सामग्रीमा जानुहोस्

अन्तर्राष्ट्रिय महिला स्वास्थ्य गठबन्धन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

अन्तर्राष्ट्रिय महिला स्वास्थ्य गठबन्धन (IWHC) महिला र केटीहरूको मानव अधिकार, स्वास्थ्य र लैङ्गिक समानता सम्बन्धी विषयहरूमा केन्द्रित रही कार्यहरू गर्ने सन् १९८४ मा न्युयोर्क सिटी मा स्थापना भएको गैर-सरकारी संस्था हो। यस संस्थाले लैङ्गिक समानताका चुनौतीहरूको सँग जोडिएका स्वास्थ्य र परिवार पालन पोषणसँग सम्बन्धित विषयलाई आफ्नो प्राथमिक क्षेत्र बनाएको छ। IWHC हाल सञ्चालनमा रहेका सबैभन्दा पुराना विश्वव्यापी नारीवादी समूहहरूमध्ये एक हो। सन् २०२१ मा "स्वास्थ्य र वैश्विक समानता केन्द्र" र "अन्तर्राष्ट्रिय परिवार नियोजन महासंघ पश्चिमी गोलार्ध क्षेत्र" सँग मिलेर "फोस् फेमिनिस्टा" बनेको थियो।

IWHC ले महिलाको स्वास्थ्य सम्बन्धी विभिन्न नीति अनुसन्धान र समीक्षा सम्बन्धी पुस्तकहरू पनि प्रकाशित गर्छ। यसले आठ देशमा ५० स्वास्थ्य परियोजनाहरू लाई सञ्चालन गरेको छ। IWHC संयुक्त राष्ट्रसंघ (UN) जनसंख्या कोष र विश्व बैंकसँग सहयोगात्मक रूपमा काम गर्दछ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

    बाह्य कडीहरू

    [सम्पादन गर्नुहोस्]