अन्तर्राष्ट्रिय मुद्रा कोष

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

अन्तर्राष्ट्रिय मुद्रा कोष
आई.एम.एफ सदस्य देश हरियो रंगमा
आई.एम.एफ सदस्य देश हरियो रंगमा
केन्द्रीय कार्यालयवाशिंगटन डी.सी., संयुक्त राज्य
स्थापनाजुलाई, १९४४
प्रबंध निदेशकक्रिस्टीन लेगार्ड
मुद्राविशिष्ट ड्रइंग अधिकार
XDR (आइएसओ ४२१७)
बैंक दर३.४९% एस.डी.आरको लागि[१]
वेबसाइटwww.imf.org

अन्तर्राष्ट्रिय आर्थिक निधि (अङ्ग्रेजी:इन्टरनेशनल मनीटरी फन्ड, लघुरूप:आईएमएफ) एउटा अन्तर्राष्ट्रिय संस्था हो, जसले यसका सदस्य देशहरूको वैश्विक आर्थिक स्थितिमाथि नजर राख्ने काम गर्छ। यसले आफ्ना सदस्य देशहरूलाई आर्थिक र प्रविधि सहायता दिन्छ। यो सङ्गठन अन्तर्राष्ट्रिय विनिमय दरलाई स्थिर राख्नुको साथ-साथ विकास कार्यलाई सुगम बनाउन सहायता गर्दछ। [२] यसको मुख्यालय वांशिगटन डी.सी, संयुक्त राज्यमा छ। यस सङ्गठनका प्रबन्ध निर्देशक डामनिक स्ट्रस छन्। आईएमएफलाई विशेष मुद्रा एसडीआर (स्पेशल ड्राइंग राइट्स) छ। अन्तर्राष्ट्रिय व्यापार र वित्तको निम्ति केही देशहरूको मुद्राको प्रयोग गरिन्छ, यसलाई एसडीआर भनिन्छ। एसडीआरमा यूरो, पाउंड, येनअमेरिकी डलर पर्छन्। आईएमएफको स्थापना सन् १९४४ मा गरिएको हो। विभिन्न देशहरूका सरकारका ४५ प्रतिनिधिहरूले अमेरिकाको ब्रिटेन बुड्समा बैठक गरेर अन्तर्राष्ट्रिय आर्थिक सम्झौताको रूपरेखा तयार गरे। २७ डिसेम्बर १९४५ का दिन २९ देशहरूले सम्झौतामा हस्ताक्षर गरेपछि आईएमएफको स्थापना भयो।

वाशिंगटन डी.सी.मा मुख्यालय

आईएमएफका कुल १८६ सदस्य देश छन्। २९ जून २००९मा कोसोवो गणराज्य १८६औं देशको रूपमा सामेल भयो।[३][४] आईएमएफको उद्देश्य आर्थिक स्थिरता सुरक्षित गर्नु, आर्थिक प्रगतिलाई बढावा दिनु, गरीबी कम गर्नु, रोजगारलाई बढाउनु र अन्तर्राष्ट्रिय व्यापार सुविधाजनक बनाउनु हो। सदस्य देशहरूको संख्या बढनुका साथै वैश्विक अर्थ-व्यवस्थामा आईएमएफको कार्य धेरै बढेर गएकोछ। कुनै पनि देशले आईएमएफको सदस्यताको लागि आवेदन गर्न सक्छ। सर्वप्रथम यो आवेदन आईएमएफको कार्यपालक बोर्डद्वारा विचाराधीन पठाइन्छ। त्यसपछि एग्जीक्यूटिव बोर्ड, बोर्ड अफ गर्वनेसलाई उसको स्वीकृतिको निम्ति पठाइन्छ। त्यहाँ स्वीकृत भएपछि सदस्यता प्राप्त हुन्छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. महिनामारी विनिमय दर अभिलेख
  2. सुलिवान, आर्थर; स्टीवन एम शेफ्रिन (२००३), इकनोमिक्स: प्रिंसिपल्स इन ऐक्शन, अपर सैडल रिवर, न्यू जर्सी 07458: पियरसन प्रेन्टिस हल, पृ: ४८८, आइएसबिएन 0-13-063085-3  |coauthors= प्यारामिटर ग्रहण गरेन (सहायता)
  3. स्टाफ रिपोर्ट्स्र (२९ जून, २००६), "कोसोवो गणराज्य अब आई.एम.एफ र विश्व बैङ्कको आधिकारिक सदस्य हो।", द कोसोवो टाइम्स, अन्तिम पहुँच २९ जून, २००६, "Kosovo signed the Articles of Agreement of the International Monetary Fund (IMF) and the International Bank for Reconstruction and Development (the World Bank) on behalf of Kosovo at the State Department in Washington." 
  4. "कोसोवो आई.एम.एफको १८६औं सदस्य बन्यो" (प्रेस विज्ञप्ति), आई.एम.एफ, २९ जून, २००६, अन्तिम पहुँच २९ जून, २००६ 

बाहिरका सूत्र[सम्पादन गर्नुहोस्]