अन्तर्राष्ट्रिय पर्वतारोहण संग्राहलय

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

तपाईँले यस सफाई ढाँचामा एक |कारण= कारण मापदण्ड थप्नु पर्छ – यसलाई निम्न उल्लेखित शब्दहरूका साथ प्रतिस्थापन गर्नुहोस् {{सफाई|reason=<यहाँ कारण खुलाउनुहोस्>}}, वा सफाई ढाँचा हटाउनुहोस्।
[[श्रेणी:]]

अन्तर्राष्ट्रिय पर्वतीय सँग्रहालय

नेपाल पर्वतारोहण सङ्घको स्थापनाकालदेखि नै अन्तर्राष्ट्रिय पर्वतीय सँग्रहालय स्थापना गर्ने लक्ष्य ३१ वर्षको अन्तराल पछि बल्ल पूरा भएको छ। विश्वका पर्वतीय जनजीवनको सामाजिक, सास्कृतिक, धार्मिक एवं आर्थिक क्रियाकलाप झल्काउने प्रदर्शन योग्य सामग्रीहरूको सङ्कलन, विश्वका पर्वत श्रृखलाको उत्पत्ति, भौगर्भिक महत्त्व, त्यहा पाइने वन्यजन्तु, वनस्पति एवं खनिज पदार्थहरूको प्रदर्शनी, जानकारीमूलक सामग्रीहरूको अभिलेख, विश्वका पर्वत श्रृखलाहरूमा हुने पर्वतारोहण, पदयात्रा, स्कीइङ, शिकार, अनुसन्धान जस्ता मानवीय गतिविधिका महत्त्वपूर्ण एवं ऐतिहासिक पक्षहरूको प्रदर्शनी, उपकरण सङ्कलन र जानकारीमूलक विविध सामग्रीहरूको अभिलेख भण्डारण गर्दै जाने हुदा तत् तत् विषयका अध्येता, अन्वेषकहरूको लागि एउटै छाना मुनि एकै थलोमा बसी अध्ययन अनुसन्धानको उत्तम थलोकको रूपमा विकसित गर्ने बृहत लक्ष्य यस सँग्रहालयले लिएको छ।

पर्यटन सम्पदाको रूपमा विकसित यो सँग्रहालयलाई पोखरामा स्थापित गरिनाले काठमाडौँमा केन्द्रीत रहेको पर्यटकहरूलाई विकेन्द्रीत गर्न सकिने र क्षेत्रीय पर्यटन विकासको अवधारणालाई समेत मध्यनजर गरेर स्थानीय विकासमा संघको सहभागिता रहने विश्वासले श्री ५को सरकारबाट रु. १० लाख अनुदान सहयोग र बाँकी संघको आफ्नै श्रोतबाट जम्मा रु. १२,११,८०५।-मा मिति २०४२।४।२७ गते पोखरामा १०० रोपनी जग्गा खरीद।

सन् १९९५को UAAA एसियाली पर्वतारोहण संघको काठमाडौँमा सम्पन्न साधारण सभाबाट पारित काठमाडौँ अपीलमा UAAAले आफ्नै परियोजनाको रूपमा स्वीकार गरेपछि संघको Dream Projectले मिति २०५२ मंसीर १५ (१st Dec. १९९५)मा तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्री चक्रप्रसाद बास्तोलाबाट विधिवत शिलान्यास कार्य सम्पन्न भएपछि यसले आफ्नो आकार प्राप्त गर्न थाल्यो। यस सँग्रहालयको हालै २०६० माघ २२ गते (५ फेबु्रअरी सन् २००४)मा सम्माननीय प्रधानमन्त्री श्री सूर्यबहादुर थापाज्यूबाट समुद्घाटन गरिएको थियो।

सँग्रहालयलाई आर्थिक सहयोग

हालसम्म सँग्रहालयलाई प्राप्त आर्थिक सहयोग यस प्रकार छन् :-

संस्थागत सहयोग जापानबाट १,४५,७८,१११।५८ कोरियाबाट ६,६९,३००।- चीनबाट ३,३६,७५०।- भारतबाट ३,२०,०००।- नेपालबाट ३,०४,९८९।- स्पेनबाट ३७,७०८।९५ १,६२,४६,८५९।५३

व्यक्तिगत चन्दा सहायता इटालीबाट ८,७०,६३१।- नेपालबाट ३,३९,९०६।- जापानबाट ३,३९,६५४।- कोरियाबाट २,९९,०२०।- १८,४९,२११।- विदेशी तथा नेपाली सङ्घ संस्था एवं व्यक्तिगत सहयोग रु.१,८०,९६,०७०।५३ श्री ५को सरकारबाट प्राप्त सहयोग रकम २३,००,०००।- नेपाल पर्वतारोहण संघबाट लगानी भईसकेको र हुदै गरेका कार्य प्रगति, अनुमानित समारोह खर्च ७,९६,०३,९२९।४७ .......................

कूल खर्च		 रु.१०,००,००,०००।-					 ............

माथि उल्लेखित चन्दा सहायता बाहेक JICA नेपालबाट दुई वर्षको लागि वरिष्ठ स्वय सेवकको प्राविधिक सेवा,JICAबाटै श्रव्यदृश्य उपकरणहरू, Computer, भिडियो क्यामेरा आदि प्राप्त भएका छन्।

त्यसै गरी तातेयामा फाउण्डेशनबाट टेलिभिजन, , VCR सहयोग स्वरूप प्राप्त भएको छ।

संघले अन्तर्राष्ट्रिय जगतमा आफ्नो परियोजना राख्ने मात्र नभई संघकै आन्तरिक स्रोत परिचालनलाई पनि मध्यनजर गरेर थोरै पूँजीमा भएपनि सँग्रहालयको शुरुवात गर्ने दृढता पूर्व अध्यक्ष स्व. दावा नर्बु शेर्पा ज्यूबाट भएकोले नै आजको यो स्थितिमा सँग्रहालय आइपुगेकोमा हामी गौरवान्वित छौं। तसर्थ उहाको साहस एवं दृढताप्रति सङ्घ सदा नतमस्तक रहनेछ। हुन त संघको एक्लो प्रयासलाई साथ दिन श्री ५को सरकार लगायत जापानका विभिन्न अल्पाइन क्लबहरूको समूह SANPAKU का साथीहरूले प्रत्यक्षरूपमा अर्थ सङ्कलन गर्न सघाउ पुर्‍याएको छ। एसियाली मुलुकका धेरै जसो अल्पाइन क्लबहरूले यस शुभ-कार्यलाई अगाडि बढाउन आ-आफ्नो तर्फबाट यथाशक्य सहयोग गरेका छन्।

खासगरी जापान पहिलो समूहमा पर्दछ। यसका साथै चीन, कोरिया, भारतबाट प्रत्यक्ष सहयोग प्राप्त भइसकेको छ भने अस्ट्रिया, इटाली, जर्मनी, बेलायत, स्लोभेनिया आदि विभिन्न राष्ट्रहरूबाट पनि सहयोग प्राप्त हुने सिलसिला जारी रहेको छ। सञ्चालनमा रहेको यस अन्तर्राष्ट्रिय पर्वतीय सँग्रहालयमा हामीले जीवन्त सँग्रहालय, पुस्तकालय, मनास्लु हिमालको नमूना आकृति, जलाशयलाई पनि समेटेका छौं भने सँग्रहालयको भित्री भागमा Man, Mountain र Mountain Activitiesलाई समेटेर प्रदर्शनी गर्ने प्रयास गरेका छौं। निकट भविष्यमा ऋजष्मिचभलक Childrens Park, Aviary र Restaurant सञ्चालनमा ल्याइने योजना छ।