अन्तरपार्टी महिला सञ्जाल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

अन्तरपार्टी महिला सञ्जाल नेपालका विभिन्न राजनीतिक दलसँग सम्बन्धित महिलाहरूको सञ्जाल हो । सञ्जालमा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, निकट महिला सङ्गठनको प्रतिनिधित्व रहेको छ । महिलाहरुको सामाजिक, आर्थिक, राजनितिक लगायत साझा मुद्दालाई सामुहीक रूपमा उठान, बहस र समाधानका लागि पहल गर्ने उद्देश्यले सञ्जालको गठन गरिएको हो । सङ्गठनले महिलाहरूको सामाजिक, आर्थिक, राजनितिक लगायत साझा मुद्दालाई सामुहिक रूपमा उठान, बहस र समाधानका लागि पहल गर्दछ । महिलाको नेतृत्व तथा क्षमत्ता अभिवृद्धीमा पनि सञ्जालले काम गरिरहेको छ ।

उद्देश्यहरु[सम्पादन गर्ने]

महिला माथि हुने सबै प्रकारको हिंसाको अन्त्य गर्ने, अन्तर्राष्ट्रिय सन्धी महासन्धीहरू तथा नेपाल सरकारसर्वोच्च अदालतले विभिन्न समयमा महिला अधिकार र न्यायको पक्षमा गरेका निर्णयहरुको कार्यान्वयन गराउने र राजनीतिक दल तथा राज्यका सबै संयन्त्रहरुको सम्पूर्ण क्षेत्रमा महिलाहरुको समानुपातिक, समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने मुख्य उद्देश्य सञ्जालको रहेको छ । लैंगिक समानता र सामाजिक न्यायमा आधारित समतामूलक समाज निर्माण गर्ने प्रक्रियालाई सुदृढ र कार्यान्वयन गर्न राजनीतिक दल तथा राज्यको सबै संयन्त्रहरुको नीति निर्माण र निर्णय तहमा महिलाको समानुपातिक, समावेशी सहभागिता सुनिश्चित गर्ने उद्देश्य पनि सञ्जालको रहेको छ ।

कार्यहरू[सम्पादन गर्ने]

यो सञ्जालले संसदमा महिलासँग सम्बन्धित मुद्दाहरु उठाउँछ भने त्यसमा सबै पार्टीका महिला नेतृहरुले समान धारणा बनाउन पनि सहयोग पुर्‍याउँछ । सञ्जालको नेपालका विभिन्न जिल्लामा शाखा छ ।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]