अनीश्वरवादी तर्क

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

अनीश्वरवादी तर्कले भन्छ:- कुन चैं यस्तो ज्ञान छ जसमा त्रुटीहरू छैनन् , कुन चैं यस्तो दिशा छ जहाँ दु:खहरूको अग्नि प्रज्वलित हुँदैन, कुन चैं यस्तो वस्तु उत्पन्न हुन्छ जो नष्ट हुँदैन, कुन चैं यस्तो व्यवहार छ जो छलकपटले रहित छ? यस्तो संसारको रचना गर्ने सर्वज्ञ, सर्वशक्तिमान र कल्याणकारी ईश्वर कसरी हुनसक्छ? ईश्वरको अस्तित्वको कुनै साबूत छैन। उसलाई हेर्न, सुन्न, महसूस गर्न सकिंदैन।प्रकृतिका सारा नियम कानुन विज्ञानद्वारा बुझ्न सकिन्छ। जगत र जीवनको उद्भव पनि विज्ञानले बुझाउन सक्छ।धर्मग्रन्थमा बकवास कुराहरू लेखिएकाछन्। पुराणका कथाहरू परीकथा जस्तै हुन्, जसको ऐतिहासिक प्रमाण छैन।यदि ईश्वर छ, भनें यस संसारमा यत्रो पाप, दुख र दुखाइ किन हुन्छ ? धर्मग्रन्थहरूले एक मनुष्यलाई अर्को मनुष्यसित अलग गरिदिएकोछ।