अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(अनेरास्ववियुबाट अनुप्रेषित)
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन
सङ्क्षिप्त नामअनेरास्ववियू
गठन२०२२
प्रकारविद्यार्थी सङ्घ
प्रधान कार्यालयकाठमाडौँ
अध्यक्ष
सुदेश पराजुली
महासचिव
आरती लामा
मूल सङ्गठनहरू
नेकपा एस

अनेरास्ववियू नेकपा एसको विद्यार्थी सङ्गठन हो। यसको पुरा नाम अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन रहेको छ। यस सङ्गठनको स्थापना गुणस्तरीय शिक्षा, व्यवहारिक शिक्षा र शिक्षाको वदलिकरणका लागि भएको हो। २०२२ जेष्ठ १ गते स्थापना भएको यो सङ्गठन नेपालको सबैभन्दा ठुलो विद्यार्थी आन्दोलन को नेता सङ्गठन हो, यो सङ्गठन नेपालका धेरै क्याम्पसमा रहेका छन्। राम्रो शिक्षाका लागि यो सङ्गठनले बेलाबेलामा विभिन्न कार्यक्रमहरूको आयोजना गर्दै आएको छ। यो सङ्गठनले विभिन्न जिल्लामा विभिन्न बिधाहरूमा उत्कृष्ठ व्यक्तीहरूलाई सम्मान गरी हौसला बढाउने कार्यहरू गर्दै आएको छ। यसले विश्व प्रतिष्पर्धि नागरिकको लागि शैक्षिक क्षेत्रमा वकालत गर्दै आएको छ। हाल अनेरास्ववियूले विभिन्न क्याम्पसहरूमा शिक्षा निम्ति कार्यक्रमहरू गर्दै आएको छ।

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]