अन्तर्राष्ट्रिय महिला गठबन्धन
| गठन | बर्लिन, ३ जुन १९०४ |
|---|---|
| संस्थापक | क्यारी च्यापम्यान क्याट |
| प्रकार | अन्तर्राष्ट्रिय गैरसरकारी सङ्गठन |
| लक्ष्य | राजनीतिक वकालत |
| प्रधान कार्यालय | जेनेभा |
सदस्यता | ५० भन्दा बढी सम्पूर्ण विश्वका सङ्गठनहरू |
आधिकारिक भाषा | अङ्ग्रेजी र फ्रान्सेली |
अध्यक्ष | एलिसन ब्राउन |
महासचिव | मिरान्डा टुनिका रुजारियो |
| सम्बद्धता | [[संयुक्त राष्ट्र सङ्घीय आर्थिक तथा र सामाजिक परिषद्सँग परामर्शको स्थिति प्राप्त गर्ने संस्थाहरूको सूची|संयुक्त राष्ट्र सङ्घीय आर्थिक तथा र सामाजिक परिषद्सँग परामर्शको स्थिति प्राप्त गर्ने संस्थाहरू]], युरोप परिषद्सँग सहभागिताको स्थिति |
| वेबसाइट | womenalliance |
अन्तर्राष्ट्रिय महिला गठबन्धन (फ्रान्सेली: Alliance Internationale des Femmes) एक अन्तर्राष्ट्रिय गैर-सरकारी संस्था हो[१] जसले महिला अधिकार र लैङ्गिक समानताको प्रवर्द्धन गर्न काम गर्दछ। यो ऐतिहासिक रूपमा महिला मताधिकारको लागि अभियान चलाउने मुख्य अन्तर्राष्ट्रिय संस्था थियो। यो मानव अधिकार र उदार लोकतन्त्रको आधारमा समावेशी, अन्तरसम्बन्धित र प्रगतिशील उदार नारीवादको पक्षमा खडा छ, र यसको उदार अन्तर्राष्ट्रियतावादी दृष्टिकोण रहेको छ। अन्तर्राष्ट्रिय महिला गठबन्धनका सिद्धान्तहरूले सबै लिङ्गहरू "जन्मजात समान रूपमा स्वतन्त्र आफ्नो व्यक्तिगत अधिकार र स्वतन्त्रताको स्वतन्त्र अभ्यासको लागि समान रूपमा हकदार छन्। महिला अधिकार मानव अधिकार हुन् र मानव अधिकारहरू विश्वव्यापी, अविभाज्य र अन्तर सम्बन्धित छन् भनी बताउँदछ।[२]
सन् १९०४ मा यसले सुनौलो (वा पहेँलो)लाई आफ्नो आधिकारिक रङ्गको रूपमा अपनाएको थियो, जुन रङ्ग सन् १८६७ देखि संयुक्त राज्य अमेरिकामा महिला मताधिकार आन्दोलनसँग सम्बन्धित छ र यो महिला अधिकारको सबैभन्दा पुरानो प्रतीक हो। यसको प्रभावले गर्दा सुनौलो र सेतो मुख्यधाराको अन्तर्राष्ट्रिय महिला मताधिकार आन्दोलनको प्रमुख रङ्ग बनेका थिए। अन्तर्राष्ट्रिय महिला गठबन्धनको आधारभूत सिद्धान्त भनेको महिला र केटीहरूको लागि मानव अधिकारको पूर्ण र समान उपभोग हो। यो आफ्नो क्षेत्रमा सबैभन्दा पुरानो, ठुलो र सबैभन्दा प्रभावशाली संस्थाहरू मध्ये एक हो। यो संस्था सन् १९०४ मा जर्मनीको बर्लिनमा क्यारी च्यापम्यान क्याट, मिलिसेन्ट फाउसेट, सुसान बी. एन्थनी र विश्वभरका अन्य अग्रणी नारीवादीहरूले महिला मताधिकारको लागि अभियान चलाउनका लागि अन्तर्राष्ट्रिय महिला मताधिकार गठबन्धनको रूपमा स्थापना गरिएको थियो।[३] अन्तर्राष्ट्रिय महिला मताधिकार गठबन्धनको मुख्यालय लन्डनमा थियो, र यो प्रमुख अन्तर्राष्ट्रिय महिला मताधिकार संस्था थियो। त्यसपछि यसको जोड व्यापक मानव अधिकार केन्द्रित र समान साझेदारको रूपमा महिलाको योगदानको महत्त्व र मूल्यमा सरेको थियो। महिला अधिकार सुरक्षित गर्ने आवश्यकता भनेको महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धि १९७९को विश्वव्यापी अनुमोदन र कार्यान्वयन हो। हाल यसले विश्वभरका ५० भन्दा बढी संस्थाहरूको प्रतिनिधित्व गर्दछ जसमा धेरै लाख सदस्यहरू छन्, र जेनेभामा यसको प्रधान कार्यालय रहेको छ। यसले व्यक्तिगत सदस्यहरूलाई पनि स्वीकार गर्दछ।
सन् १९२६ देखि, यस संस्थाको राष्ट्र सङ्घसँग बलियो सम्बन्ध थियो। सन् १९४७ देखि, अन्तर्राष्ट्रिय महिला गठबन्धनले संयुक्त राष्ट्र सङ्घको आर्थिक तथा सामाजिक परिषद्को लागि सामान्य परामर्शदाताको स्थिति प्राप्त गरेको छ, जुन गैर-सरकारी संस्थाको लागि सम्भव भएसम्म उच्चतम संयुक्त राष्ट्र सङ्घको स्थिति हो, यो स्थिति प्रदान गरिएको चौथो संस्था हो। यसले युरोप परिषद्सँग पनि सहभागीको स्थिति कायम गरेको छ। न्युयोर्कमा रहेको संयुक्त राष्ट्र सङ्घको मुख्यालय, जेनेभामा रहेको संयुक्त राष्ट्र सङ्घको कार्यालय, भिएनामा रहेको संयुक्त राष्ट्र सङ्घको कार्यालय, पेरिसमा रहेको युनेस्को, रोममा रहेको खाद्य तथा कृषि सङ्गठन र स्ट्रासबर्गमा रहेको युरोप परिषद्मा प्रतिनिधिहरू छन्। यसका कायरोमा रहेको अरब लिग र रियादमा रहेको खाडी सहयोग परिषद्मा प्रतिनिधिहरू पनि छन्, र ब्रसेल्समा रहेको युरोपेली महिला लबीको सदस्य हो। यसका कार्य गर्ने भाषाहरू अङ्ग्रेजी र फ्रान्सेली हुन्।
यसले यौन र लैङ्गिक विविधतालाई नारीवादको अभिन्न अङ्गको रूपमा बुझ्दछ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको समावेशीकरणको बारेमा बोल्दै, अन्तर्राष्ट्रिय महिला गठबन्धनका पूर्व अध्यक्ष मारियन बेउकरले महिला अधिकार आन्दोलनको लागि, विश्वव्यापी र अविभाज्य मानव अधिकारको आधारमा काम गर्न, लोकतान्त्रिक मूल्यहरूको रक्षा गर्न र समावेशी महिला आन्दोलनको लागि लड्न आवश्यक रहेको बताएकी थिइन्। उनले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकका विरोधी कार्यकर्ताहरूलाई "दक्षिणपन्थी र जातिवादी" भनेर वर्णन गरेकी थिइन्।[४] सन् २०२१ मा यो र यसको आइसल्यान्डका सम्बद्ध संस्थाले नारीवादी आन्दोलन र उक्त आन्दोलन बीचको ऐक्यबद्धताको महत्त्वमा एक मञ्चको सह-आयोजना गरेका थिए।[५]
इतिहास
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Staff writer (२०२४), "International Alliance of Women (IAW)", UIA Global Civil Society Database, uia.org, Brussels, Belgium: Union of International Associations, Yearbook of International Organizations Online, अन्तिम पहुँच १२ जनवरी २०२५।
- ↑ Principles of the International Alliance of Women
- ↑ "International Woman Suffrage News (Centenary edition)", Women Alliance।
- ↑ "Trans Inclusion in the Women's Movement", The Frontline, ILGA-Europe, २०२३-०३-३१।
- ↑ "Transfeminism and the Women's Movement", Icelandic Women's Rights Association, १५ मार्च २०२१, अन्तिम पहुँच २६ नोभेम्बर २०२१।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- आधिकारिक वेबसाइट
- अन्तर्राष्ट्रिय महिला गठबन्धनको तथ्याङ्क सोफिया स्मिथ सङ्कलन, स्मिथ कलेजको विशेष सङ्कलनहरू
- अन्तर्राष्ट्रिय महिला मताधिकार गठबन्धन अभिलेख जोन रेल्यान्ड पुस्तकालयमा, म्यानचेस्टर।
- महिला अधिकार सङ्ग्रहको संविधान, सन् १९०९। अभिलेखिकरण २०२२-०२-१७ वेब्याक मेसिन सेल्ससिङ्गर पुस्तकालय, रेडक्लिफ संस्थान , हर्भार्ड विश्वविद्यालय
- अन्तर्राष्ट्रिय महिला गठबन्धन
- उदारवादी नारीवादी संस्थाहरू
- स्विट्जरल्यान्डमा आधारित अन्तर्राष्ट्रिय संस्थाहरू
- युरोप परिषद्सँग सहभागिताको स्थिति भएका संस्थाहरू
- महिला अधिकारसँग सम्बन्धित संस्थाहरू
- लैङ्गिक समानता
- स्विट्जरल्यान्डमा आधारित मानव अधिकार संस्थाहरू
- अन्तर्राष्ट्रिय महिला सङ्गठनहरू
- मतदाता अधिकार र मताधिकार संस्थाहरू
- विकी विमिन एडिटाथन २०२५ मा बनाइएका वा सुधारिएका लेखहरू