सामग्रीमा जानुहोस्

अनलाइन लैङ्गिक हिंसा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

अनलाइन लैङ्गिक हिंसा भनेको प्रविधि प्रयोग गरी लिङ्गको आधारमा व्यक्तिहरू, विशेष गरी महिला माथि लक्षित गरिने उत्पीडन र पूर्वाग्रह हो। यसलाई अनलाइन उत्पीडन, साइबर बुलिङ वा साइबर सेक्सिज्मसँग तुलना गर्न सकिन्छ, तर ती शब्दहरू लिङ्ग-विशेष हुँदैनन्। लैङ्गिक हिंसाले भने विशेष रूपमा लिङ्गका आधारमा गरिने भेदभाव र हिंसामा ध्यान केन्द्रित गर्छ, प्रायः महिलाहरू सँग नै अनलाइन लैङ्गिक हिंसा जोडिएर हेरिन्छन्। यसमा अनावश्यक यौन टिप्पणीहरू, बिना सहमति यौन सामग्री पोस्ट गर्नु, धम्की, डक्सिङ (व्यक्तिगत जानकारी सार्वजनिक गर्ने), साइबर स्टकिङ र उत्पीडन, साथै लिङ्ग-आधारित भेदभावपूर्ण मीम्स वा पोष्टहरू हुन सक्छन्। यो लैङ्गिक हिंसाबाट उत्पन्न भए पनि इलेक्ट्रोनिक माध्यम मार्फत हुने हिंसा हो। संवेदनशील समूहहरूमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक यस्ता हिंसा बाट अझ जोखिममा हुन्छन्। अनलाइन लैङ्गिक हिंसा नकली परिचय, ह्याकिङ, स्प्यामिङ, ट्र्याकिङ र निगरानी, निजी सन्देश र फोटोको दुर्भावना पूर्ण साझा गर्ने जस्ता विभिन्न तरिकाले हुन सक्छन्। यसले लक्षित समूहहरूको मानसिक, सामाजिक, र डिजिटल सुरक्षा जोखिमहरू बढाउँछ।

इन्टरनेटको आगमन पश्चात् अनलाइन लैङ्गिक हिंसाको उपस्थिती अत्यधिक रूपमा बढेको छ। अनलाइन लैङ्गिक हिंसा सबैलाई लक्षित गर्न सक्ने भए पनि, यो प्रायः महिलामा नै अत्यधिक हिंसा भएका पाइन्छन्। यस्तो हिंसा र लक्षित उत्पीडन धेरै प्रकारका हुन सक्छ।

समाधानका उपायहरू

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

    बाह्य कडीहरू

    [सम्पादन गर्नुहोस्]