अनुष्का शङ्कर
अनुष्का शङ्कर | |
|---|---|
सन् २०१६ मा आयोजित रुडोलस्टाट साङ्गीतिक उत्सवमा शङ्कर | |
| जन्म | अनुष्का हेमाङ्गिनी शङ्कर ९ जुन १९८१ लन्डन, इङ्ल्यान्ड |
| नागरिकता | |
| पेशा |
|
| जीवनसाथी | जो राइट
( वि २०१०; सवि २०१९) |
| सन्तान | २ |
| पिता | रवि शङ्कर |
| आफन्त |
|
| साङ्गीतिक जीवन | |
| उत्पत्ति | लन्डन |
| विधा |
|
| वाद्ययन्त्र | |
| सक्रिय वर्ष | सन् १९९५–हाल |
| लेबल | एन्जल, डोयच ग्रामोफोन, मर्करी केएक्स |
| वेबसाइट | anoushkashankar |
अनुष्का हेमाङ्गिनी शङ्कर (बङ्गाली: অনুষ্কা শংকর, जन्म: ०९ जुन १९८१) भारतीय मूलकी एक बेलायती अमेरिकी सितार वादक, सङ्गीतकार, लेखिका तथा अभिनेत्री हुन्। अनुष्काले शास्त्रीय र समकालीन, श्रावणिक र इलेक्ट्रोनिक जस्ता विभिन्न साङ्गीतिक विधा तथा शैलीहरू प्रस्तुत गर्ने गर्दछिन्। विभिन्न सङ्गीतकारहरूसँग सहकार्य गरिसकेकी अनुष्काले सन् १९९८ मा अनुष्का नामक पहिलो साङ्गीतिक सङ्गालो सार्वजनिक गरेकी थिइन् भने सहकार्य गरि सार्वजनिक गरिएको उनको सङ्ग्रहमा कर्ष कालेको साथमा ब्रिदिङ अन्डर वाटर (सन् २००७) र उनका पिता रवि शङ्कर पनि समावेश छन्। उनी ग्रामी पुरस्कारमा चौधपटकसम्म नामाङ्कन प्राप्त गरि उक्त समारोहमा प्रत्यक्ष प्रस्तुति दिने र प्रस्तोता रूपमा काम गर्ने भारतीय मूलकी प्रथम सङ्गीतकार हुन्।
बेलायतको लन्डनमा जन्मिएकी शङ्करले आफ्नो [बाल्यकाल लन्डन र भारतको दिल्ली बिताएकी थिइन्। उनी तमिल आमा सुकन्या राजन र बङ्गाली बुबा तथा वरिष्ठ सितारवादक रवि शङ्करकी छोरी हुन् जो उनको जन्मको समयमा ६१ वर्षका थिए। उनका बुबाको तर्फबाट उनी अमेरिकी गायिका नोरा जोन्स (जन्मनाम; गीताली नोरा शङ्कर) र सन् १९९२ मा निधन भएका शुभेन्द्र "शुभो" शङ्करकी सौतेनी बहिनी पनि हुन्। किशोरावस्थामा शङ्करले क्यालिफोर्नियाको एन्किनितासमा बसोबास गरि सान डिगुटो हाई स्कुल एकेडेमीमा अध्ययन गरेकी थिइन्। सन् १९९९ मा स्नातक सम्पन्न गरेकी उनले थप अध्ययन गर्नुको सट्टा सङ्गीत क्षेत्रलाई अङ्गालेकी थिइन्।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- आधिकारिक वेबसाइट
- अनुष्का शङ्कर – सितार र वाद्यमण्डलका लागि रवि शङ्करको साङ्गीतिक कार्यक्रम नं. ३ प्रदर्शनबारे गरिएको एक भिडियो अन्तर्वार्ता।
- इन्टरनेट चलचित्र डेटाबेसमा अनुष्का शङ्कर