान स्थिर रहन्न । विना ध्यानको श्रद्धा हुन्न । विना श्रद्धाको पूण्य प्राप्त हुदैन, बरू समय र सामग्रीको बर्बादीरूप पाप मात्र मिल्छ । तसर्थ तन तथा मन दुबै पवित्र बनाउनु नै आत्म कल्याण तथा परमार्थको बाटोमा अघि बढ्नु हो । अर्काको डाह गर्ने मान्छे डाहले आफै जल्छ र केही गर्न नसकेर दरिद्री हुन्छ । दरिद्री भएकोमा दुःखी हुन्छ । यही त हो नारकीय यातना । सयौं रोगको एउटै उपचार प्रसन्नता हो । जो कोही पनि सम्पन्न छ तर प्रसन्न छैन भने त्यसका सम्पूर्ण चीज ब्यर्थ छन् ।

मानव जीवन अमूल्य छ । यस जिवनलाई रावणले जसरी भोग विलासमा नबिताइ राजा जनकले जस्तै परोपकारमा बिताउनु पर्छ । सबै धर्मका मानिसहरुको शारीरिक रचनामा फरक छैन । तत्व ग्यानको अभाव ले हामी बिभिन्न धर्ममा बिभाजित भएका हौ । मानव जन्ममा गरिएको साधना तथा भक्ति अनुसार जिव माथिका देवलोकहरूमा जान्छ र आफ्नो पूण्य समाप्त भए पछि पुनः यस संसारमा संस्कारवश जन्म लिन्छ । अहिले मानिसलाई जे जति कुरा प्राप्त भएका छन् ति पूर्व जन्म जन्मान्तरमा गरिएका पुण्य तथा पापको फल हो । आध्यामिक ग्यान बिना मानव जीवन अधूरो हुन्छ । धन सम्पत्ति जतिसुकै होस तापनि उसले आफ्नो जीवनमा कुनै न कुनै कुराको कमी महसुस गरिरहेको हुन्छ। यसको पूर्तिका लागि उसले अनेकौं उपायहरु अवलम्बन गर्छ। तिनबाट उसले केही समय त आनन्द प्राप्त गर्ला तर उसको पुरै जीवन आनन्दित हुन सक्दैन। ईश्वरीय चिन्तन बिना संसारीक भौतिक सुविधाले त मानिसमा झन मानसिक पिडा थुपार्दछ। वास्तवमा त्यो कमी भनेकै ईश्वरीय चिन्तन अर्थात् परमात्माको भक्ति हो र यो नै आत्मकल्याणको लागि निर्बिकल्प उपाय हो।

जीवात्माको कल्याणको लागि गरिने परमार्थ कर्म नै सर्वोत्तम सेवा हो । जीवात्माको कल्याणको निमित्त कुनैपनि काम नगरी अधिकांश मानिसहरु मरुभूमिको मृग जसरी दौड्दा दौड्दै मृत्यूको शिकार हुन्छन्। गीता एवम् वेदहरूको ग्यान कुनै धर्म बिशेषका लागि नभै केवल मानव मात्रको लागि हो । आफ्नो मनलाई एकाग्र बनाइराख्नु, कर्तव्यनिष्ठ भै आफ्नो राष्ट्र, समाज र परम्पराप्रति सद्भाव राख्नु तथा सत्कर्मप्रति बफादार रहनु नै हाम्रो वैदिक दर्शनको मुख्य आशय हो । सकारात्मक धारणा राख्दै सरल जीवन शैली अपनाई बाँच्नु नै जीवनलाई निस्चिन्तता तर्फ डोर्याउनु हो । घरको कसिङ्गर एवं माकुराको जालो बढारेर फ्याके जस्तै गरी आफ्नो मन मस्तिष्कमा उब्जेका नकारात्मक सोचहरुलाई निमिट्यान्न पारि सदा खोलाको पानी जस्तै निर्मल र पारदर्शी भै बाच्नु नै सुखी , शान्त र पवित्र जीवन जिउनु हो। सत्य कुरा यो हो कि हामी सबै ईश्वरका सन्तान हौ । ईश्वरले सधै हामीलाई मद्दत गरिरहेका हुन्छन् । तर यदि हामीले निराशा र दुखकै छनोट गर्दछौ भने स्वयम् ईश्वरले पनि हामीलाई मद्दत गर्न सक्दैनन् । किनभने यो हाम्रो आफ्नै निजी कित्तामा पर्दछ । तसर्थ हामी सबैले आफ्नो खुसीको बाटो आफै छनोट गर्नु पर्दछ । फेरि पनि ध्यान दिनु पर्ने कुरा के हो भने ईश्वरले हामीलाई समाधान गर्नै नसक्ने समस्याहरु दिदैनन् । हामी माथि जतिपनि समस्याहरु थुप्रिएका छन् र तिनको समाधान गर्न हामीले आफूलाई असमर्थ ठान्ने जुन भ्रम पालेका छौ । तर ईश्वरका नजरमा भने ति समस्याहरु समाधान गर्न सक्ने उपयुक्त पात्र हामी नै हुन्छौ ।

परापूर्वकालदेखि नै जुन ब्यक्तिको बिचार जस्तो छ, उ त्यही नै बन्छ भन्ने कुरा बिश्वास गरिदै आएको छ । हुन पनि ब्यक्तिले आफ्नो बारेमा जे सोच्छ, उसले त्यस्तै ब्यवहार गर्छ । अर्थात् उक्त ब्यक्ति उसकै सोचाइको प्रतिविम्ब बन्छ । यसर्थ हाम्रो सोचले हाम्रो निर्माण गर्छ अर्थात् कस्तो मानिस बन्ने भन्ने कुरा हाम्रै सोचाइमा निर्भर रहेको हुन्छ । ब्यक्तिले हासिल गरेको शैक्षिक प्रमाणपत्र, पद तथा ओहदा र पहिरन वा आवरणले खासै फरक पार्दैन । हाम्रो दैनिक जीवन सुखी वा दुखी, आशावादी वा निराशावादी, राम्रो वा नराम्रो कस्तो बनाउने त्यो हाम्रै मनमा भएको बिचारको बिउमा निर्भर गर्छ । यदि हामीले आफ्नो मनमा सकारात्मक बीउ रोपी त्यसलाई सकारात्मक उर्जाले हुर्काउने कार्यमा सफल हुन सकेको खण्डमा हामी खुशीनै खुशीले भरिपूर्ण जिवन बिताउन पनि सफल हुन्छौ ।

हाम्रो चरित्र निर्माणको निम्ति सबैभन्दा पहिला हामीमा सकारात्मक सोचको विकास गर्न अत्यन्तै जरुरी हुन्छ । हाम्रो दैनिक ब्यवहारिक जीवनयापनलाई सकारात्मक सोचले सहजीकरण गर्दछ भने नकारात्मक सोचले जिवनलाई नारकीय बनाई छाड्छ । हाम्रा धर्मग्रन्थहरू वेद, पुराण, उपनिषद, गीता आदिले पनि मानिसको चरित्र निर्माणको निम्ति मार्ग निर्देशन गरेका छन् । सकारात्मक सोंचको विकास भयो भने मात्रै आध्यात्मिक ग्यान प्राप्त गर्न सकिन्छ र आत्मनुभूति हुनु नै आध्यात्मिक प्रगतिको बाटोमा अघि बढ्नु हो । सकारात्मक सोंचको विकास एवम् आध्यात्मिक उन्नति ले हाम्रो जीवनलाई भयरहित, उर्जावान र आनन्दमय बनाउछ । जीवन स्वस्थ र आनन्दमय बनाउनको लागि हामीले सुख तथा दुख जुनसुकै अवस्थामा पनि आफूलाई सकारात्मक बनाइ राख्नु पर्छ । यसो गर्दा आध्यात्मिकता हामीमा स्वतः जागृत हुन थाल्छ ।

यस जगताका जतिपनि हाम्रो आखाले देखिने कुराहरु छन् ती सबैको आयु हुन्छ । आयु सकिनु भनेको तिनीहरूको स्वरुप बदलिनु हो । तिनीहरू सधै यथावत् नरहेने अर्थात् तिनीहरूका सापेक्षताहरू फेरिई रहने भएकाले शास्त्रहरूमा तिनीहरूलाई नासवान, अनित्य, मिथ्या, नश्वर र मायिक भन्ने गरिएको छ । हामी वास्तविक रुपमा परमात्माका अंश एक आत्मा हौ । अग्यान, अहंकार र यो सृष्टि माया ( illusion) ले नै हाम्रो मौलिक अर्थात् वास्तविक स्वरुप ईश्वरत्वलाई भुलाईदिएको हो । यति बुझ्न सकेको खण्डमा हामीले आत्मा र परमात्मालाई राम्ररी बुझ्न सक्छौ । साथै भुलेको हाम्रो आत्मालाई सम्झन पनि सक्छौ । तबमात्र हामीले चाहेको आध्यात्मिक सुख एवम् दिव्य आनन्दको महसुस गर्न सक्छौ ।

यो दुनिया केवल एउटा दिर्घ स्वप्न हो । बिगतका कुनै कालखण्डमा हाम्रा पुर्खाहरु माता पिता, पितामह, प्रपितामह आदि जल्दाबल्दा अबस्थामा थिए । तर अहिले उहाँहरूको सम्झना मात्र बाँकी छ । अहिले ति सबै ईतिहास तथा कथा बन्न पुगे । त्यस्तै गति हामी सबैको हुन्छ । तसर्थ अग्यानको पर्दाले ढाकिएर यो जुनसुकै बेला छोड्न बाध्य हुनुपर्ने शरीरलाई आफू सम्झी देहाभिमान गर्नु ब्यर्थ छ ।

शुद्ध सुन जसलाई छापावाला अथवा 24 क्रेटको पनि भनिन्छ । त्यही शुद्ध सुनबाट बनेका गहनाहरू विशुद्ध हुँदैनन् । किनभने तिनमा अन्य धातुका रसानरूपी विकार मिसिएको हुन्छ । बनिबनाउ गहनालाई गालेर केमिकल समेतको सहयोगले कुशल कालिगढले पुनः शुद्ध बनाउछ । हो त्यस्तै गरी हामी मानव जाति अर्थात् जीवात्मा परमात्मा कै अंश हौ र पनि काम, क्रोध, लोभ, मोह, मद र मात्सर्य जस्ता विकारहरुले गर्दा परमात्माबाट अलग भै भौतारी रहेका छौ । हामीले पनि आफूलाई उपर्युक्त विकारहरुबाट मुक्त गर्न सकेमा सहजै ईश्वर प्राप्त गर्न सक्छौ । अर्थात् हामी जीवात्मा परमात्मासंग मिल्न सक्छौ।

जे प्राप्त गर्छौं त्यसैमा सन्तुष्ट लिनसक्ने बानीको जग बसाइ अरू जोकसैले गल्ती नै गरे पनि आफ्नो मनमा नकारात्मक धारणा तथा बिकारहरूको विकास हुन नदिइ सबैमा भद्र ब्यवहार गर्नु , दयाभाव राख्नु, करूणाले आफ्नो हृदयलाई आद्र बनाइराख्नु र सधै आफूलाई सत्ब्यवहारमा समर्पित गरि अन्तरात्मादेखि नै सकारात्मक सोच एवं ईश्वरीय चिन्तनमा प्रयत्नशील हुन सकेको अबस्थामा ईश्वरको नजिक अबस्य पुग्न सकिन्छ । तर विसंगतिको प्रभावमा परेर आफ्नो मनमस्तिष्कलाई बहकिन नदिइ सत्आचरणको जग चाहिँ मजबुत बनाउन सक्नुपर्दछ।

मानिसका तिन गुणहरू :-

क) सत्वगुण :- असल गुण , बाच र बाच्न देउ, सबैको भलो चिताउने, बाँच्नको लागि खाने । सत्वगुणी मानिसहरु उपरोक्त बिचारहरुलाई अंगाल्दै सकारात्मक भै समाजलाई पनि सकारात्मक सन्देश प्रवाह गरिरहेका हुन्छन् । दुखमा साथ दिने, सुखलाई बाड्ने, साधारण एवम् सरल जीवन यापन गर्ने, आबश्यकता भन्दा ज्यादा बढी नखाने, नलगाउने,संग्रह नगर्ने तथा तडकभडकमा आकृष्ट नहुने सत्वगुणीहरुको बिशेषता हो । सत्वगुण प्रधान मानिसमा सकारात्मक सोचको बृद्धि दर बढि हुन्छ । यसरी सकारात्मक सोचको बृद्धि हुदै जानाले मानव माधव बन्न पुग्छ । आफु ईश्वरको अंश आत्मा भन्ने महसुस गर्दछ । यही हो मानव जीवनको लक्ष्य तथा उपलब्धि पनि । मानिस सत्वगुणको पूर्ण बृद्धि पश्चात ति गुणलाई पनि परित्याग गरी गुणातीत हुन पुग्छ । सत्वगुण पनि बन्धनमा पार्ने अर्थात् राम्रै भएपनि सकाम कर्मको फल भोग भोग्नु पर्ने विधान उसलाई अबगत भैसकेको हुन्छ । तव उ निस्काम कर्म गर्दै जाँदा संसारिक चक्रबाट मुक्त हुन्छ । निस्काम कर्मको फल आनन्द प्राप्ति हो र आनन्द नै ईश्वर हो, भगवान् हो , परमानन्द हो, परमेश्वर हो । यो नै भगवत् प्राप्तिको अबस्था हो ।

ख) रजोगुण (स्वार्थी मनोवृत्ति) :- काम, क्रोध, लोभ, मोह, मद र मात्सर्यले ओतप्रोत भएका व्यक्ति रजोगुणीको कित्तामा पर्दछन् । यी छ वटा तत्व जसलाई षडरिपु ( छ वटा शत्रु ) पनि भन्ने गरिन्छ । यीनलाई साधकका निमित्त बाधक तत्वका रुपमा मानिन्छ । यी खाले मानिस खराब, रिसाहा, निर्दयी, स्वार्थी (मै खाऊ , मै लाऊ.........) भावनाले ओतप्रोत भएका हुन्छन् । यो गुणवाला मानिस पद प्रतिष्ठा (मान पदवी) धन सम्पत्ति तथा शक्तिका निम्ति ज्यादै लालचि हुन्छन् । सकाम कर्म अर्थात् फलको आशा राख्ने तथा प्रवृत्ति मार्गमा चल्ने स्वाभाव रजोगुणीको हुन्छ । शिक्षा, अध्ययन, धनसम्पत्ति, मान, पदवी,धर्म तथा शक्तिको घमण्ड गर्ने गर्दछन् र लोकलाई देखाउन खुबै तडकभडकका साथ धर्म कर्म गरेर समाजमा आफ्नो रवैया कायम राख्न पोख्त हुन्छन् ।

सकारात्मक सोचको बृद्धि गर्ने अभ्यास निरन्तर गरिरहेको खण्डमा यी छ वटा शत्रुलाई परास्त गर्न सकिन्छ । सकारात्मक सोचको विकासले चित्त शुद्ध हुने प्रकृया जुन अनुपातमा बढ्दै जान्छ त्यही अनुपातमा षडरिपु पनि स्वत: भाग्दै जान्छन् ।

ग) तमोगुण :- आफू पनि नगर्ने, अरुले गरि खाएको पनि डाह गर्ने अर्थात् आफू पनि गर्दैनन् अरुलाई पनि गरी खान दिदैनन् । यीनलाई बादरसंग तुलना गर्न सकिन्छ । बादर आफ्नो लागि घर बनाउन जान्दैन र चराको घर गुड भत्काउन पनि छाड्दैन । तमोगुणीहरूको मन मष्तिष्क नकारात्मकताले भरिएको हुन्छ । यिनीहरू आफूलाई उपदेश दिनेलाई शत्रु सम्झन्छन् । "बिनास काले बिपरित बुद्धि " भन्ने उखान यिनीहरू मा लागू हुन्छ । हिरण्यकश्यपु , रावण तथा कौरवहरूको बिनास यही बिपरित बुद्धि ( नकारात्मकता) कै कारणले भएको जस्ता पौराणिक कथा कहानी प्रसस्तै छन् । आधुनिक विश्वको ईतिहासमा पनि बिभिन्न कालखण्डमा बिभिन्न देशका शासकहरुको अस्तित्व नकारात्मकता कै कारणले सखाप भएको पढ्न पाईन्छ । तसर्थ मानिस सुखी हुनको लागि आफू भित्र नकारात्मक बिउ पस्नै दिनु हुँदैन । कसै गरी नकारात्मक बिउ पसिहाल्यो भने थाहा पाउना साथ मिल्काइहाल्नु पर्छ । यदि उम्री नै सकेछ भने जरै देखि उखेलेर फ्याक्नु पर्छ । जबकि फेरि त्यो पलाउन नसकोस् ।

अष्टचिरन्जीवीहरू :-

विभीषण, व्यास, परशुराम, हनुमान, मार्कण्डेय, अश्वत्थामा, बलि, कृपाचार्य

जन्मोत्सव मनाउँदा जन्मेको तिथिको दिनमा दियो, कलश, गणेश र माथि उल्लेखित अष्टचिरन्जीवीहरूको स्मरण गरि पूजा गरेमा भविष्यमा आइपर्ने दुख, कष्ट, सङ्कट तथा रोग हट्ने एवम् चिताएको पुग्ने धार्मिक आस्था तथा विश्वास गरिन्छ । जन्म दिन दुई तरिकाले मनाउने गरिन्छ । पहिलो तिथि अनुसार माथि उल्लेख गरे अनुसार पूजा गरेर अर्थात् परम्परागत वा शास्त्र विधि अनुसार र दोस्रो तारेख, मिति अनुसार पाश्चात्य शैलीमा मैन वत्ति निभाइ केक काटेर । पहिलो शैली धर्मशास्त्रानुकुल छ भने दोस्रो शैली "तमसोमा ज्योतिर्गमय ........" को भाव बिपरित छ ।

मानिसका ईच्छा दुई प्रकारका हुन्छन् शुभ र अशुभ , शिव र अशिव , भद्र र अभद्र । यसको अभिप्राय यो हो कि चित्त एक नदी हो, जुन दुईतिर बहन्छ - कल्याणको तर्फ तथा पापको तर्फ । यहा शिव शब्दको अर्थ हुन्छ कल्याण । स्मरणीय कुरा यो छ कि शुभ ईच्छामा बहुतै बल हुन्छ । शुभ ईच्छावाला मानिस जे चाहन्छ त्यो पुरा हुन्छ । पापीजनको ईच्छामा त्यो बल हुदैन । योगको आश्चर्य कारी सिद्धि पनि यस्तै शुभ ईच्छाको परिणाम हो । अत: शुभ ईच्छाको प्राप्ति र अशुभ ईच्छाको त्याग नित्य गर्नु पर्दछ । यसैमा परम कल्याण संनिहित छ ।

पाप तीन प्रकारका हुन्छन् । मानसिक, वाचिक र शारीरिक । मानसिक पाप वाणी र शरिरद्वारा गरिने पापको कारण हो । मनमा यदि कुनै पाप छैन भने वचन तथा शरीर पनि पापरहित रहन्छ । पापरूपी जालमा फसेको मन सर्वदा अकर्तव्य कर्मको प्रशंसा गर्ने गर्दछ । जस्तै "यो काम गर्नु पर्छ ", "यो काम राम्रो छ" " हेर उसले पनि गरेको थियो " "संसारमा यस्तै हुँदै चल्दै आएको छ " "हेर संसारमा यस्तै काम गर्नेवाला कति समृद्ध बनिसके" - यस्ता अनेकौ बाक्यद्वारा मन पापको प्रशंसा गर्ने गर्दछ । पापको बिरुद्धमा यदि मानिसले लगातार अभ्यास गरेको खण्डमा उसले त्यसमाथि बिजय पाइ छाड्छ । अभ्यास गर्दागर्दै अभ्यासीको मनमा पापप्रति घृणा पैदा हुन जान्छ । अत हर प्रकारबाट सदिच्छा एवम् सत्य संकल्पको प्रत्येक मानिसले अभ्यास गर्नुपर्छ , जसबाट सदैव शुभ कार्यमा नै मन प्रवृत्त होस् । पापवृतिलाई जित्नको लागि यो आबश्यक छ कि मानिस सुस्त नबसोस् , कुनै न कुनै उत्तम काममा अबश्य लागिरहोस् । किनकि मानसशास्त्रको यो नियम छ कि मन निकम्मा रहन सक्दैन , मनमा दुईवटा भाव एकैसाथ रहन सक्दैन । अत जुन भावप्रति बिजय प्राप्त गर्नुछ , उसकै बिरोधी भावलाई मानस-स्थलीमा उपस्थित राख्नु पर्छ । सद्भाव पापभावको बिरोधी हो । अत पापवृतिलाई हटाउनको लागि यस्तो भावलाई चित्तमा हमेसा स्थान दिनुपर्ने हुन्छ । हामी पवित्र बन्ने चौथो तथा अन्तिम साधन हो परमात्मासंग पवित्रताको लागि याचना गर्नु । परमात्मा ( परमेश्वर, परब्रह्म ) पवित्र भन्दा पनि पवित्र हुनुहुन्छ । उहाँ भन्दा पवित्र अरू कोही पनि छैनन् । अत परमात्माको स्तुति , प्रार्थना र उपासनाद्वारा आफ्नो जीवनलाई पवित्र बनाउनु , यो अन्तिम साधन हो । जब हाम्रो जीवनमा संसारका सबै प्राणीको हितको भाव जाग्रत हुन्छ तब त्यही भावले हामीलाई पवित्र बनाउछ । जब-जब स्वार्थको भावको स्थानमा परार्थको भाव आउने र स्वार्थको भाव घटेर जाने प्रक्रिया बढ्दै जान्छ, त्यसैको अनुपातमा बिस्तारै बिस्तारै हाम्रो जीवन पनि पवित्र हुदै जान्छ ।

वेद सम्मत आध्यात्मिक रूपमा पवित्र बन्ने साधन :-

क) देवजनको सत्संगति गर्नु ।

ख) मननशील बनि बुद्धिलाई पवित्र बनाउनु ।

ग) स्वार्थको भाव त्यागेर विश्वभूत हित ( विश्व कल्याण ) को भाव जाग्रत गर्नु ।

घ) परमात्मा ( परमेश्वर, परब्रह्म ) को स्तुति-प्रार्थना र उपासना गर्नु ।

हामी पवित्र बन्ने चौथो तथा अन्तिम साधन हो परमात्मासंग पवित्रताको लागि याचना गर्नु । परमात्मा ( परमेश्वर, परब्रह्म ) पवित्र भन्दा पनि पवित्र हुनुहुन्छ । उहाँ भन्दा पवित्र अरू कोही पनि छैनन् । अत परमात्माको स्तुति , प्रार्थना र उपासनाद्वारा आफ्नो जीवनलाई पवित्र बनाउनु , यो अन्तिम साधन हो । जब हाम्रो जीवनमा संसारका सबै प्राणीको हितको भाव जाग्रत हुन्छ तब त्यही भावले हामीलाई पवित्र बनाउछ । जब-जब स्वार्थको भावको स्थानमा परार्थको भाव आउने र स्वार्थको भाव घटेर जाने प्रक्रिया बढ्दै जान्छ, त्यसैको अनुपातमा बिस्तारै बिस्तारै हाम्रो जीवन पनि पवित्र हुदै जान्छ । दिव्य गुणलाई ग्रहण गरेर आफूलाई पवित्र बनाउन सकिन्छ । सत्य बचन, परोपकार, दया र अहिंसा आदि दिव्य गुणहरू हुन् । यि दिव्य गुणहरू धारण गरेपछि मानिसको जीवन पवित्र हुनजान्छ । यि गुणहरू भएका मानिसलाई देवजन भनिन्छ ।

मननशील मानिसले आफ्नो बुद्धिलाई पवित्र बनाउन पर्दछ । पवित्र एवम् अपवित्र कर्मको मूल बुद्धि हो । बुद्धि पवित्र हुनासाथ कर्म स्वयम् पवित्र हुनजान्छ । मननशील भएकै कारणले मानिसलाई मानव भनिएको हो । यसबाट यो बिस्वास गर्न सकिन्छ कि बुद्धिलाई पवित्र बनाउने मुख्य साधन मनन हो । जतिजति हामी सत्कर्म र सद्विचारको मनन गर्दछौ उतिउति नै हामीमा मानसिक स्थिरताको साथसाथै सत्कर्म तथा सद्विचारमा अनुराग बढ्दै जान्छ । शुभ ईच्छाको त्याग नित्य गर्नु पर्दछ । यसैमा परम कल्याण संनिहित छ । चित्तलाई शान्त राख्दै संयमित जीवन जिउने मानिस पवित्र हुन्छ । त्यस्ता पवित्र मानिसलाई जो कोहीले पनि कुभावना राखेर दुर्ब्यबहार तथा आलोचना गर्छ भने उसको दुर्ब्यबहार र शब्द परावर्तन भै उसैतिर फर्कन्छन् ।

                यो संसारका सम्पूर्ण प्राणीहरू मरणशील छन् । त्यसैले त यस संसारलाई मर्त्यलोक पनि भनिन्छ । धन सम्पति, युवा अवस्था, पत्नी र सन्तान सबै अनिश्चित छन् । समयको गतिमा यी सबै छ्यणभरमै नष्ट हुन सक्छन् । यस संसारमा जोसुकैले जतिसुकै धन आर्जन गरे पनि मृत्यु पस्चात आफ्नो साथमा न केही लिएर जान सक्छ नत जिउँदै छदा सुनको रोटी र नोटको सब्जी नै खान सक्छ । उक्त सम्पती उसले कसरी कमाएको हो सोही अनुसारको फल भोग्नु पर्ने भएकाले पाप या पूण्य मात्रै उसको साथमा जान्छ र त्यो नै अर्को जन्मको उसकै प्रारब्ध बन्दछ । धर्मबाट अर्थको प्राप्ति हुन्छ, अर्थद्वारा भोग सुलभ हुन्छ र त्यही भोगबाट वैराग्यको प्राप्ति हुन्छ । धर्मपूर्वक उपार्जित धनबाट जुन भोग प्राप्त हुन्छ, त्यसबाट एक दिन अबश्य वैराग्यको उदय हुन्छ । धर्मको विपरीत अधर्मबाट उपार्जित धनद्वारा जुन भोग प्राप्त हुन्छ, त्यसबाट भोगको प्रति आशक्ति उत्पन्न हुन्छ । ईश्वरार्पण बुद्धिबाट यज्ञ, दान आदि कर्म गरेर मानिस मोक्ष फलको भागी हुन्छ ।

जीवन जिउने कला ( art of living ) को सम्बन्धमा त धेरैजसोले केही न केही कुरा जानेका वा थाहा पाएका हुन्छन् नै । तर मर्ने कला ( art of dying ) को बारेमा जान्नु वा थाहा पाउनु अझै महत्त्वपूर्ण कुरा हो । हाम्रो शारीरिक जीवन यात्रा जन्म देखि सुरू भएर मृत्युमा गै टुङ्गिन्छ । जीवन जिउने क्रममा कुनै पनि बेला मृत्यु आउँन सक्छ । यसरी अनिवार्य रुपमा वरण गर्नै पर्ने मृत्युलाई स्वागत गर्न हरहमेसा खुसीसाथ तत्पर रहन सक्नु पर्छ । यो गर्न बाँकी छ त्यो गर्न बाकी छ भनेर मृत्युले पर्खदैन । त्यस्ता गर्न बाँकी कुराहरु आफूमा नहुनु नै आफ्नो परलोकको यात्रा सजिलो बनाउनु हो । मनमा कुनै पनि प्रकारका अवसादहरू राख्नु हुदैन । नकारात्मक अवधारणाहरूलाई निमिट्यान्न पार्नुपर्छ । घरमा लागेको माकुराको जालो र कसिंगर बढारेर फाले जसरी मनमा अटाई न अटाई बसेका अनगिन्ती र असिमित एवम् अवाञ्छित ईच्छा तथा तृष्णाहरूलाई बढारेर मिल्काउनु पर्छ । यसो गर्न सकेमा हाम्रो मन निर्मल पवित्र हुन्छ । जसको मन निर्मल एवम् खाली अर्थात् ईच्छा विहीन छ उसलाई मृत्यु देखि डर लाग्दैन । ऊ जुनसुकै बेला मृत्युको स्वागत गर्न तयार हुन्छ । भन्नुको तात्पर्य यो हो कि हामी सधै तयारी अवस्थामा रहनु पर्छ । ताकि मृत्यु आइलाग्दा हामीले उसलाई टार्न वा पछाडि सार्ने असफल प्रयास गर्नु नपरोस् । यहि तयारीलाई नै मर्ने कला भनिन्छ र यो नै मर्ने कला हो यथार्थमा ।

मृत्युको बारेमा चर्चा गर्दै गर्दा हामीलाई कहिल्यै मर्न नपरोस् जस्तो लाग्छ । अग्यान मै पनि हामीलाई आत्मा तत्वको बोध भएकै कारणले मर्न नचाहने आफ्नो स्वभाव देखाइरहेका हुन्छौ । वास्तवमा हामी आत्मा हौ र आत्मा कहिल्यै नमर्ने भएकोले हामीमा यस्तो स्वभाव प्रकट भएको हो । हुन पनि मृत्यु भनेको शरिर र आत्माको बिछोड हो । शारीरिक यात्रा सकिनु हो । अग्यानता बस परमात्मासंग हुनुपर्ने आसक्ति शरिरमा हुन गयो भने आवागमनको चक्रमा परि मोक्षको बाटो पत्ता लगाउन नसकिने हुन्छ । अग्यान बस हामी आफ्नो शरीरलाई नै आफू ठान्दछौ । शरिर नासवान एवम् नितान्त भौतिक हो भने आत्मा छुट्टै ईश्वरीय शक्ति हो जुन हामी संगै साछीरूपमा बसेको छ । ऊक्त आत्मा यानेकि ईश्वरीय शक्तिले छोड्ना साथ हामीले धारण गरेको शरिर जड भैहाल्छ । यसैले हामी आत्मा हौ , परमात्माको अंश । यही नै हाम्रो वास्तविक स्वरुप हो । यही हामीले धारण गरिरहेको शरिरको संचालक हाम्रो आत्माको अनुभूति हुनु नै हामीले आफूलाई चिन्नु हो । अर्थात् आत्मा साक्षात्कार हुनु हो । अझ भन्नु पर्दा आत्मा र त्यसले धारण गरेको शरीरको भिन्नाभिन्नै बिशेषता थाहा पाउनु हो । शरिर मरणशील हो भने आत्मा न जन्मन्छ न त मर्छ नै भन्ने ज्ञान हुनु हो। आगो र आगोको झिल्को, समुद्रको पानी र पानीको थोपा र परमात्मा र आत्मा यसलाई यसरी मनन गर्दा हामी र ईश्वर बिचको सम्बन्ध बुझ्न अझै सजिलो हुन्छ ।

मानिसले चरित्र निर्माण गर्न सबैभन्दा पहिला सकारात्मक सोचको विकास गर्नुपर्ने हुन्छ । अर्थात् सकारात्मक सोचको विकास बिना चरित्र निर्माण असम्भव नै हुन्छ भन्दा फरक पर्दैन । वेद , पुराण, उपनिषद, गीता आदि धार्मिक ग्रन्थहरुमा मानिसले आफ्नो चरित्र कसरी निर्माण गर्ने, यस लोकको साथै परलोकको यात्रालाई कसरी सजिलो बनाउने भन्ने सम्बन्धमा प्रसस्तै उदाहरणहरू दिई ब्याख्या गरिएको छ । सकारात्मक सोचको विकास हुदै जादा चरित्रको निर्माण पनि भैरहेको हुन्छ । आध्यात्मिकता चरित्र निर्माणको निम्ति अपरिहार्य कुरा हो । जतिजति मानिसमा आध्यात्मिक ग्यान बढ्दै जान्छ त्यही अनुपातमा उसको सकारात्मक पनमा बृद्धि हुदै जान्छ । जतिजति सकारात्मक बन्दै जान्छ त्यही अनुपातमा उसको चरित्रको पनि निर्माण भैरहेको हुन्छ ।